• २२ फागुन २०८२, शुक्रबार

दाङ – २ मा मतगणना सुरु

blog

दाङ क्षेत्र नम्बर २ को मतगणना हुँदै ।

लीलाधर वली

घोराही, फागुन २२ गते । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत दाङ निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । आज बिहान ९:३० बजेदेखि दाङ जिल्ला अदालतमा क्षेत्र नम्बर २ को मतगणना सुरु भएको हो ।

क्षेत्र नम्बर २ अन्तर्गत तुलसीपुर उपमहानगरपालिका-१६ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पाण्डितले जानकारी दिनुभएको छ । पहिलो चरणमा खसेको तीन हजार नौ सय १४  मतगणना हुन थालेको छ ।

दाङ क्षेत्र नम्बर २ मा एमाले महासचिव शंकर पोख्रेल, नेपाली कांग्रेसका किरणकिशोर घिमिरे, रास्वापाका सहमहामन्त्री विपिनकुमार आचार्यलगायतका उम्मेदवार रहनुभएको छ ।