स्रोत नखुलेको चार लाखभन्दा बढी रकमसहित एक जना पक्राउ
प्रहरीले नेपालगञ्जमा स्रोत नखुलेको भारु तीन लाख ७२ हजार ७०० र रु. एक लाखसहित एक जनालाई पक्राउ गरेको छ ।
अवैध रुपमा बालुवा-माटो उत्खनन एवं ढुवानी गर्ने १३ सवारीसाधन नियन्त्रणमा
जेनजी आन्दोलनपछि जिल्लामा नयाँ प्रहरी प्रमुख आएसँगै प्रहरीले बाँकेमा विभिन्न आपराधिक र गैरकानुनी कार्य रोक्न कडाई बढाउँदै लगेको छ।
जोखिमपूर्ण यात्रामा रहेका ५२५ जना महिलाको जमुनाहा नाकाबाट उद्धार
अतिनै जोखिमपूर्ण यात्रामा रहेका ५२५ जना महिला र युवतीहरूको यहाँस्थित नेपाल भारत सीमाको जमुनाहा नाकाबाट उद्धार गरिएको छ ।
सहिद चोकस्थित कल्भर्टको पुन: निर्माण
गुल्मीको सदरमुकाम तम्घासको निकै व्यस्त देखिने सहिद चोकस्थित कल्भर्टको पुन: निर्माण गर्न थालिएको छ ।
मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
सोमबार बिहान सडक दुर्घटनामा परी रूपन्देहीका दुई जनाको मृत्यु भएको छ । रूपन्देहीको भैरहवा–परासी सडक खण्डमा रोहिणी गाउँपालिका वडा नम्बर ३, परासीझुवामा रोकिरहेको ट्रकमा मोटरसाइकल ठोक्किएको रूपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले बताउनुभयो ।
बाँकेमा शीतलहरबाट ३५ हजारभन्दा बढी परिवार प्रभावित हुने पूर्वानुमान
यस वर्ष बाँके जिल्लामा ३५ हजारभन्दा बढी परिवारका करिब एक लाख ८० हजार सर्वसाधारण शीतलहरबाट प्रभावित हुनसक्ने पूर्वानुमान गरिएको छ ।
पानीको अभावमा भारततर्फ गैँडा पलायन
बर्दिया राष्ट्रिय निकुञ्जमा रहेका एकसिङे गैँडालाई पानीको अभाव हुन थालेपछि भारततर्फ पस्ने क्रम बढेको छ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको खाता कोरिडोर हुँदै गैँडा भारत पस्न थालेका हुन् । नेपाल–भारत सीमाक्षेत्रमा पर्ने भारतीय कर्तनिया वन्यजन्तु आरक्षमा अहिले २० वटा गैँडा भएको पुष्टि भारतीय वन्यजन्तु आरक्षले गरेको छ भने नेपालतर्फको बर्दिया राष्ट्रिय निकुञ्जमा गैँडाको सङ्ख्या घट्दै गएको देखिन्छ ।
हापुरखोला पुल : म्याद सकिन लाग्दा कामै सुरु छैन
दाङको घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत हापुरखोलामा पुल निर्माणको ठेक्का लागेर म्याद सकिन करिब एक महिना मात्र बाँकी रहँदासमेत काम सुरु हुन सकेको छैन । विसं २०८२ पुसभित्र निर्माण सक्ने गरी २०७९ असार २९ गते ठेक्का सम्झौता भएको पुल अझै सुरु हुन नसकेको हो । घोराही र तुलसीपुर उपमहानगरपालिकाको सीमामा रहेको हापुरखोलामा १५० मिटर लम्बाइको चार लेन पुल निर्माणका लागि २७ करोड ८४ लाख ३१ हजार सात सय रुपियाँमा शर्मा सगुन जेभी रुपन्देहीसँग ठेक्का सम्झौता भएको थियो ।
डेढ वर्षसम्म भएन बाढीले क्षति पुर्याएको बबई पुल मर्मत
दाङको घोराही उपमहानगरपालिका–५ र ६ को सीमाका रूपमा रहेको बबई नदीको पुल बाढीले क्षति गरेको डेढ वर्षभन्दा बढी समय भइसक्दा पनि मर्मत हुन सकेको छैन ।
गगन समर्थक टिमको घोषणाले कांग्रेसको सरगर्मी बढ्यो
नेपाली कांग्रेसको आसन्न महाधिवेशनको प्रभाव स्वरूप पश्चिम नवलपरासीको राजनीतिमा ध्रुवीकरण तीव्र भएको छ । जिल्लाका पुराना नेताहरूबिच समीकरण परिवर्तन भएपछि जिल्लाको राजनीतिक सरगर्मी तातेको हो ।
आरन र काठको काम गर्ने २७ श्रमीक सम्मानित
गुल्मीको धुर्कोट गाउँपालिका–३ हाडहाडेका २७ जना श्रमीकलाई सम्मान गरिएको छ । वडा कार्यालयको नियमित कार्यक्रमअन्तर्गत लामो समयदेखि काठेकर्मी र आरन सञ्चालन गरेका श्रमीकहरुलाई सम्मान गरिएको धुर्कोट गाउँपालिका–३ हाडहाडेका वडाध्यक्ष पदम बिष्टले बताउनुभयो ।
रेसुङ्गामा ७३ लाखभन्दा बढी राजस्व सङ्कलन
गुल्मीको रेसुङ्गा नगरपालिकाले ७३ लाखभन्दा बढी राजस्व सङ्कलन गरेको छ । यस नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो चौमासिकसम्म आन्तरिक राजस्व ७३ लाख आठ हजार ११४ रुपियाँ ८६ पैसा सङ्कलन गरेको प्रमुख प्रशासकीय अधिकृत बाबुराम पल्लीले जानकारी दिनुभयो ।
रगत अभाव टार्न ५७ जनाले गरे रक्तदान
चिसोको मौसममा रगतको माग बढ्ने र रक्तदान गर्नेको संख्या घट्ने हुँदा रगतको अभावलाई टार्नका लागि नेपालगन्जस्थित प्रादेशिक रक्त सञ्चार केन्द्रले रक्तदानका लागि विभिन्न संघ संस्थासँग आग्रह गरेको छ ।
फरार चालक पक्राउको माग गर्दै प्रहरी कार्यालय घेराउ
उदयपुर जिल्लाको बेलका नगरपालिका वडा ३ स्थित नयाँ टोलको भित्री सडक खण्डको छेउमा वन टेष्ट ट्याकटरबाट खसेर एक युवकको मृत्यु भएपछि फरार भएका चालक विशाल पाण्डेलाई तत्काल पक्राउ गरी कानुनी कारवाहिको माग गर्दै पीडित परिवारको अगुवाईमा स्थानीय वासिन्दाले रामपुरस्थित ईलाका प्रहरी कार्यालय घेराउ गरेका हुन् ।
बाँकेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दी पक्राउ
जेनजी आन्दोलनका क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौबस्ता बाल सुधारगृहबाट भागेका ३८ जना बालबन्दीलाई पक्राउ गरिएको छ ।
शाश्वत आचार्य स्मृति पुरस्कारबाट गायक निर्मोहीसहित दुई साहित्यकार सम्मानित
यस वर्षको शाश्वत आचार्य स्मृति पुरस्कार मृगौला रोगबाट पिडित चर्चित लोकगायक कमल विक निर्मोही र दुई जना वरिष्ठ साहित्यकारसहित तीन जनालाई प्रदान गरिएको छ ।
म्याद सकिन एक महिना बाँकी हुँदा पनि सुरु भएन काम
दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत हापुरखोलामा पुल निर्माणको म्याद सकिन एक करिव एक महिना मात्र बाँकी रहदा समेत काम सुरु हुन सकेको छैन ।
राष्ट्रिय आवास कम्पनी कार्यालयमा काम ठप्पः सुरक्षाको माग गर्दै कर्मचारी आन्दोलनमा
पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनी योजना कार्यालयमा आइतबारदेखि सम्पूर्ण कामकारबाही ठप्प पारिएको छ ।
विपदबाट बनेका घरको दोस्रो र अन्तिम किस्ता पाउनै सकस
गुल्मीमा विपदबाट बनेका घरहरुको दोस्रो र अन्तिम किस्ता पाउनै सकस हुने गरेको पीडितहरुले गुनासो गर्दै आएका छन् ।
अस्पताल सञ्चालनमा समस्या
रूपन्देहीको सैनामैना नगरपालिकामा नगर अस्पताल बनेको दुई वर्ष भयो । आवश्यक जनशक्ति, उपकरण र आर्थिक अभावका कारण अस्पतालको सेवा प्रभावकारी हुन सकेको छैन ।
दर्ता बिना सञ्चालनमा रहेका क्लिनिक र मिठाइ पसल कारबाहीमा
पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–७, उजैनीमा दर्ता नगरी सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिक र मिष्ठान भण्डार कारबाहीमा परेका छन् ।
पाठेघर क्यान्सरको जोखिम : समस्या बल्झिएपछि उपचार खोज्दै आमाहरु
आमाहरुले समस्या बल्झिएपछि मात्रै पाठेघरको उपचार खोज्दै स्वास्थ्य संस्था आउँदा क्यान्सरको जोखिम बढेको छ । योे समस्याबाट ३० देखि ६० वर्षसम्मका आमाहरु बढी पीडित छन् ।
दाङको होटलमा अवैध हतियार पड्किँदा एक जना घाइते
दाङको लमहीस्थित एक होटलमा अवैध हतियार पड्किँदा एक जना सामान्य घाइते भएका छन् । घाइते हुनेमा होटल रोयल प्लेसमा कार्यरत १८ वर्षीय सिसम गौतम रहेको प्रहरीले जनाएको छ ।
एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता
जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।