शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
पोखरा, चैत २७ गते । नेपाली कांग्रेसको निर्वाचन समीक्षात्मक कार्यक्रम पोखरामा सुरु भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा र महामन्त्री प्रदीप पौडेललगायतका शीर्ष नेताको सहभागिता रहेको छ ।
२०८२ फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा अपेक्षित परिणाम प्राप्त गर्न नसकेपछि कांग्रेसले प्राप्त मत र आगामी कार्यदिशाबारे सुक्ष्म समीक्षा सुरु गरेको हो ।