सेनाले बनायो शङ्कास्पद वस्तु निष्क्रिय
झापा कन्काई नगरपालिका वडा नं. ४ स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत माईखोला पुल नजिक शनिबार बिहान फेला परेको शङ्कास्पद वस्तुलाई नेपाली सेनाले निष्क्रिय पारेको छ ।
नेपालमा जलपक्षी गणना सुरु
नेपालमा बसाइसराई गरेर आउने हिउँदे आगन्तुक जलपक्षीको गणना सुरु भएको छ । राष्ट्रव्यापी रूपमा शनिबारबाट जलपक्षीको गणना सुरु भएको हो ।
कनकाई पुलमा शङ्कास्पद वस्तु फेला
झापाको कनकाई नगरपालिका ४ कनकाई पुलको पूर्वीभागमा बम जस्तो देखिने बस्तु फेलापरेपछि अहिले उक्त क्षेत्रलाई सिल गरेको छ ।
आएनन् अपेक्षित पर्यटक
विगतका वर्षको तुलनामा यस वर्ष अङ्ग्रेजी नयाँ वर्षका अवसरमा धनकुटाको भेडेटारमा आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या घटेको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षि
पर्यटन प्रवर्धनका लागि नीति निर्माणमा जुट्दै धनकुटा नगरपालिका
धनकुटा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माण गर्न पहल सुरुको छ । धनकुटा नगरपालिकाले नगरका सरोकारवालासँग राय सुझाव लिई पर्यटन नीति निर्माण गर्ने कामको थालनी गरेको हो ।
किरात संस्कृतिमा समर्पित इमानसिंह
पढ्दा ज्ञान पाइन्छ धर्म के हो, पाप के हो जानिन्छ, बुझिन्छ उज्यालो के हो, अँध्यारो के हो सभ्यता के हो, असभ्यता के हो
सहचालकसहित सात यात्रु सामान्य घाइते, छ जना उपचारपछि ‘डिस्चार्ज’
भद्रपुर विमानस्थलमा शुक्रबार राति ९ः१० बजे भएको बुद्ध एयरको विमान दुर्घटनामा चालक दलका एक जनासहित सात यात्रु घाइते भएका छन् ।
फालाइचामा ४.६ म्याग्निच्युडको भूकम्प
ताप्लेजुङ जिल्लाको फालाइचा आसपास केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको छ ।
प्रथम मानाभारा गोल्डकपः उपाधिका लागि माछापोखरी र लालीगुराँस भिड्दै
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजेनिममा जारी प्रथम मानाभारा गोल्डकपको उपाधिका लागि माछापोखरी हिटी क्लब चाँगे र लालीगुराँस स्र्पोटिङ युवा क्लब सुरुङ्खिमबिच प्रतिस्पर्धा हुने भएको छ ।
बुद्ध एयरको बिमान दुर्घटनाः सबै यात्रुको सकुशल उद्धार
झापाको चन्द्रगढी बिमानस्थलमा रनवेमा चिप्लिएर दुर्घटनाग्रस्त भएको बुद्ध एयरको विमानमा रहेका चालक दलका चार तथा सबै ५१ जना यात्रुको उद्धार कार्य सकिएको छ ।
दुर्घटनामा घाइते एकको मृत्यु
झापाको अर्जुनधारा नगरपालिका –६ महानन्द चोकमा मोटरसाइकल दुर्घटनामा घाइते अर्जुनधारा –६ निवासी ३० बर्षिय बुद्ध तामाङको उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो
भद्रपुर विमानस्थलमा अवतरणको क्रममा बुद्ध एयरको विमान रनवेमा चिप्लिएको छ । झापाको प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन लिम्बूका अनुसार विमान रनवेबाट करिब १८० मिटर बाहिर पुगेको छ ।
केबुलकार निर्माणविरुद्ध आन्दोलन
ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) मा निर्माण भइरहेको केबुलकार निर्माणको विरुद्धमा फेरि आन्दोलनको घोषणा गरिएको छ । शुक्रबार फुङलिङमा मुक्कुमलुङ तान्सेप फासिङ चुम्भो तथा मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले पत्रकार सम्मेलनको आयोजना गरी आन्दोलनको घोषणा गरेको हो ।
मालवाहक ट्रकले ठक्कर दिँदा एककाे मृत्यु
झापाको मेचीनगर ६ स्थित निर्माणाधीन एसियाली राजमार्गको पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी साहको मृत्यु भएको छ ।
संरक्षणको पर्खाइमा मोराहाङ दरबार
धनकुटाको साँगुरीगढी गाउँपालिका–१, स्थित बुढीमोरङमा रहेको प्राचीन मोराङ्गे भनेर चिनिने मोराहाङ राजासँग जोडिएका अवशेष संरक्षणविहीन हुँदा ओझेलमा परेको छ ।
यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी श्रेष्ठलाई
धनकुटाका सुमन श्रेष्ठ यू–१९ राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त हुनु भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले श्रेष्ठलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।
जङ्गली हात्ती गाउँमा पस्दा तीन घरमा क्षति
जङ्गली हात्तीको बथान गाउँ प्रवेश गर्दा जिल्लाको विभिन्न स्थानमा बिहीबार एकै दिन तीन वटा घरसहित लाखौँको अन्नबाली र भौतिक सम्पत्तिमा क्षति पुगेको छ ।
चिराइतोको मूल्यमा गिरावट आउँदा भोजपुरका किसान चिन्तित
लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।
अङ्ग्रेजी नयाँ वर्षमा भेडेटार भारतीय पर्यटकले भरी भराउ
अङ्ग्रेजी नयाँ वर्षमा धनकुटाको भेडेटार भारतीय पर्यटकले भरी भराउ भएको छ । नयाँ वर्षको अघिल्लो दिन डिसेम्बर ३१ वाटै भेडेटार आउन थालेका भारतीय पर्यटक जनावरी १ मा भने झन् खचाखच भएको छ ।
मानाभरा गोल्डकप : आज सेमिफाइनलका खेल
फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा शुक्रबार सेमिफाइनलका खेल सञ्चालन हुने भएको छ । आज सेमिफाइनलअन्तर्गतका दुई खेल सञ्चालन हुने भएको हो ।
ताप्लेजुङ गोल्डकपबाट पाँच लाख नाफा
लाखेजात्रा सञ्चालन समितिले खेलाएको तेस्रो संस्करणको ताप्लेजुङ गोल्डकपबाट पाँच लाख रुपियाँभन्दा बढी नाफा आर्जन गरेको छ ।
विद्यार्थी र ज्येष्ठ नागरिकालाई न्यानो कपडा
चिसो बढेसँगै धनकुटाको सहिदभूमि गाउँपालिकाले विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । पालिकाले बाल विकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई ऊनको स्विटर र टोपी वितरण गरेको हो ।
जननेता स्वर्गीय भण्डारीको घर पुनर्निर्माण गरिने
जननेता स्वर्गीय मदनकुमार भण्डारीको ताप्लेजुङस्थित जन्मघर पुनर्निर्माण तथा पार्क निर्माण गरिने भएको छ।
मानाभरा गोल्डकप : नवप्रयास युथ सेमिफाइनलमा
ताप्लेजुङ, पुस १७ गते । हाङ्देवाको नवप्रयास युथ क्लब फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिममा जारी मानाभरा गोल्डकपमा सेमिफाइनलमा प्रवेश गरेको छ ।