• ९ चैत २०८२, सोमबार

नदीमा बेपत्ता भएका किशोर मृत फेला

blog

रेखीराम राना

तानसेन, चैत ९ गते । पौडी खेल्ने क्रममा तिनाउ नदीमा बेपत्ता भएका दुई जना भारतीय किशोरमध्ये एक जनाको शव फेला परेको छ । 

आइतबार दिउँशो तिनाउ–३, स्थित ड्याम साइडको तिनाउ नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका भारत मेघालय ठाकुरद्वार नगर पञ्चायत वडा १८ बस्ने १७ वर्षका अमान अन्सारी मृत फेला परेका हुन् । 

अन्सारी पौडी खेलेको स्थानदेखि एक सय मिटर तल सोमबार मृत फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी होमप्रकाश चौधरीले जानकारी दिनुभयो । 

पौडी खेल्ने क्रममा बेपत्ता भएका अर्का किशोर फहरान अन्सारीको खोजी कार्य भइरहेको चौधरीले बताउनुभयो । खोजी कार्यमा प्रहरी, स्थानीय बासिन्दा, शसत्र प्रहरी लगायत खटेका छन् । भारतबाट नेपाल घुम्न आएका सात जना तिनाउ नदीमा पौडी खेलेका थिए । तीमध्ये दुई जना नदीमा बेपत्ता भएका थिए ।