• ८ फागुन २०८२, शुक्रबार

छत्रकोटमा आज शोक बिदा

blog

रमेश विश्वकर्मा 
गुल्मी, फागुन ८ गते।
गाउँसभा सदस्यको मृत्यु भएपछि गुल्मीको छत्रकोट गाउँपालिकाले आज (शुक्रबार) शोक बिदा दिएको छ। छत्रकोट गाउँपालिका वडा नम्बर – २ का वडा सदस्य तथा गाउँसभा सदस्य शेरबहादुर राकसकोटीको ७० वर्षको उमेरमा बिहीबार निधन भएपछि गाउँपालिकाले आज शोक बिदा दिएको प्रमुख प्रशासकीय अधिकृत राजन पाण्डेले जानकारी दिनुभएको छ।

प्रमुख प्रशासकीय पाण्डेका अनुसार गाउँपालिकाका लेखा समिति संयोजक समेत रहनुभएका राकसकोटीको असामयिक निधनले गाउँपालिका परिवार अत्यन्तै स्तब्ध भएको छ।

दिवंगत राकसकोटीप्रति श्रद्धाञ्जली अर्पणसँगै दुःख व्यक्त गर्दै आज शोक बिदा राखिएको उहाँले जाकारी दिनुभएको छ। छत्रकोट गाउँ कार्यपालिकाको कार्यालय तथा मातहतका सम्पूर्ण सरकारी कार्यालयमा शोक बिदा दिइएको हो।