दाङ समाचारदाता
दाङ, फागुन २ गते । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मर्यादित र निष्पक्ष निर्वाचनका लागि आचारसंहिताको कडाइका साथ पालना आवश्यक रहेको बताउनुभएको छ । शुक्रबार दाङको भालुवाङमा निर्वाचन आयोग र नेपाल कानुन समाजद्वारा संयुक्त रूपमा आयोजित ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाको भूमिका’ विषयक अन्तव्रिर्mया कार्यव्रmममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले निर्वाचन आचारसंहिताको पूर्ण पालनाले मात्र स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचन सम्पन्न हुने बताउनुभयो । आयुक्त डा. तुलाधरले लोकतन्त्रलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष र मर्यादित बनाउने आधार नै निर्वाचन आचारसंहिता भएको बताउनुभयो ।
निर्वाचन केवल मतदानको प्रक्रिया मात्र नभई लोकतन्त्रको आत्मा भएको बताउँदै उहाँले निर्वाचन आचारसंहिता २०८२ को मूल उद्देश्य निष्पक्ष, स्वतन्त्र र विश्वसनीय निर्वाचन सुनिश्चित गर्नु रहेको बताउनुभयो । “मतदाताको स्वतन्त्र निर्णयको अधिकार संरक्षण गर्नु र निर्वाचन प्रव्रिmयाप्रति जनविश्वास अभिवृद्धि गर्नु जरुरी छ,” उहाँले भन्नुभयो, “आचारसंहिता सबैका लागि समान हुने भएकाले राजनीतिक दल, उम्मेदवार, सरकार, कर्मचारी, सञ्चारमाध्यम र सरोकारवाला सबै यसको पालक हुनुहुन्छ ।” उहाँले राज्य स्रोतको दुरुपयोग रोक्नुपर्ने, समान प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो ।
आचारसंहिता केवल कानुनी दस्ताबेज नभई लोकतान्त्रिक मर्यादा, राजनीतिक नैतिकता र सुशासनप्रतिको साझा प्रतिबद्धताको प्रतिविम्ब भएको उहाँको जोड थियो । उहाँले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ बमोजिम निर्वाचन आचारसंहिता २०८२ माघ ४ गते राति १२ बजेदेखि लागु भइसकेको जानकारी दिनुभयो । कार्यव्रmममा सरकारी स्रोतसाधनको दुरुपयोग रोक्ने, मर्यादित प्रचारप्रसार सुनिश्चित गर्ने, घृणात्मक अभिव्यक्ति नियन्त्रण गर्ने, महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सम्मान र संरक्षण गर्ने विषयलाई विशेष महìव दिइएको थियो ।
डिजिटल युगमा सामाजिक सञ्जाल, अनलाइन प्लेटफर्म तथा कृत्रिम बुद्धिमत्ता (एआई) को दुरुपयोग निर्वाचनको विश्वसनीयताका लागि चुनौती बन्दै गएको भन्दै भ्रामक सूचना, हेट स्पिच, झुटा समाचार र अवैध मत सर्वेक्षणले मतदाताको निर्णय प्रव्रिmयामा नकारात्मक असर पार्न सक्ने भन्दै सबै सरोकारवालाबाट उच्च सतर्कता आवश्यक रहेको उहाँको भनाइ थियो ।
निर्वाचन खर्चमा पारदर्शिता अर्को महìवपूर्ण विषय भएको उल्लेख गर्दै उहाँले बैङ्कमार्फत खर्च व्यवस्थापन, खर्च विवरण सार्वजनिक गर्ने र स्रोत नखुलेको आर्थिक सहयोग रोक्ने व्यवस्था प्रभावकारी रूपमा लाग् हुनुपर्ने बताउनुभयो ।
कार्यव्रmममा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले निर्वाचन आचारसंहिताको पूर्ण पालना भए नभएको विषयमा आयोगले सूक्ष्म ढङ्गले अनुगमन गर्नुपर्ने र आचारसंहिता विपरीत गतिविधि रोक्न कठोर कदम चाल्नुपर्ने बताउनुभयो । मन्त्री ढकालले दलहरू चुनावी दौडमा रहेकाले आयोगले तोकेको समयअगाडि भइरहेका गतिविधि आचारसंहिताले छुन्छ कि छुँदैन भन्ने विषयमा सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीले निर्वाचनलाई सफल बनाउन आचारसंहिताको मुख्य भूमिका रहेको बताउनुभयो । पूर्वअर्थसचिव शिशिरकुमार ढुङ्गाना, निर्वाचन आयोगका सहसचिव ज्ञानहरि घिमिरे, नागरिक संवाद केन्द्रकी प्रमुख हेमा न्यौपानेलगायतले पनि आचारसंहिता पालनाबारे मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यव्रmमको सहजीकरण प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकृत गेहेन्द्र कुँवरले गर्नुभएको थियो । कार्यव्रmममा सहभागी राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकाय र सरोकारवाला पक्षले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने प्रतिबद्धता जनाएका थिए ।