• २७ चैत २०८२, शुक्रबार

बजार अनुगमनमा कडाइ गर्दै इलाम नगरपालिका

blog

इलाम बजारका फलफूल पसल अनुगमन गर्दै इलाम नगरपालिका उप–प्रमुख विष्णुकमारी दाहाल सहितको टोली । तस्बिर : कोकिला ढकाल

कोकिला ढकाल

इलाम, चैत २७ गते । म्याद सकिएका दैनिक उपभोग्य वस्तुहरुको प्रयोग बढ्न थालेपछि इलाम नगरपालिकाले बजार अनुगमनलाई तीब्रता दिएको छ । पछिल्लो समय नगरपालिकाले इलाम बजारसहित विल्याँटे, पुवाखोला, भन्ज्याङ लगायतका बजारको अनुगमन गरिरहेको छ । 

आज गरिएको अनुगमनका क्रममा पनि कुहिएका फलफूल, उपभोग्य समयावधि सकिएका पेय पदार्थ भेटिएको अनुगमनमा संलग्न इलाम नगरपालिकाकी कर्मचारी सिता खवासले जानकारी दिनुभयो। 

यसैबीच जिल्ला प्रशासन सहित इलाम नगरपालिका उपप्रमुख विष्णुकुमारी दाहाल नेतृत्वको बजार अनुगमन टोलीले इलाम बजार स्थित झापाली मिष्ठान्न भण्डारले म्याद गुज्रेका मिठाइ बिक्री गरेको भन्दै पाँच हजार रुपियाँ जरिवाना गरेको छ । 

मिष्ठान्न भण्डारलाई सात दिनभित्र तोकिएको रकम जिल्ला प्रशासन कार्यालयको नाममा बैंकमा जम्मा गरेर रकम जम्मा गरेको बैंक भौचरसहित जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन पत्रमा उल्लेख गरिएको छ ।