सुरु भयो म्याग्दीमा मह काढ्ने सिजन
हिमाली जिल्ला म्याग्दीका अग्ला र अप्ठ्यारा भीरहरूमा हुने भीर माहुरीको मह सिकार गर्ने सिजन सुरु भएको छ । उच्च पहाडी क्षेत्रका तल्लो भेकमा महसिकार गर्ने समय सुरु भएको भए पनि माथिल्लो भेकमा भने अझै पनि सिकार गर्ने समय सुरु नभएको सिकारीको भनाइ छ ।
‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक
नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा पर्ने ‘मुन्दुम ट्रेल’ पदमार्गमा यतिबेला थरिथरिका गुराँस फुलेका छन् । मुन्दुम ट्रेल आसपासका एउटै वन तथा पाखामा विभिन्न रङ र प्रजातिका गुराँस ढकमक्क फुलेको देख्दा त्यहाँ पुग्ने जो कोही पनि लोभिन्छन् । मुन्दुम ट्रेल आसपासका हरिया वन तथा घाँसेमैदान क्षेत्रमा ढकमक्क भएर फुलेका गुराँसको रातो, सेतो र गुलाबी रङ मिसिँदा देखिने दृश्यले जो कोहीको मनलाई मोहित बनाउने गरेको छ ।
बन्दीपुरमा गाउँ पर्यटन मेला, गण्डकीको संस्कृति एकै थलोमा
पर्यटकीय नगरी तनहुँको बन्दीपुरमा आज शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा बढी सामुदायिक होमस्टेका प्रतिनिधि तथा कलाकारहरू आ–आफ्ना जिल्लाका मौलिक पहिचान, संस्कृति र रैथाने स्वादसहित बन्दीपुर पुगेपछि यहाँको पर्यटकीय रौनक बढेको छ ।
आन्तरिक र बाह्य पर्यटकले भरिभराउ सुकुटे
सरकारले लागु गरेको शनिबार र आइतबारको बिदाका कारण चौतारा साँगाचोकगढी नगरपालिका–१० स्थित सुकुटे क्षेत्रका रिसोर्टहरू आन्तरिक तथा बाह्य पर्यटकले भरिभराउ हुन थालेका छन् । सुकुटे क्षेत्रमा सुविधासम्पन्न १८ वटा रिसोर्ट तथा होटलहरू रहेका छन् ।
पर्यटकको मुख्य गन्तव्य ‘रेसुङ्गा पार्क’
गुल्मीको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीय स्थल रेसुङ्गा क्षेत्रको गर्जुरास्थित ‘रेसुङ्गा पार्क’ आन्तरिक पर्यटकको आकर्षणसँगै मुख्य गन्तव्य बनेको छ।
आरोहण सुरु नहुँदै सिजन सकिने चिन्ता
आरोहण सुरु नहुँदै सिजन सकिने चिन्ताबिच सगरमाथा, ल्होत्से र नुप्त्से आरोहणका लागि बाटो बनाउने काम अघि बढेको छ । यस वर्ष सगरमाथा आधार शिविरदेखि पहिलो आधार शिविर पुग्ने बाटोमा पर्ने खुम्बु आइसफल क्षेत्रमा हिउँको ठुलो थुप्रो (सेराक) ले पु¥याएको बाधा र जोखिमबिच तीन साता ढिलो गरी बाटो खोल्ने कामले सफलता पाएको हो । पर्यटन विभागका अनुसार खुम्बु आइसफल क्षेत्रमा अवरोधका रूपमा उभिएको एक सय मिटर अग्लो हिउँको ढिस्कोको छेउ किनाराबाट वैकल्पिक बाटो पहिल्याउँदै अनुभवी शेर्पा (आइसफल डक्टर) को टोली अवरोध छिचोलेर उकालो लागेको छ ।
मनास्लु क्षेत्रमा पुगे १५ हजार पर्यटक
प्रसिद्ध पर्यटकीय क्षेत्र मनास्लुमा अहिलेसम्मकै धेरै पर्यटक पुगेका छन् । यस क्षेत्रको व्यवस्थापनको जिम्मा लिएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप)का अनुसार गत वर्ष २०८२ मा करिब १५ हजार जना पर्यटकले सो क्षेत्रको भ्रमण गरेका हुन् ।
रायरायँकोटमा पर्यटकीय संरचना बनेपछि चहलपहल बढ्यो
बागलुङ नगरपालिका–७ स्थित रायरायँकोटमा पर्यटकीय संरचना निर्माण भएपछि चहलपहल बढ्न थालेको छ । कुनै समय गैरागाउँ, तितौरे, बाटुले, तंग्राम, मुल्पानी, तित्याङ र मालिकाबासीले पूज्ने रायरायँकोट अहिले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
जनकपुरधाम धार्मिक पर्यटन केन्द्र बन्दै
मैथिली भाषाको कर्णप्रिय गीत “याह छी हमर जनकपुर, यी जनकक गाम जनकपुर...” प्रायः बिहान सबेरै जनकपुरधाम क्षेत्रमा गुन्जिने गर्दछ, जसले यहाँको सांस्कृतिक जीवन्तता झल्काउँछ ।
पर्यटकको पर्खाइमा थोरङ फेदी
समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हँुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्ने गर्छन् ।