नेपालगन्ज, फागुन ८ गते । विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाको आयोजनामा छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासमाथि विमर्श गरिएको छ ।
विश्व नेपाली साहित्य महासङ्घ नेपाल शाखाका सचिव प्याकुरेलको सहजीकरणमा सञ्चालित उक्त कार्यक्रममा छवि बैरागी घिमिरेद्वारा लिखित ‘विविशारा’ उपन्यासको समीक्षा गरिएको थियो । समीक्षाका क्रममा समीक्षक चरित्रा शाहले ‘विविशारा’ कृतिको चिरफार गर्दा अर्का समीक्षक पुष्कर रिजालले कृतिको विसङ्गति पक्ष र संरचनात्मक कोणबाट समीक्षा गर्नुभयो ।
सोही अवसरमा उपन्यासकार छवि बैरागी घिमिरेले उपन्यासलाई यथार्थपरक बनाउनका लागि गरिएका अभ्यास र उपन्यास लेख्दाका अनुभवसहित समीक्षकहरूले उठाएका विषयवस्तुमाथिको जिज्ञासा राख्नुभयो । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव सनत रेग्मी, प्राज्ञ महानन्द ढकाल, प्रलेस केन्द्रीय सचिव हरिप्रसाद तिमिल्सिना, लेखक नरेन्द्रजङ्ग पिटरलगायतका साहित्यिक अभियन्ताको कार्यक्रममा उपस्थिति थियो ।