प्युठानका आठ पालिकाले दिए सार्वजनिक बिदा
जिल्लाका आठ वटा स्थानीय तहले मगर दिवसका अवसरमा शुक्रबार स्थानीय बिदा दिएको छ । ४४ औं मगर दिवसका अवसरमा पालिका क्षेत्रभित्र रहेका सम्पूर्ण सरकारी कार्यालय, शैक्षिक संघ संस्था, स्वास्थ्य संस्थामा स्थानीय बिदा दिने पालिकाहरुले निर्णय गरेको हो ।
निर्वाचनका लागि सीमा नाका ७२ घण्टा बन्द
आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका सम्पूर्ण सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिने भएको छ।
प्रतिनिधि सभा निर्वाचन : दाङमा २९ सय कर्मचारी खटिने
प्रतिनिधि सभा निर्वाचनका लागि दाङमा करिब २९ सय कर्मचारी परिचालन हुने भएका छन् । प्रदेश निर्वाचन कार्यालय दाङका अनुसार यहि फागुन २१ गते हुने जिल्लामा निर्वाचन गर्नका लागि जिल्लामा दुई हजार आठ सय ९८ जना कर्मचारी परिचालन हुने भएका हुन् ।
विकास, सुशासन र किसानका मुद्दामा प्रतिस्पर्धा
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशको नवलपरासी (बर्दघाट–सुस्तापश्चिम)–१ लाई यस पटक अत्यधिक चासोका रूपमा हेरिएको छ । विशेष गरी विनोद चौधरी पुनः उम्मेदवार बनेसँगै यस क्षेत्रको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने भएको छ ।
सांस्कृतिक संरक्षण र पर्यटन प्रवर्धनमा प्रदेश सरकार प्रतिबद्ध
मगर दिवसको अवसरमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मगर समुदायप्रति शुभकामना व्यक्त गर्नुभएको छ।
दस पालिकामा आज सार्वजनिक बिदा
गुल्मीका दस पालिकाले आज (शुक्रबार) सार्वजनिक बिदा दिएका छन्। दुई नगरपालिका र दस गाउँपालिका गरी १२ स्थानीय तहमध्ये यहाँका दस पालिकाले सार्वजनिक सूचना जारी गरी ४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसर पारेर आज सार्वजनिक बिदा दिएका हुन्।
सत्तामा हुँदा पनि गलत कदमको विरोध गर्ने साहस राख्छु : गगन थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा देशको राजनीतिलाई नयाँ युगमा लैजाने बताउनुभएको छ।
देश गम्भीर परिस्थितिमा छ, सोचेर मात्र मतदान गर्नुस् : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश गम्भीर परिस्थितिमा रहेको बताउँदै सोचेर मात्र मत व्यक्त गर्न आग्रह गर्नुभएको छ ।
‘चुनावी तालमेलको विषयमा छलफल भएको छैन’
नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले अहिलेसम्म निर्वाचनमा अन्य दलसँग चुनावी तालमेलको विषयमा छलफल नभएको बताउनुभएको छ ।
बागलुङ-२ : गढ जोगाउने र भत्काउने दाउमा दल
बागलुङ निर्वाचन क्षेत्र नं. २ मा नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
नेपाली कांग्रेस पाल्पाको घोषणापत्र सार्वजनिक : स्वास्थ्य, पर्यटन, कृषि र भौतिक पूर्वाधार प्राथमिकतामा
नेपाली कांग्रेस पाल्पाले जिल्लाको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यका उम्मेदवार हिमालदत्त श्रेष्ठले नेपाली कांग्रेस अब बदलीएको बताउनुुभएको छ ।
पाँच वर्षमा पाँच क्रान्ति गर्ने एमालेका उम्मेदवार पोखरेलको प्रतिबद्धता
दाङ क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तथा नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पाँच वर्षभित्र पाँच क्रान्ति गर्ने संकल्प सार्वजनिक गर्नुभएको छ।
पाल्पाका स्थानीय तहमा शुक्रबार सार्वजनिक बिदा
४४ औं राष्ट्रिय मगर एकता दिवसको अवसरमा पाल्पाका १० वटै स्थानीय तहले शुक्रबार सार्वजनिक बिदा दिएको छ ।
नेपालगन्जका मुस्लिम महिलालाई मतदाता शिक्षा
मुस्लिम समुदायको बाक्लो जनसङ्ख्या रहेको नेपालगन्जका विभिन्न क्षेत्रका मुस्लिम महिलाहरूलाई मतदाता शिक्षा प्रदान गरिएको छ ।
१२ मतदान स्थल अति संवेदनशील, सुरक्षा व्यवस्था कडा पारिँदै
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरी पश्चिम नवलपरासीको सुरक्षा व्यवस्था चुस्त बनाइएको छ। जिल्ला सुरक्षा समितिले जिल्लाका १२ वटा मतदान स्थललाई ‘अति संवेदनशील’ सूचीमा राखेर विशेष सुरक्षा योजना अघि सारेको छ।
बाँकेमा आचारसंहिता विपरीतका तुल र ब्यानर हटाइयो
बाँके जिल्लाका विभिन्न स्थानमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी आचारसंहिताको उल्लङ्घन गरी राखिएका तुल र ब्यानरहरू प्रहरीले हटाएको छ ।
पारिवारिक वातावरणमा होली मनाउन आग्रह
जिल्ला प्रशासन कार्यालय गुल्मीले फागु पूर्णिमा अर्थात होलीलाई पारिवारीक रूपमा मनाउन आग्रह गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को तयारी अन्तिम अवस्थामा पुगेको बेला मनाइने होली पर्वलाई स्वस्थ र सभ्य बनाउन प्शासनले आग्रह गरेको हो ।
नवलपुरको सीमा नाकामा आवागमन बन्द गरिने
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नवलपुरको नेपाल–भारत सीमा नाकामा आवागमन पूर्ण रूपमा बन्द गरिने भएको छ ।
गुल्मीका नौ स्थानीय तहमा सार्वजनिक बिदा
मगर दिवसका दिन गुल्मीका नौ स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् । फागुन १५ गते मगर दिवसका अवसरमा जिल्लाको कालीगण्डकी गाउँपालिका, गुल्मीदरबार गाउँपालिका, चन्द्रकोट गाउँपालिका, सत्यवती गाउँपालिका, रुरुक्षेत्र गाउँपालिका, छत्रकोट गाउँपालिका, मालिका गाउँपालिका, इस्मा गाउँपालिका र रेसुंगा नगरपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।
पश्चिम नवलपरासी २ मा चुनावी सरगर्मीः पूर्वमन्त्रीबिच रोचक प्रतिस्पर्धा
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै पश्चिम नवलपरासीमा राजनीतिक सरगर्मी उच्च विन्दुमा पुगेको छ।
गुल्मीमा सशस्त्र प्रहरीको मोटरसाइकल गस्ती
गुल्मीमा सशस्त्र प्रहरी बलले मोटरसाइल गस्ती सुरु गरेको छ। सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्मीका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक सुदीप प्रसाईंका अनुसार फागुन १८ गतेको फागु पूर्णिमा र २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मोटरसाइल गस्ती सुरु गरिएको हो।
धार्मिक सहिष्णुता, सामाजिक सद्भाव कायम
यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई शान्तिपूर्ण तरिकाले भयरहित वातावरणमा सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय बाँकेले सर्वपक्षीय बैठकको आयोजना गरी सातबुँदे निर्णय गरेको छ । सो बैठकले धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र निर्वाचन आचारसंहिताको पालना गर्नुपर्नेमा विशेष जोड दिँदै होली र रमजान दुवै पर्वलाई मर्यादित तरिकाले मनाउनेलगायतका महत्वपूर्ण निर्णय गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले बताउनुभयो ।
पाल्पा–१ लाई नमुना संसदीय क्षेत्र बनाउने रानाको सङ्कल्प
पाल्पा निर्वाचन क्षेत्र नं. १ बाट नेपाली कांग्रेसका उम्मेदवार सन्दीप रानाले पाल्पा–१ लाई देशकै नमुना संसदीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यसहित सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ। पर्यटन प्रवर्धन तथा विकासमार्फत क्षेत्रलाई नमुना संसदीय क्षेत्र बनाउने उहाँको योजना रहेको छ।
भूमिहीनको समस्या जहिले नि उस्तै
निर्वाचनका समयमा महत्वपूर्ण एजेन्डा बन्ने भूमिहीन सुकुमवासीको समस्या निर्वाचनपश्चात् भने कुनै पनि राजनीतिक दलले उठाउने गरेको देखिँदैन । निर्वाचनका समयमा सबै उम्मेदवारले बहस गर्ने तर निर्वाचन सकिएपछि घोषणापत्रमा भएका वाचा बिर्सिंदा सुकुमवासी समस्या समाधान हुन नसकेको गुनासो बर्दियाका भूमिहीन सुकुमवासीले गरेका छन् ।