एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता
जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।
निजी तथा प्राइभेट स्वास्थ्य संस्थालाई दर्ता तथा नवीकरण गराउन आग्रह
स्वास्थ्य कार्यालय बाँकेले जिल्लाभित्र सञ्चालनमा रहेका सबै निजी तथा प्राइभेट स्वास्थ्य संस्थाहरूलाई दर्ता र नवीकरण गराउन आग्रह गरेको छ ।
लोकदोहोरी प्रतिष्ठानमा आबद्धको उपचारमा २५ प्रतिशत छुट
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्मीमा आवद्ध कार्यसमिति, आजिवन सदस्यको उपचारमा २५ प्रतिशत छुट दिने सम्झौता भएको छ ।
बाँकेमा १७४ जना नयाँ कुष्ठरोगी भेटिए
बाँकेको साइनिङ अस्पतालमा एक वर्षमा १७४ जना नयाँ कुष्ठरोगी फेला परेका छन् । आइएनएफ नेपाल बाँकेद्वारा जानकी ३ मा सञ्चालित साइनिङ अस्पतालमा आर्थिक वर्ष २०८१/८२ मा उपचारका लागि आएका बिरामीमध्ये १७४ जना नयाँ कुष्ठरोगी भएको पुष्टि भएपछि उपचारका लागि नजिकैको स्वास्थ्य केन्द्रमा रिफर गरिएको अस्पतालका प्रमुख मंगल बहादुर थारुले बताउनुभयो ।
प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुँदै
नवलपुरको कावासोतीमा प्रथम कावासोती गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आगामी पुस ५ देखि १६ गतेसम्म पहिलो पटक गोल्ड कप फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
संरक्षणमा नयाँ पहल : पण्डितपुरको उत्खनित प्राचीन भग्नावशेष खुल्ला नै राखिने
सम्भावित प्राचीन कोलिय गणराज्यको राजधानी मानिने पश्चिम नवलपरासीको प्राचीन कोलनगर (पण्डितपुर) मा यस पटक उत्खननमा भेटिएका प्राचीन बस्ती तथा भवनका भग्नावशेषहरूलाई खुल्ला नै राख्ने तयारी गरिएको छ ।
पाल्पा जिप दुर्घटना : मृतकको सङ्ख्या चार पुग्यो
पाल्पाको निस्दी–गाउँपालिका–४,मा शुक्रबार भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दुर्घटनामा घटनास्थल मै तीन जनाको मृत्यु भएको थियो ।
घोराही–तुलसीपुर चारलेन सडक विस्तार, सडक सीमा खाली गर्न सूचना
दाङको घोराही–तुलसीपुर सडकखण्डको सीमाभित्र पर्ने सडक खाली गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ ।
भन्सार छली ल्याइएका सामान प्रहरीद्वारा नियन्त्रणमा
जेनजी आन्दोलनपछि अवैध तथा गैर कानुनी गतिविधि रोक्न सक्रिय भएको प्रहरीले भारतबाट भन्सार राजस्व छलेर भित्र्याएको पाँच लाख रुपियाँभन्दा बढीको विभिन्न सामान नियन्त्रणमा लिएको छ ।
संसदीय अभ्यास गर्दै जेनजी
नेपालगन्जका जेनजीले संसदीय अभ्यास गरेका छन् । ‘सङ्घीय नमुना युवा संसद् अभ्यास तथा प्रशिक्षण कार्यक्रम’ मार्फत नेपालगन्जका जेनजीले संसदीय अभ्यास गरेका हुन् । युवालाई संसदीय प्रक्रिया र नीति निर्माणबारे प्रत्यक्ष अनुभव दिन उक्त कार्यक्रमको आयोजना गरिएको नेपालगन्ज उपमहानगरपालिकास्तरीय युवा क्लब सञ्जालका सचिव सालिया हासमीले जानकारी दिनुभयो ।
समुदायमा चेतना जगाउँदै कुष्ठरोग प्रभावित व्यक्तिहरु
स्वयं रोगबाट प्रभावित भएर सफल उपचारपश्चात् उनीहरूलेसहायता समूह गठन गरी लुकेका बिरामीलाई उपचारको दायरामा ल्याउन र सामाजिक लाञ्छना हटाउन सक्रिय भूमिका निर्वाह गरिरहेका छन् ।
भत्काइँदै साविक राप्तीको जेठो क्याम्पसको जीर्ण भवन
साविक राप्ती क्षेत्रकै पुरानो शिक्षण संस्था महेन्द्र बहुमुखी क्याम्पस दाङको जीर्ण भवन भत्काउन थालिएको छ । भवन जीर्ण भएपछि प्रक्रिया पूरा गरी भत्काउने कार्य सुरु गरिएको क्याम्पस प्रमुख नारायण पन्थीले जानकारी दिनुभयो ।
राष्ट्रिय आवास कम्पनीको सेवाप्रवाह बन्द
पश्चिम नवलपरासीको बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको दैनिक सेवाप्रवाह बन्द भएको छ ।
पचास वर्षमा ऐन कार्यान्वयन , सल्लाको आँख्लाको निर्यात सुरु
करिब ५० वर्षअघि कानुन बने पनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेसन नेपालगन्जस्थित आइसिपीबाट देशमै पहिलो पटक सुरु गरिएको छ । यस प्रक्रियामा काठ तथा जडीबुटीलाई एकदमै बन्द ठाउँमा राखेर मिथाइल ब्रोमाइड ग्यास छाडेर कीटाणु र कीट नियन्त्रण गरेर स्वच्छ बनाइन्छ ।
दुईसय बढी विद्यार्थीलाई न्यायो कपडा
दाङको घोराहीमा दुईसय बढी विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको छ । घोराही उपमहानगरपालिका –१६ वडा कार्यालयले वडाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई चिसो मौसममा लगाउनका लागि आवश्यक पर्ने जम्वर र ट्राउजर सहयोग गरेको हो ।
नेपाली कांग्रेस बाँकेद्वारा राष्ट्रियसभाका लागि १७ जनाको नाम सिफारिस
नेपाली कांग्रेसले बाँके जिल्लाका तीन वटा निर्वाचन क्षेत्रबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि १७ जनाको नाम सिफारिस गरेको छ।
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा ६७ लाखको क्षति
यहाँको राप्ती गाउँपालिका–२ पुन्यपुरमा रहेको फोहर व्यवस्थापन तथा स्रोत केन्द्रमा भएको आगलागीका कारण ६७ लाख रुपियाँ बराबरको क्षति भएको छ ।
नेपालगन्जमा खाद्य व्यवस्था कम्पनीद्वारा १५ हजार क्विन्टल धान खरिद
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट करिब १५ हजार क्विन्टल धान खरिद गरेको छ ।
नश्ल सुधारका लागि उन्नत जातका बोका वितरण
ऐरावती गाउँपालिकाका किसानलाई नश्ल सुधारका लागि उन्नत जातका व्याड बोका वितरण गरिएको छ ।
पाल्पामा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु
पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ्ग भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
नेत्रलाल स्मृति भवन समुदायलाई हस्तान्तरण तयारीमा
घोराही उपमहानगरपालिका–१७, गुलरियास्थित सहिद स्मारक पार्क तथा सांस्कृतिक सङ्ग्रहालय परिसरमा निर्माण भइरहेको नेत्रलाल स्मृति भवनको निर्माण काम सम्पन्न भएको छ । भवन निर्माणको सकिएपछि समुदायलाई हस्तान्तरण गर्ने तयारी भएको छ ।
राष्ट्रियसभाका लागि गुल्मीबाट कांग्रेसका तीन उम्मेदवार सिफारिस
गुल्मीबाट नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट राष्ट्रियसभा निर्वाचनका लागि तीन जनाको नाम सिफारिस गरेको हो ।
नेपालगन्जमा “मिथाइल ब्रोमाइड फ्युमिगेशन” सुरु
करिब ५० वर्षअघि कानुन बनेपनि हालसम्म सुरु हुन नसकेको मिथाइल ब्रोमाइड फ्युमिगेशन नेपालगन्जस्थित आइसिपिबाट देशमै पहिलो पटक सुरु गरिएको छ ।
प्रदेश सभामा ‘प्रश्नोत्तर’ निष्क्रिय
लुम्बिनी प्रदेश सभामा मुख्यमन्त्रीदेखि मन्त्रीसम्मलाई प्रत्यक्ष रूपमा जवाफदेही बनाउने उद्देश्यले ‘प्रश्नोत्तर’ कार्यक्रमको स्पष्ट व्यवस्था छ । यो व्यवस्था प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएर तीन वर्ष पुग्न लाग्दा पनि प्रयोगमा आएको छैन ।