शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुजल श्रेष्ठ
प्यूठान, चैत ६ गते । बाहिरी जिल्लाबाट प्यूठान आयात हुने कुखुरा तथा अण्डामा रोक लगाइएको छ । जिल्ला स्तरीय बर्डफ्लु नियन्त्रण समितिको शुक्रबार बसेको बैठकले बाहिरी जिल्लाबाट आयात हुने कुखुरा तथा अण्डाजन्य उत्पादनमा नियन्त्रण गर्ने निर्णय भएको हो ।
देशको विभिन्न जिल्लामा बर्ड फ्लु रोग देखा परेकोले १५ दिनका लागि आयातमा रोक लगाउने निर्णय भएको समितिका सदस्य सचिव विनोद शर्माले जानकारी दिनुभयो । १५ दिनपछि अवस्था मुल्याङ्कन गरी आवश्यक निर्णय गरिने उहाँले बताउनुभयो ।
साथै बैठकले जिल्लाको कुखुरापालन गर्ने व्यवसायीलाई कुखुरा फर्मको अनिवार्य रुपमा जैविक सुरक्षा अपनाउन निर्देशन दिने निर्णय गरेको छ । यस अवधिमा कुखुरा तथा अण्डाको मूल्यवृद्धि गर्न नदिने र गरेको पाइएमा कारवाही गर्ने बैठकको निर्णय रहेको छ ।