• ५ चैत २०८२, बिहिबार

बास्केटबल लिग : टाईम्सको चौथो जित

blog

काठमाडौँ, चैत ५ गते । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएलमा टाईम्स इन्टरनेसनल क्लबले चौथो जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहलमा बिहीबार भएको खेलमा टाईम्सले प्लेबक्स एरेनालाई ८५–७३ ले हरायो । 

जितसँगै दोस्रो स्थानमा रहेको टाईम्सले पाँच खेलबाट नौ अङ्क बनाएको छ । शीर्ष स्थानको आर्मीको पनि समान नौ अङ्क छ । यसअघि आर्मीले रोयललाई १०३–७५ ले पराजित गरेको थियो । 

नेपाल बास्केटबल सङ्घ (नेबा)को आयोजनामा जारी लिगमा आठ टोलीको सहभागिता रहेको छ । डबल राउण्ड रोविनका आधारमा सञ्चालित लिगमा कूल ५६ खेल हुनेछ । लिगको विजेता टोलीले चार लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख रुपियाँ पुरस्कार पाउनेछ ।