शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
गोरखापत्र समाचारदाता
काठमाडौँ, चैत ६ गते । प्रतिनिधि सभाका नवनिर्वाचित सदस्यको शपथ यही चैत १२ गते हुने भएको छ । सङ्घीय संसद् सचिवालयले बिहीबार सूचना प्रकाशित गर्दै नवनिर्वाचित सदस्यलाई शपथका लागि आह्वान गरेको हो ।
गोरखापत्रलाई प्राप्त सूचना अनुसार उक्त दिन दिनको २:०० बजे सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय सभाकक्षमा सांसदलाई शपथका लागि आह्वान गरिएको छ । नेपालको संविधानको धारा ८८ र ९१ को उपधारा ५ तथा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम आह्वान गरिएको सूचनामा शपथका लागि निर्वाचन आयोगबाट प्राप्त प्रमाणपत्रहित उपस्थित हुन अनुरोध गरिएको छ ।
