चीनको सुचाउ महानगर र बर्दघाट नगरपालिकाबिच 'भगिनी सम्बन्ध'
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका र चीनको सुचाउ महानगरपालिकाबिच भगिनी सम्बन्ध स्थापना गर्नेबारे छलफल भएको छ ।
जब्दीघाटमा पुल निर्माण अलपत्र
सरकारले बजेट विनियोजन गरेपनि बर्दियाको जब्दीघाटको पुल निर्माण प्रक्रिया अझै सुरु भएको छैन ।
विद्युतीय जोखिम न्यूनीकरण गर्न विद्यार्थी सचेतना अभियान
नेपाल विद्युत प्राधिकरण गुल्मी वितरण केन्द्रले विद्युतीय जोखिम न्युनीकरण गर्न विद्यार्थी सचेतना अभियान सुरु गरेको छ ।
महिलाको पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङ
गुल्मीको सत्यवती गाउँपालिकाको आयोजनामा पाठेघर र स्तन क्यान्सरको निःशुल्क ‘स्क्रिनिङ’ (भि.आइ.ए) शिविर सम्पन्न भएको छ ।
रनिङ्गशिल्डको मुख्य आकर्षण थारू जातिको लठवा नाच
बर्दियाको गुलरियामा आयोजित राष्ट्रपति रनिङ्गशिल्ड तथा आठौँ मेयरकप खेलकुद प्रतियोगिताको मुख्य आकर्षण थारू जातिको लठवा नाच बनेको छ ।
विनय कसजू प्रतिष्ठानद्वारा छ जना सम्मानित
विनय कसजू स्मृति प्रतिष्ठानले साहित्य, पत्रकारिता र महिला सशक्तीकरण क्षेत्रमा काम गर्ने ६ जनालाई पुरस्कृत तथा सम्मान गरेको छ ।
बाँकेको चौफेरीमा ५० वर्षपछि पुग्यो विद्युत
पश्चिम नेपालकै सबैभन्दा सुविधासम्पन्न सहर नेपालगन्जको नजिकै भएर पनि विगत ५० वर्षदेखि विद्युत माग गर्दै आएका डुडुवा गाउँपालिका–१ चौफेरी र सो वरिपरिका बासिन्दाको बिजुली बाल्ने सपना पूरा भएको छ ।
सामुदायिक वनमा महिला नेतृत्व सफल
रुपन्देहीमा महिलाले नेतृत्व गरेको एक मात्र सामुदायिक वन जिल्लाकै नमुना बन्दै गएको छ । रुपन्देहीको कञ्चन गाउँपालिका–५, पिपरीचापामा रहेको पिपरीचापा महिला सामुदायिक वन उपभोक्ता समूह जिल्लाकै नमुना बन्न सफल भएको छ ।
‘सहिद घोषणा मात्रै होइन, न्याय पनि चाहिन्छ’
समयको पाना फेरिँदै गए पनि जेनजी आन्दोलनका क्रममा सहिद भएका व्यक्तिहरुको परिवारको मनमा लागेको घाउ भने अझै पनि रगताम्य छ । आफ्नो परिवारको सदस्य गुमाउनु पर्दाको पीडा एकातिर छभने उनीहरुको बलिदानीअनुसार राज्यमा परिवर्तन आउँदैन कि भन्ने चिन्ता पनि उत्तिकै रहेको छ ।
अर्गानिक कृषि र सहकार्य विस्तार प्रदेश सरकारको प्राथमिकताः मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पहाडका छ जिल्लालाई अर्गानिक क्षेत्रमा रुपान्तरण गर्ने लक्ष्य प्रदेश सरकारको उच्च प्राथमिकताको क्षेत्र भएको बताउनुभएको छ ।
गुल्मीमा करारका कर्मचारी हटाउँनै सकस
गुल्मीमा स्वीकृत दरबन्दीबाहेक राखेका कर्मचारी हटाउँनै स्थानीय तहलाई सकस परेको छ । विभिन्न आस्थामा राखिएका कर्मचारीहरुलाई हटाउनका लागि सकस देखिएको छ ।
सारङ्गीको धुनसँगै दुई दशकको यात्रा
हातमा सारङ्गी, मनमा असङ्ख्य कथाहरु बोकेर ४२ वर्षीय विष्णु गन्धर्व दई दशकभन्दा बढी समयदेखि गाउँ–शहरमा डुल्दै विरहका कथाहरु गीत र धुनमा सुनाउँदै आउनुभएको छ ।
भैरहवा सेजमा जग्गाको भाडा घट्यो
सरकारले विशेष आर्थिक क्षेत्र (सेज) भित्रको जग्गा भाडादर प्रतिवर्गमिटर २० रुपियाँबाट घटाएर पाँच रुपियाँ मात्र कायम गरेपछि भैरहवा सेजका उद्योगी उत्साहित भएका छन् । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले गरेको निर्णयपछि सेजभित्रको लगानी वातावरण थप सहज हुने उद्योगीको अपेक्षा छ ।
एमसिसी अन्तर्गत प्रसारण लाइन निर्माण सुरु
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत् प्रसारण लाइन निर्माण सुरु भएको छ । अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र नेपालका लागि अमेरिकाका राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा बुधबार निर्माणको शुभारम्भ गर्नुभयो ।
‘नागरिकभन्दा अलग भएर प्रदेश सरकार अघि बढ्दैन’
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले राजधानी क्षेत्रमा भइरहेको विकास कार्य, जग्गा एकिकरण र कित्ताकाट प्रक्रियालाई राजधानी गुरुयोजनालाई असर नपार्नेगरी स्पष्ट र व्यवस्थित ढंगले अघि बढाउने बताउनुभएको छ ।
तुलसीपुर कारागारका ७३ कैदी अझै फरार
तुलसीपुर कारागारका ७३ कैदी अझै फरार छन् ।
जनताको सुरक्षामा कुनै कमी हुन दिँदैनौं : प्रहरी महानिरीक्षक कार्की
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सर्वसाधारण नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।
पाँचौँ सुनवल महोत्सव सुरु
पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि 'कृषि उद्योग व्यापार, कला र संस्कृति समग्र सुनवलको समृद्धि' भन्ने मूल नाराका साथ पाँचौँ सुनवल महोत्सव सुरु भएको छ।
प्रविधियुक्त बन्दै खजुरा प्रहरी कार्यालय
बाँकेको ग्रामीण क्षेत्रमा कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय धनौली खजुराले सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गर्न थालेको छ ।
एमसिसी परियोजना : सुनवलमा विद्युत प्रसारण लाइन निर्माण सुरु
मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत प्रसारण लाइन निर्माणको बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ ।
कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले पाए लालपुर्जा
लामो प्रतीक्षापछि कपिलवस्तुका ७ हजार ६८० जना गाउँ ब्लक पीडितले लालपुर्जा पाउन सफल भएका छन् । गाउँ ब्लकको २०७३ सालमा नापी भए पनि उनीहरुले यस वर्ष लालपुर्जा पाएका हुन् ।
गुल्मीमा १३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइयो
गुल्मीमा १३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत राष्ट्रव्यापि रुपमा वितरण भएको भिटामिन ‘ए’ र जुकाको औषधी यस जिल्लामा १३ हजार १३ जना बालबालिकालाई खुवाइएको हो ।
उखु किसानले मङ्सिर १४ गते राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलन गर्ने
नेपाल उखु उत्पादक महासङ्घले विगत वर्षको बक्यौता अनुदान रकम तत्काल भुक्तानी गर्न र यस वर्षको उखुको समर्थन मूल्य निर्धारण गर्न माग गर्दै राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छ ।
अर्थमन्त्रीले प्रसारण लाइन निर्माण शुभारम्भ गर्नुहुने
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलदेखि नेपाल–भारत सिमानासम्मको विद्युत प्रसारण लाइन निर्माणको शुभारम्भ आज हुँदैछ ।