बिहारमा गोरखापत्रकर्मी भण्डारी सम्मानित
धनकुटामा रहेर विगत १२ वर्षदेखि राष्ट्रिय दैनिक गोरखापत्रमा कार्यरत पत्रकार कोकिला भण्डारी भारतको बिहार राज्यमा सम्मानित हुनुभएको छ ।
पैनीमा डुबेर एक जनाको मृत्यु
झापाको गौरादहमा छोरीको घरमा पाहुना आएका एक व्यक्तिको पैनीमा डुबेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार आइतबार अपराह्न गौरादह नगरपालिका–२, सिटिया टोलस्थित पैनीमा डुबेर ६० वर्षीय बाबुराम हस्दाको मृत्यु भएको हो ।
मोटरसाईकल दुर्घटनामा एकको मृत्यु
झापाको अर्जुनधारामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार बिहान .१०;३० बजे अर्जुनधारा ४ दहीझोडास्थित दुर्गापुर–खुदुनावारी सडकखण्डमा दुर्गापुरबाट जुकेखाडीतर्फ आउँदै गरेको मे.४ प ७१९६ नं को मोटरसाइकल. आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
बत्तिसे झरनामा झोलुङ्गे पुल : पर्यटक र स्थानीयमा उत्साह
पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र बत्तिसे झरनामा निर्माण गरिएको झोलुङ्गे पुल सञ्चालनमा आएको छ।
तमोर नदीको पुलको ट्रस जडान गर्न सुरु
आठ वर्षअघि निर्माण गर्न सुरु गरिएको निघुरादिनको लिम्बुनीस्थित तमोर नदीको मोटर गुड्ने (मोटरेवल) पुलको ट्रस जडान गर्न थालिएको छ । तमोर कोरिडोर सडकअन्तर्गत ताप्लेजुङको निघुरादिन र पाँचथरको अमरपुर जोड्ने तमोर नदीमा निर्माण गरिँदै आएको पुलको ट्रस जडान गर्न थालिएको हो ।
अक्षर लेख्न नसकेको भन्दै छात्रलाई निर्घात कुट्ने शिक्षिका पक्राउ
अङ्क र अक्षर लेख्न नसकेको भन्दै पाँच वर्षीय बालकलाई निर्घात कुटपिट गर्ने शिक्षिका सुमित्रा सेन्दाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पेन्टीभित्र ब्राउनसुगर लुकाएर ल्याउने पक्राउ
भारतबाट पेन्टीभित्र लागूऔषध लुकाएर ल्याउने एक युवक मेचीनगरबाट पक्राउ परेका छन् ।
अस्पतालका बिरामीलाई फलफूल वितरण
ताप्लेजुङमा ३३ औं मदन–आश्रित स्मृति दिवसको अवसरमा जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ । आइतबार स्मृति दिवसका अवसरमा नेकपा (एमाले) ताप्लेजुङले जिल्ला अस्पतालका बिरामीलाई फलफूल वितरण गरेको हो ।
वन ऐन संशोधनको तयारी
कोशी प्रदेश सरकारले वनक्षेत्रमा देखिएका व्यावहारिक जटिलता हटाउन र नयाँ राजस्वका क्षेत्र समेट्न ‘प्रदेश वन ऐन’ संशोधनको प्रक्रिया अघि बढाएको छ । विशेष गरी घरायसी प्रयोजनका लागि पुराना घर एक ठाउँबाट अर्को ठाउँमा सार्दा आइपर्ने कानुनी सास्ती हटाउन तथा घाटगद्दीमा थुप्रिएका काठलाई बिक्री गर्न सहज बनाउने गरी कानुन संशोधन गर्न लागिएको हो ।
बीउ बैंकमार्फत रैथाने बाली संरक्षणमा जुट्दै ‘षडानन्द’
षडानन्द नगरपालिकाले रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले बीउ बैंक स्थापना गरी प्रभावकारी अभियान सुरु गरेको छ । परम्परागत रूपमा खेती हुँदै आएका स्थानीय बाली हराउँदै जाने जोखिम बढ्दै गएपछि नगरपालिकाले दीर्घकालीन सोचसहित संरक्षण अभियान अघि बढाएको हो ।
अपाङ्गताले रोकेन उद्यमशीलता
सञ्जय दर्नाल मेरुदण्ड पक्षघातका कारण अपाङ्गता भएका हुनुहुन्छ । विराटनगरमा घर भएपछि दैनिक जीविकोपार्जनको विकल्प खोज्नु उहाँको बाध्यता थियो । पछिल्लो १६ वर्षयता दर्नालको दैनिकी सीमापार भारतीय बजार जोगबनी पुग्ने अनि ट्राइसाइकलमा सामान ल्याएर विराटनगरका पसलमा बिक्री गर्ने बन्यो । खाद्यान्नसहित माग अनुसारको सामान ल्याएर बिक्री गर्दा दैनिक एक हजार रुपियाँसम्म कमाइ हुन्थ्यो । शारीरिक अपाङ्गता भएका व्यक्तिका लागि भौतिक सीमितता पनि उत्तिकै जटिल कुरा हुन्थ्यो । सीमापारबाट सामान ल्याउने कार्य कानुनी थिएन, गैरकानुनी काम गर्न दिन सरकार सधैँ तयार भएन ।
पत्रकारिता पेसालाई सुरक्षित बनाउन ‘ज्येष्ठ पत्रकार पेन्सन कोष’ स्थापना
नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा खोटाङले ‘ज्येष्ठ पत्रकार निवृत्तिभरण कोष’ स्थापना गरेको छ ।
ताप्लेजुङको हिमाली गाउँ ग्याब्लामा लघु जलविद्युत् आयोजना निर्माण तीव्र
ताप्लेजुङको दुर्गम हिमाली गाउँ लेलेपको ग्याब्लामा नागपोखरी लघु जलविद्युत् आयोजनाको निर्माण कार्य हाल तीव्र रूपमा भइरहेको छ ।
‘विदेश जान्न, पुर्ख्यौली पेसालाई आधुनिक र व्यावसायिक बनाउँछु’
पछिल्लो समय युवाहरू रोजगारीका लागि खाडी मुलुकलगायत अन्य मुलुक गइरहेका बेला बेलबारी नगरपालिका–११, लक्ष्मीमार्गस्थित एक युवक भने स्वदेशमै पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै उदाहरणीय बनिरहुनुभएको छ ।
पाँचथरमा विद्युतको पोल भाँचिँदा दुई जना घाइते
पाँचथर–इलाम सिमानास्थित घुर्बिसे पञ्चमी बजारमा विद्युतको जीर्ण पोल भाँचिदा दुई जना घाइते भएका छन ।
साँघु स्वास्थ्य चौकीको दुई वटा भवन निर्माण
ताप्लेजुङको मैवा खोला गाउँपालिकास्थित साँघु स्वास्थ्य चौकीको दुई वटा भवन एकसाथ निर्माण गरिएको छ । गाउँपालिकाको आर्थिक स्रोतबाट साँघु स्वास्थ्य चौकीको दुईवटा भवन निर्माण गरिएको हो ।
लागुऔषध र फरार प्रतिवादी नियन्त्रणमा झापा प्रहरी सक्रिय, ४८२ जना पक्राउ
जिल्ला प्रहरी कार्यालय झापाले चालु आर्थिक वर्ष २०८२-०८३ मा लागुऔषध दुर्व्यसन तथा ओसारपसार नियन्त्रणमा उल्लेखनीय सफलता हासिल गरेको दाबी गरेको छ ।
झुम्का कारागारबाट फरार जबरजस्ती करणी मुद्दाका अभियुक्त पक्राउ
जिल्ला प्रहरी कार्यालय सुनसरीले फरार अभियुक्त पक्राउ अभियानलाई तीव्र बनाएको छ । यस क्रममा झुम्का कारागारबाट फरार भएका जबरजस्ती करणी मुद्दाका एक अभियुक्त पक्राउ परेका छन् ।
केबलकार विरोधी आन्दोलन फिर्ता लिन आग्रह
पाथीभरा देवी (मुकुम्लुङ) केबलकार आयोजनाको विरोधमा घोषणा गरिएका आन्दोलनका कार्यक्रम फिर्ता लिन केबुलकार निर्माण गर्नु पर्छ भन्ने पक्षले आग्रह गरेको छ ।
खरबुजासहित फलफूल र तरकारी खानयोग्य प्रमाणित
दमक नगरपालिकाले खरबुजासहित विभिन्न फलफूल तथा तरकारीमा प्रयोग भएको विषादीको परीक्षण गरेको छ । सामाजिक सञ्जालमा अत्यधिक विषादी प्रयोग भएको र बालबालिका बिरामी परेको जस्ता पोस्टहरू आउन थालेपछि वास्तविकता बुझ्न नमुना परीक्षण गरिएको नगरपालिकाले जनाएको छ ।
पतिको दीर्घायुका लागि बर्साइत पर्व धुमधामका साथ मनाइँदै
पतिको दीर्घायु तथा दाम्पत्य जीवनको सुख–समृद्धिको कामनासहित सुनसरीका महिलाले शनिबार बर्साइत (बटसावित्री) पर्व धुमधामका साथ मनाएका छन् । जिल्लाका विभिन्न स्थानमा महिलाहरूले सामूहिक रूपमा पर्व मनाइरहेका छन् ।
सुरक्षित सडकको पर्खाइमा जेफालेको पर्यटन
मोरङ जिल्ला भन्नासाथ आम नेपालीको मनमा समथर भूभाग, धान फल्ने फराकिला खेत र फाँटिलो तराईको चित्र उभिन्छ । तर यही जिल्लाको उत्तरी भेगमा यस्ता गाउँ पनि छन्, जहाँ अझै सहज सडक, स्वास्थ्य, शिक्षा र सुरक्षाको पहुँच पुग्न सकेको छैन ।
विपत घटनाका पीडितले पाए राहत
कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा विपत्जन्य घटनाबाट प्रभावित परिवारलाई ६१ लाख ६० हजार रुपियाँ राहत उपलब्ध गराएको छ । विपत्का विभिन्न घटनामा परी ज्यान गुमाएका र घरबासमा क्षति पुगेका १३५ पीडित परिवारलाई उक्त रकम वितरण गरिएको हो ।
हराउँदै राजा महेन्द्रले सिकार खेल्ने क्याम्प
सुनसरीको वराहक्षेत्र नगरपालिका–७ स्थित क्याम्प चौरीक्षेत्रमा रहेको ऐतिहासिक भग्नावशेष संरक्षणको अभावमा हराउँदै गएको छ । सप्तकोशी सामुदायिक वनभित्र रहेको उक्त स्थान तत्कालीन राजा महेन्द्रले सिकार खेल्न आ