• २४ फागुन २०८२, आइतबार

नवलपरासी–१ मा रास्वपाका खनाल निर्वाचित

blog

पुरुषोत्तम सुवेदी
पश्चिम नवलपरासी , फागुन २४ गते  । 
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विक्रम खनाल प्रतिनिधि सभा सदस्यमा भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।अन्तिम मतपरिणाम अनुसार खनालले ४५ हजार २४९ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले आफ्ना निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार एवम् उद्योगपति विनोद चौधरीलाई ३५ हजारभन्दा बढीको फराकिलो मतान्तरले पराजित गर्नुभयो । चौधरीले मात्र नौ हजार ५६८ मत प्राप्त गर्नुभएको छ ।

यस क्षेत्रमा लामो समयदेखि राजनीतिमा वर्चस्व राख्दै आएका अनुभवि नेताहरूलाई पछि पार्दै खनालको जितलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै खनालले यो जित नवलपरासीका जनताको परिवर्तनप्रतिको चाहना भएको बताउनुभएको छ । उहाँले क्षेत्रको पूर्वाधार विकास र सुशासनका लागि आफू प्रतिबद्ध रहने समेत उल्लेख गर्नुभयो ।