ताप्लेजुङमा करदाता सेवा सुरु
ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट उक्त सेवा सुरु भएको हो ।
सुन्तलाले अड्यायो किसानको मन
‘यत्तिका राम्रो सुन्तला उत्पादन हुँदैनथ्यो भने बसाइ सरिसकेको हुन्थेँ, यसले दिने आम्दानी सम्झेर अडिएको छुँ’ पाँचथरको फाल्गुनन्द –७ का लिलाबल्लभ नेपाल (दुर्गा) ले भन्नुभयो ।
शितलहर र दुर्व्यसनसम्बन्धी कक्षा सञ्चालन
ताप्लेजुङमा सशस्त्र प्रहरीले एक विद्यालयमा शितलहर, हुस्सु र लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतनामुलक कक्षा सञ्चालन गरेको छ ।
विपद्मा काम गर्ने संस्था सम्मानित
गएको असोज १८ गतेको बाढीपहिरो र विपदपछि उत्पन्न असहज परिस्थितिमा उद्धार र राहतको कार्यमा सहयोग गरेको भन्दै जिल्ला प्रशासन कार्यालय इलामले जिल्लाका दश संस्थालाई सम्मान गरेको छ ।
ढुङ्गा लागेर मजदुरको मृत्यु
ताप्लेजुङमा ढुङ्गाले लागेर शुक्रबार एक मजदुरको मृत्यु भएको छ । प्रहरीका अनुसार फक्ताङ्लुङ गाउँपालिकास्थित तमोर –५ जलविद्युत आयोजनामा कार्यरत एक मजदुरको ढुङ्गा लागेर मृत्यु भएको हो ।
नेपाली सेनाले पदयात्रा र दौड प्रतियोगिता गर्ने
नेपाली सेनाले राष्ट्रि एकता दिवस तथा ३०४ औं पृथ्वी जयन्तीको अवसरमा पदयात्रा तथा दौड प्रतियोगिता गर्ने भएको छ ।
क्यान्सर पीडित बालकलाई ६५ हजार सहयोग
धनकुटा नगरपालिका –९ घर रहेका मुखको क्यान्सर पीडित आठ वर्षीय अभिषेक श्रेष्ठलाई निर्माण व्यवसायी संघ धनकुटाले आर्थिक सहयोग गरेको छ ।
कृषिलाई जीवनशैली बनाउने सपना
टाई–सुट लगाएर गाडी चढ्ने, सररर खेतबारी पुग्ने, त्यहीँ टाई–सुट फुकालेर काम गर्दा लगाउने पोशाक लगाउने, माटोसँग खेल्ने, पसिना बगाउने, अनि काम सकेर फेरि टाई–सुटमै फर्किएर होटलमा बसेर खाजा खाना खाने ।
युवाको सक्रियतामा राष्ट्रिय झन्डा
स्थानीय युवाले धनकुटाको छथरजोरपाटी गाउँपालिकास्थित सिधुवा बजारआसपासका क्षेत्रमा नेपाली राष्ट्रिय झन्डा स्थापना गरी निकै सुन्दर बनाएका छन् । परिवर्तनका लागि युवा नामक
अधुरै रह्यो सभागृह
कोशी प्रदेशकै उत्कृष्ट र नमुना बनाउने उद्देश्यले आठ वर्षअघि निर्माण सुरु भएको उदयपुरको सदरमुकाम गाईघाटस्थित ‘मदन भण्डारी सभागृह’ अझै सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीको ढिलासु
जङ्गली हात्तीको आतङ्क
उदयपुरमा जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । राति राति गाउँमा आउने र दिउँसो जङ्गलमा लुक्ने गरेको हात्तीको समूहले स्थानीयका दर्जनभन्दा बढी घर भत्काउने, अन्न खाइदिने र फलपूmल नष्ट पारिदिने गरेको हात्तीपीडितको भनाइ छ । छ वटा समूहमा रहेका र फरक फरक ठाउँबाट गाउँ पसेका हात्तीले त्रियुगा नगरपालिका–५, बेलचौरी; वडा नं. ६ को मोहनपुर तथा ७ को चकलघाट क्षेत्रमा ठुलो नो
मौलिक पहिचानको संरक्षण र संवर्धनमा तमु समुदाय
सुनसरीका तमु समुदायहरु आफ्नो मौलिक पहिचानको संरक्षण र संवर्धनमा लागि परेका छन् । बौद्ध धर्म मान्ने तमुहरु आफ्नो मौलिक पहिचानलाई जोगाइ राख्न तमु समुदायका अगुवाहरु लागि परेका हुन् ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा सभाहल बन्दै
नेपाली कांग्रेसका पूर्व सभापति, पूर्व प्रधानमन्त्री तथा २०६२/०६३ को संयुक्त जनआन्दोलनका कमाण्डर स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिमा झापाको गौरादह नगरपालिका–९, बैगुनधुरास्थित झमक चोकमा गिरिजाप्रसाद स्मृति प्रतिष्ठान सभाहल बन्ने भएको छ ।
पाथीभरामा सङ्कलित सुन तथा चाँदी फेरी लिलामीमा
पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदीको फेरी लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदीको लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको हो ।
इँटा उत्पादनमा सिन्डिकेट
भारतले कोइला निर्यातमा रोक लगाएपछि त्यसको प्रत्यक्ष असर नेपाली इँटा बजारमा देखिएको छ । कोइलाको अभाव टार्न उद्योगीहरू महँगो मूल्यमा अमेरिकी कोइला आयात गर्न बाध्य भएसँगै उत्पादन लागत बढेको छ । त्यसको सोझो भार उपभोक्ताको काँधमा पर्न गएको छ ।
ताप्लेजुङमा रोकिएन भालुको आतङ्क
ताप्लेजुङमा जङ्गली जनावर भालुले निरन्तर आतङ्क मच्चाइरहेको छ । जिल्ला सदरमुकामस्थित फुङ्लिङ नगरपालिकामा पछिल्लो दुई सातायता भेडाबाख्रा खानुका साथै आक्रमण गरेर भालुले निरन्तर आतङ्क मच्चाइरहेको हो ।
फिदिममा चासोक मेला
पाँचथरको फिदिममा चासोक मेला सुरु भएको छ । मौलिक संस्कार र सस्कृति जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्ष उधौली पर्वको सन्दर्भ पारेर लगाइने यो मेला विहीबारदेखि फिदिम ४ गडी क्षेत्रमा शुरु भएको हो ।
घरको रेलिङबाट खसेर बालकको मृत्यु
झापाको बिर्तामोडमा घरको रेलिङबाट खसेर एक बालकको मृत्यु भएको छ । एक साताअघि रेलिङबाट लडेर घाइते भएका बिर्तामोड वडा ४ आगमन टोल बस्ने रामकुमार कार्कीका छोरा ६ वर्षीय रियान्स कार्कीको उपचारका क्रममा हिजो साँझ (बुधवार राति) मृत्यु भएको हो ।
तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तमोर नदीमा मोटर गुड्ने काठको अस्थायी पुल निर्माण गरेको छ। यातायात सञ्चालनका लागि पक्की मोटरेवल (मोटर गुड्ने) पुल नभएका कारण गाउँपालिकाले तमोर नदीमा काठको अस्थायी पुल निर्माण गरेको हो।
फेमे खोलामा जोड्न थालियो बेलिब्रिज
बाढीले पुल बगाएको पाँचथरस्थित फिदिम, याङनाम, सिदिन फालौट सडकखण्डमा पर्ने फेमे खोलामा बेलिब्रिज जोड्न थालिएको छ।
मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी थापाको मृत्यु
मध्यराति विराटनगरमा भएको मोटरसाइकल दुर्घटनामा परी राष्ट्रिय क्रिकेट खेलाडी मिनष थापाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आउनुभएका २७ वर्षे थापा राति पौने १ बजेतिर दुर्घटनामा पर्नुभएको थियो ।
सिदिङ्वाको आफ्नै प्रतीक चिह्न
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले आफ्नो प्रतीक चिह्न (लोगो) बनाएको छ । स्थानीय तह स्थापना भएको करिव १० वर्षपछि गाउँपालिकाले आफ्नै लोगो बनाएको हो ।
केराबारी गाउँपालिका बन्यो करदाता सेवा दिने पहिलो स्थानीय तह
मोरङको केराबारी गाउँपालिका साबिकको करदाता सेवा कार्यालयले सेवा दिने पहिलो स्थानीय तह बनेको छ । अर्थ एवं सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री रामेश्वरप्रसाद खनालले बुधबार गाउँपालिकाको सभा हलमा आयोजित कार्यक्रममा सेवा शुभारम्भ गर्नुभयो ।
आगलागी हुँदा जलेर घर नष्ट
ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । फक्ताङ्लुङ गाउँपालिका–५ तापेथोकको लप्सेटारमा बुधबार साँझ आगलागी हुँदा एक घर जलेर पूर्णरुपमा नष्ट भएको हो ।