रेसुङ्गाको सार्वजनिक सुनुवाइ : सहभागीको गुनासो, सुझाव र जिज्ञासा
गुल्मीको रेसुङ्गा नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका सहभागीहरुले नगरपालिकाका जनप्रतिनिधिसहितका सरोकारवालाहरुसँग गुनासो, सुझाव र जिज्ञासा राखेका छन् ।
गुलजार–ए–अदब’ मा कुरैशी
उर्दू साहित्यको विकासका लागि गत पाँच दशकदेखि बाँके जिल्लामा सक्रिय ‘गुलजार–ए–अदब’ को नेतृत्वमा मुस्तफा अहसन कुरैशी ‘अहसन’ आउनुभएको छ ।
पहिरोले पुरिएर दुई जनाको ज्यान गयो
जिल्लामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । भुमिकास्थान नगरपालिका वाडनम्वर १० तल्लोपाकु बस्ने वर्ष ६६ को गोबिन्द बुढामगर र उहाँका श्रीमती वर्ष ६७ को श्यामकला बुढामगरको पहिरोले पुरिएर मंगलवार मृत्यु भएको हो ।
भेरीमा रक्तसंचार सेवा संचालन सम्बन्धी सम्झौता
भेरी अस्पताल र नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाबिच रक्तसंचार सेवा संचालन सम्बन्धी सम्झौता भएको छ।
प्यूठानबाट एकल महिलाको ‘रातो अबिर अभियान’
“श्रीमान् गुमाएपछि जिन्दगी सकिँदैन, अब हामी चुप बस्दैनौं,” प्यूठानकी एक ६० वर्षीया महिलाको यो आवाज अहिले जिल्लाका एकल महिलाहरूको अभियान बनेको छ।
कालीगण्डकी काेरिडोर एकतर्फी सञ्चालन
कालीगण्डकी काेरिडोर एकतर्फी सञ्चालनमा आएको छ । गुल्मीको कालीगण्डकी गाउँपालिका–६, बर्लबामा माथिबाट पहिरो खसेपछि असार २९ गतेबाट कालीगण्डकी करिडोर पूर्ण रुपमा अवरुद्ध भएको थियो ।
नक्कली नोट र अफिमसहित एक जना पक्राउ
बाँकेको कोहलपुर नक्कली नोट र लागुऔषधसहित एक जनालाई प्रहरीले मङ्गलबार पक्राउ गरेको छ।
परिवर्तनलाई आत्मसाथ गर्न मुख्यमन्त्री आचार्यको अनुरोध
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मुलुकमा केहिपनि भएन भन्ने गलत भाष्य बनाइएको भन्दै पत्रकारिताले यसलाई सत्यतथ्यरुपमा चिर्न आवश्यक भएको बताउनुभएको छ ।
अर्कैसँग बिहे गरेको रिसमा श्रीमतीको हत्या
प्युठानमा आफन्तको घर बस्न गएका एक महिलाको आफ्नै पूर्व श्रीमानले हत्या गरेको घटना सार्वजनिक भएको छ । सरुमारानी गाउँपालिका –३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको पूर्व श्रीमान लिलबहादुर बरालले चक्कु प्रहार गरी हत्या गरेका हुन् ।
बाल संरक्षण केन्द्र सहारा नभएकाको टेको बन्दै
बारबर्दिया नगरपालिका–३, खुरखुरे बस्ने चाँदनी शाहीका बुवाआमा दुवै बिरामी हुनुहुन्थ्यो । बुवाको मिर्गौला फेल भएको थियो भने आमाको मुटुमा प्वाल परेको थियो । आमाबुवा उपचारका लागि काठमाडौँ बस्नुभएको थियो ।
नमुना अटो भिलेजको नयाँ स्वरूप
सरसफाइको अभावमा सधैँ फोहोर र दुर्गन्धित हुने बुटवलको मैनाबगरस्थित नमुना बुटवल अटो भिलेजले स्वरूप परिवर्तन गरेको छ । आवश्यक पूर्वाधार निर्माणको अभावमा बर्खामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने गरेको बुटवलस्थित पहिलो नमुना अटो भिलेज अहिले व्यवस्थित बनेको छ ।
स्तन क्यान्सर परीक्षण गर्न प्रविधि जडान
महिलाको स्तनसम्बन्धी रोग पहिचान र उपचारमा नयाँ आयाम थप्दै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले म्यामोग्राफी सेवा सुरु गरेको छ । स्तनसम्बन्धी रोगको परीक्षण, परामर्श र उपचारका लागि ‘विशेष ब्रेस्ट क्लिनिक’ समेत सञ्चालनमा ल्याएको छ ।
अजिङ्गरको उद्धार गरी चितवन राष्ट्रिय निकुञ्ज पठाइयो
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–५, गुराश टोलमा एउटा अजिङ्गरको उद्धार गरिएको छ । स्थानीय शिरोमणि अधिकारीको कुखुराको खोरमा भेटिएको उक्त अजिङ्गरलाई वन्यजन्तु उद्धारकर्ता तथा बर्दघाटका दुर्गा लामिछानेले उद्धार गर्नुभएको हो ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घद्वारा कर छुटको माग
नागरिकको मौलिक हकको रुपमा रहेको खानेपानी जस्तो संवेदनशील सेवामा सरकारले कर लगाउँदा आम उपभोक्ता मारमा परेका छन् ।
सिद्धबाबा सुरुङमार्गः भौतिक प्रगति ५७ प्रतिशत
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सिद्धबाबा सुरुङमार्गको काम अहिले तीव्र गतिमा भइरहेको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको ‘ब्रेक थ्रु’ भएपछि कामले गति लिएको हो ।
अनोमाघाटलाई प्रबज्या स्थल घोषणाले निजी क्षेत्र उत्साहित
पश्चिम नवलपरासीको सुस्ता ५ स्थित ठाढीघाट (अनोमाघाट०) लाई हालै नेपाल पर्यटन बोर्डले प्रबज्या स्थल घोषणा गरेपछि यस क्षेत्रको पर्यटन विकासमा नयाँ आयाम थपिने अपेक्षासहित निजी क्षेत्रमा उत्साह छाएको छ ।