युभिसिसिले उचाल्यो केपीएल उपाधि
सोमबार भएको फाइनल खेलमा न्यू होराइजन स्पोर्ट्स क्लबलाई सुपरओभरमा हराउँदै युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसि)ले प्रतियोगिताको उपाधि उचालेको हो ।
रामग्राममा अलपत्र पुलको काम अगाडि बढ्यो
लुम्बिनी प्रदेश सरकारमार्फत निर्माण थालिएको नवलपरासीका अलपत्र आयोजनाको काम तत्काल अगाडि बढाउने प्रतिबद्धता अनुरूप पुल निर्माणको काम धमाधम भइरहेको छ ।
निकुञ्जमा सिकार खेल्न गएका पाँच जना बेपत्ता
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन् ।
गुल्मीमा २३ सयभन्दा बढी छात्रालाई एचपिभी खोप
गुल्मीमा लक्षित समूहका २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन्।
इस्मामा चैते दसैँमा सरायँ नाच हुने
इस्मा गाउँपालिका ५ को लाल कुमारी मन्दिरमा चैते दसैँमा सरायँ नाच हुने भएको छ ।
फोहोर पानी नहरमा मिसाउने उद्योगको स्थलगत अनुगमन
बाँकेको जानकी गाउँपालिका –६ गनापुरमा सञ्चालनमा रहेको शिव कत्था उद्योगबाट निस्किएको फोहोर पानी र लेदो नहरमा मिसिंदा आसपासका स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएको जनगुनासो आएपछि गाउँपालिकाका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका छन् ।
नवलपरासी कारागारका १८० कैदी अझै फरार
‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् ।
प्युठानमा ‘प्युठानी रातो मुला’ बिउ उत्पादन सुरु
जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को बिउ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्दै विस्तार गर्नका लागि वीऊ उत्पादन थालिएको हो।
गोग्लीको नगर अस्पताल निर्माण गरी छिटो सूचारु गर्न माग
घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ ।
सुनवलमा तीन करोडको लागतमा सडक स्तरोन्नति कार्य सुरु
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सहरी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुनवल चोकदेखि उत्तरतर्फ जाने सडक खण्डको स्तरोन्नति कार्य सुरु गरेको छ।
नेपालगन्ज वाटरपार्कमा प्लास्टिक फोहोर सङ्कलन
बाँकेको नेपालगन्जस्थित चर्चित पर्यटकीयस्थल वाटरपार्कमा १०० किलोभन्दा बढी प्लास्टिक फोहोर भेटिएको छ। बास नेपालले आयोजना गरेको सरसफाई कार्यक्रमअन्तर्गत त्यहाँबाट उक्त फोहोर संकलन गरिएको हो।
‘प्रत्येक तीन महिनामा रिपोर्ट कार्ड प्रस्तुत गर्छु’
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नरेन्द्रकुमार गुप्ताले सुशासन र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बयासी प्रतिशत किशोरीमा रक्तअल्पता
बर्दियामा पछिल्लो समयमा अधिकांश किशोरीमा रक्तअल्पता देखिएको छ । किशोरीमा गरिएको रक्तपरीक्षणमा ८१.९ प्रतिशतमा रक्तअल्पता फेला परेको हो । स्वास्थ्य कार्यालय बर्दियाले आठ वटा नगरपालिकाका आठ वटा विद्यालयका दुई हजार ६७२ किशोरीमा गरेको रक्त परीक्षणमा रक्तअल्पता फेला परेको हो ।
देवचुलीकी महिलाले कातेको बत्ति विदेशसम्म निर्यात
नवलपुरको देवचुली नगरपालिका–१०, मिलन टोलका महिलाहरूले हातैले कातेको पूजा–बत्ति उत्पादन गरेर स्वदेश तथा विदेशसम्म निर्यात गर्दै आएका छन्। महिलाहरूको सामूहिक प्रयासले उत्पादन हुने बत्तिलाई अहिले राम्रो बजार मिलेको छ।
थारू सांस्कृतिक संग्रहालयमा आन्तरिक पर्यटकको चहलपहल बढ्दो
दाङको दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दो छ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा ल्याउन माग
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् ।
सीताराम मन्दिरमा बर्सेनी राष्ट्रकल्याण महायज्ञ
प्रसिद्ध धार्मिक स्थल रेसुङ्गाको काखमा निर्माण गरिएको सीताराम मन्दिरमा आगामी चैत १३ देखि १९ गतेसम्म ‘राम कथा, शिव पुराण पुराण पारायण, हनुमान चालिसा हवनात्मक अनुष्ठान तथा राष्ट्रकल्याण महायज्ञ’ हुने भएको छ ।
अर्घाखाँचीमा वन डढेलो नियन्त्रण गर्न टोली गठन
डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
रुखले च्यापिएर एक जनाको मृत्यु
जिल्लाको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखको हाँगाले च्यापिएर एक जनाको मृत्यु भएको छ ।
केपीएल : युभिसिसि र न्यू होराइजन फाइनलमा प्रवेश
‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा युनाइटेड भिजन क्रिकेट क्लब (युभिसिसि) र न्यू होराइजन स्पोर्टस क्लब फाइनल प्रवेश गरेका छन् ।
गुल्मीमा आर्थिक गणना कार्यालय स्थापना
गुल्मीमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ।
रुद्रवेणी-वामीटक्सार सडक एक महिना बन्द
गुल्मीको रुद्रवेणी-वामीटक्सार सडक आजदेखि एक महिनाका लागि बन्द हुने भएको छ।
रोजाका लागि कैदीबन्दीलाई खाद्यान्न सामग्री वितरण
मुस्लिम समुदायको पवित्र धार्मिक महिना रमजानको अवसर पारेर कैदी बन्दीहरुलाई रोजाका लागि विभिन्न संघसंस्थाले खाद्यान्न सहयोग गरेका छन्।
बर्दियामा २९ जना उम्मेद्वारको जमानत जफत
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत जफत भएको छ ।