• १५ फागुन २०८२, शुक्रबार

मगर दिवसको अवसरमा सार्वजनिक बिदा

blog

सन्तोष दहित 
दाङ, फागुन १५ गते ।
मगर दिवसको अवसरमा घोराही उपमहानगरपालिकाले फागुन १५ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

घोराही उपमहानगरपालिकाको मिति २०८२ फागुन ११ गते बसेको बैठकको निर्णयअनुसार उक्त दिन नगरपालिकाका सबै कार्यालय, वडा कार्यालयहरू, स्वास्थ्य संस्था र विद्यालयहरू बन्द रहने जनाएको छ ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर हमालद्वारा हस्ताक्षरित सूचना अनुसार मगर समुदायको महत्त्वपूर्ण मगर दिवसको अवसरमा बिदा दिइएको हो । मगर दिवसले  सामाजिक सद्भाव, एकता र सांस्कृतिक पहिचान सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने भन्दै सम्पूर्ण मगर समुदायलाई हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

घोराही उपमहानगरपालिकाले हरेक वर्ष मगर समुदायको सांस्कृतिक र परम्परागत मूल्यलाई सम्मानस्वरूप मगर दिवसको  अवसरमा स्थानीय बिदा दिँदै आएको छ ।