• ७ फागुन २०८२, बिहिबार

इलाममा नमुना मतदान सम्पन्न

blog

आज इलाम चोक बजारमा आयोजना गरिएको नमुना मतदान । तस्बिर : कोकिला ढकाल ।

कोकिला ढकाल

इलाम, फागुन ७ गते । आज प्रजातन्त्र दिवस र दशौं राष्ट्रिय निर्वाचन दिवसका अवसरमा इलाममा नमुना मतदान गरिएको छ । 

जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयको संयुक्त आयोजनामा सम्पन्न नमुना मतदानमा ८० जनाले मतदान गरेका थिए । मतदाताले प्रत्यक्ष र समानुुपातिक दुबैतर्फ मतदान गरेका थिए ।

नमुना मतदानमा अपाङता भएका व्यक्तिहरू, ज्येष्ठ नागरिकहरूलाई मतदानमा कसरी सहयोग गर्ने ? मतदानका समयमा विवाद आए कसरी समाधान गर्ने आदि कुराहरूको अभ्यास गराइएको थियो । मतदान पछि आउँदो फागुन २१ को निर्वाचनलाई लक्षित गरेर नमुना मतदानमा मतदाता, प्रहरी परिचालन, राजनीतिक दलका प्रतिनिधि व्यवस्थापन, निर्वाचन कर्मचारीहरूको परिचालनको नमुना अभ्यास गराइएको जिल्ला निर्वाचन अधिकारी देवीचरण फुुयाँलले बताउनुुभयो ।