शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौँ, जेठ ३ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा चार हजार ५०० र चाँदी ३३० ले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९४ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य पाँच हजार ६० कायम भएको छ ।
गत शुक्रबार एक तोला छापावाल सुन दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको चाँदी पाँच हजार ३९० मा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ५४० र त्यति नै परिमाणको चाँदी ७७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस