मनास्लु क्षेत्रमा विदेशी पर्यटकको चहलपहल
चिसो मौसम सुरु भएसँगै देशका धेरै पर्यटकीय गन्तव्य सुनसान बन्दै गएका बेला विश्वप्रख्यात उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु संरक्षण क्षेत्रमा भने विदेशी पर्यटकको चहलपहल बढेको छ ।
खोलामा जमेको बरफ
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका-३ स्थित छोनुप गाउँ नजिक बगिरहेको खोलामा जमेको बरफ र आसपासका क्षेत्र ।
‘चुनपहरा चट्टान’ आरोहण प्रशिक्षण केन्द्र
पृथ्वी राजमार्गको मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा अचेल आरोहण गर्नेहरुको चहलपहल देखिन्छ ।
कोशी–गण्डकी पर्यटनमा सहकार्य
गण्डकी र कोशी प्रदेशबिच पर्यटन प्रवर्धनमा आपसी सहकार्य गर्ने समझदारी भएको छ । पर्यटन राजधानी पोखरामा सोमबार आयोजित कार्यक्रममा दुई प्रदेशले पर्यटन विकास, पूर्वाधार निर्माण, पहुँच विस्तार र संस्थागत सहकार्यलाई सुदृढ बनाउने लक्ष्यसहित सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
टिटी तालमा पर्यटकको चहलपहल
समुद्री सतहदेखि करिब २ हजार ६२९ मिटर उचाइमा अवस्थित मुस्ताङको थासाङ गाउँपालिका–५ मा स्थित टिटी तालमा पर्यटकको चहलपहल ।
छोमाछो ताल र निलगिरि हिमाल
मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित समुद्री सतह देखि ३ हजार ४५० मिटर उचाइमा अवस्थित छोमाछो 'आमा' ताल र पृष्ठभूमिमा निलगिरि हिमाल ।
चिसो बढेसँगै मुस्ताङमा पर्यटक आगमन घट्यो
हिउँदयामको अत्यधिक चिसो बढेसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङमा पर्यटकीय रौनक घट्दै जान थालेको छ । अत्यधिक चिसो बढेसँगै सदरमुकाम जोमसोमका होटललगायत यहाँका राष्ट्रिय राजमार्गमा सञ्चालित होटल सुनसान हुन थालेका छन् ।
पर्यटन प्रवर्धनका लागि होटल व्यवसायीसँग सहकार्य
गुल्मीमा पर्यटन प्रवर्धनका लागि होटल व्यवसायीसँग सहकार्य थालिएको छ।
कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ भुवानीपानी देउरालीबाट देखिएको कालापत्थरमा परिणत भएको नीलगिरि हिमाल ।
पर्यटक आगमनले समातेन लय
नेपाल भ्रमणमा आउने विदेशी पर्यटक बर्सेनि बढ्दै गए पनि कोरोना महामारीअघिको अवस्थामा भने अझै पुग्न सकेको छैन । पछिल्लो पाँच वर्षको तथ्याङ्कले पर्यटन पूर्वाधारको विकास, पर्यटकीय गन्तव्यको प्रचारप्रसार, अन्तर्राष्ट्रिय स्रोत बजारमा नेपाल प्रवर्धन र पर्यटन विकासका दीर्घकालीन नीति तय नहुँदा कोरोना महामारीपछि अपेक्षित पर्यटक नेपाल भित्रिन नसकेको देखाएको छ ।
सङ्ग्रहालयको वार्षिक आम्दानी करोडभन्दा बढी
बागलुङ नगरपालिका –४ कुँडुले फेदीस्थित रङ्गवैंकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम सङ्ग्रहालयले एक करोडभन्दा बढी आम्दानी गरेको छ ।
म्याग्दीको मलम्पार गाउँ
म्याग्दीको धवलागिरी गाउँपालिका–५ स्थित भिरालो पाखोमा रहेको मलम्पार गाउँ । छन्त्याल समुदायको बाहुल्य बसोबास रहेको यस गाउँमा सडकको पहुँच पुगेपछि स्थानीयलाई सहज भएको छ ।
कञ्चनजङ्घा आधार शिविर सुनसान
ताप्लेजुङस्थित नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजङ्घाको आधार शिविर क्षेत्र अहिले सुनसान बनेको छ । अहिलेको पर्यटकीय मौसमअर्थात् भ्रमण गर्ने याम सकिएसँगै कञ्चनजङ्घा आधार शिविर क्षेत्र सुनसान बनेको हो ।
संरक्षणको पर्खाइमा पर्यटकीय स्थल ‘देवीदह’
लहान नगरपालिकाको सहरी क्षेत्रसँग नजिक रहेको पर्यटकीय स्थल देवीदह संरक्षणको अभावमा ओझेलमा पर्न थालेको भन्दै स्थानीयवासीले गुनासो गरेका छन् ।
हिउँ परेपछि पदयात्रीलाई सकस
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गत पाक्लिङ, फल्याक हुँदै साङ्ता गाउँ र डोल्पाको छार्का ताङसोङ गाउँपालिकासम्मको भूभागमा हिउँ परेकाले यहाँका स्थानीयवासीलाई आवतजावत गर्न समस्या भएको छ ।
पर्यटकीय गन्तव्य बन्यो कालु पाँडे पार्क
नेपालको ऐतिहासिक स्थलका रूपमा परिचित चन्द्रागिरिको काजी कालु पाँडे पार्कसहित आसपासको क्षेत्र रमणीय बन्दै गएको छ । काठमाडौँ उपत्यकाको धुवाँधुलोसहितको प्रदूषणबाट थोरै टाढाको यो क्षेत्र अहिले आन्तरिक तथा बाह्य पर्यटनको राम्रो थलो बनेको हो ।
पर्यकीय क्षेत्रमा लगानी गर्ने उद्योगी व्यवसायीको योजना
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्व अध्यक्षहरूले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङमा लगानी बढाउने सङ्केत गर्नु भएको छ ।
एक वर्षमै साढे छ लाख पर्यटकले गरे बन्दीपुर भ्रमण
तनहुँको पर्यटकीय नगरी बन्दीपुरले पर्यटन क्षेत्रमा नयाँ कीर्तिमान कायम गरेको छ । बन्दीपुरको प्राकृतिक सौन्दर्य र मौलिक सम्पदालाई विश्वसामु चिनाउने उद्देश्यले सञ्चालित अभियानका कारण एक वर्षको अवधिमा ६ लाख ३५ हजार स्वदेशी तथा विदेशी पर्यटकले बन्दीपुरको भ्रमण गरेका छन् ।
विदेशी पर्यटकको ८० प्रतिशतभन्दा बढी भारतीय धार्मिक तिर्थालु
सन् २०२५ मा मुस्ताङमा एक लाख भारतीय धार्मिक पर्यटक पुगेका छन् । हिन्दु धर्मालम्बीहरूको आस्थाको केन्द्र प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको दर्शनका लागि भारतीय पर्यटकको सङ्ख्या उत्साहजनक रुपमा बढेको छ ।
पर्यटन प्रवर्धनका लागि नीति निर्माणमा जुट्दै धनकुटा नगरपालिका
धनकुटा नगरपालिकाले पर्यटन प्रवर्धनका लागि पर्यटन नीति निर्माण गर्न पहल सुरुको छ । धनकुटा नगरपालिकाले नगरका सरोकारवालासँग राय सुझाव लिई पर्यटन नीति निर्माण गर्ने कामको थालनी गरेको हो ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा तीन लाख पर्यटक
अन्नपूर्ण संरक्षण क्षेत्रमा यस वर्ष पर्यटक आगमनले नयाँ इतिहास रचेको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सन् २०२५ मा कुल दुई लाख ९९ हजार आठ सय ३० जना पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका छन् ।
उपल्लो मुस्ताङमा भ्रमण गर्ने विदेशी पर्यटक घटे
उपल्लो मुस्ताङमा सन् २०२४ को तुलनामा विदेशी पर्यटक घटेका छन् । यसवर्ष अक्टोबरमा उपल्लो क्षेत्रको भ्रमण गर्ने तयारीमा रहेका विदेशी पर्यटक जेनजी आन्दोलन तथा जेलबाट कैदीबन्दी भागेपछि असुरक्षित महसुस गर्दै बुकिङ रद्द गरेकाले पर्यटकको आगमनमा कमी आएको हो ।
एक वर्षमा १५ हजार विदेशी पर्यटकले गरे मनास्लु भ्रमण
सन् २०२५ भरि १५ हजार विदेशी पर्यटकले मनास्लु क्षेत्रको अवलोकन भ्रमण गरेका छन् । बेमौसमी बाढीपहिरो, हिमपात र जेनजी आन्दोलनका बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।
अङ्ग्रेजी नयाँ वर्षमा भेडेटार भारतीय पर्यटकले भरी भराउ
अङ्ग्रेजी नयाँ वर्षमा धनकुटाको भेडेटार भारतीय पर्यटकले भरी भराउ भएको छ । नयाँ वर्षको अघिल्लो दिन डिसेम्बर ३१ वाटै भेडेटार आउन थालेका भारतीय पर्यटक जनावरी १ मा भने झन् खचाखच भएको छ ।