शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
सुजल श्रेष्ठ
प्युठान, चैत ५ गते । प्युठानमा टिप्परको ठक्करबाट एक जनाको ज्यान गएको छ । विहीबार बेलुका प्युठान नगरपालिका ८ पाडावाङमा रा १ ख १८३९ नम्वरको टिप्परको ठक्करबाट पैदल यात्रीको घटनास्थलमै ज्यान गएको हो ।
राप्ती गाउँपालिका १ भालुवाङ घर भई हाल बाटोको काम गर्ने ४४ वर्षीय अशोक परियारको मृत्यु भएको प्रहरीको भनाइ छ । प्रहरीले टिप्पर चालकलाई नियन्त्रणमा लिएको जनाएको छ ।