काठमाडौँ, चैत २७ गते ।प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित बहुउद्देश्य भवनमा सुरु भएको छ । सभामुख डोलप्रसाद अर्यालले शुक्रबारको बैठकको अध्यक्षता सुरु गर्दै संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्नु भएकोमा राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची रहेको बताउनु भयो ।
यसैगरी, उहाँले उपसभामुख पदका लागि पेश भएका दुई वटा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुभएको छ ।