• २२ फागुन २०८२, शुक्रबार

लुम्बिनीका १२ क्षेत्रमा मतगणना जारी

blog

लक्ष्मण पौडेल
भैरहवा, फागुन २२ गते ।
लुम्बिनी प्रदेशका २६ मध्ये १२ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना जारी छ । हालसम्म आधा क्षेत्रमा अझै मतगणना सुरु भएको छैन । मतगणना सुरु भएका क्षेत्रमध्ये कपिलवस्तु–३, दाङ–१, बाँके–१, बाँके–२, बाँके–३, रुपन्देही–१, रुपन्देही–२, रुपन्देही–३, रुपन्देही–४, रुपन्देही–५, बर्दिया–२ र रुकुम पूर्व–१ रहेका छन् ।

प्रारम्भिक मतपरिणामअनुसार यीमध्ये आठ वटा क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार अग्रस्थानमा छन् । नेकपा (एमाले)का उम्मेदवार दुई क्षेत्रमा अगाडि छन् भने नेपाली कांग्रेस र नेकपा एक–एक क्षेत्रमा अग्रता लिएका छन् ।

बाँके–२ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इस्तियाक राई अग्रस्थानमा हुनुहुन्छ भने रुपन्देही–४ मा एमालेकै प्रमोद कुमार यादव अगाडि देखिनुभएको छ । कपिलवस्तु–३ मा नेपाली कांग्रेसका अभिषेक शाहले अग्रता कायम गर्नुभएको छ भने रुकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीका पुष्पकमल दाहाल अगाडि हुनुहुन्छ । बाँकी क्षेत्रमा भने मतगणना सुरु हुन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ ।