शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
हरिकृष्ण ऐडी
मुगु, वैशाख २ गते । कर्णाली प्रदेशको मुगु जिल्लास्थित राराताल मुलुककै पर्यटनको मुख्य आकर्षण गन्तब्य हो ।
अहिले नयाँ वर्षको अवसर पारेर देशकै प्रमुख पर्यटकीय गन्तव्य रारातालमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल निकै बढेको छ।
नयाँ वर्ष लागे सँगै हवाई र सडकमार्गबाट रारा आउने पर्यटकको संख्या बढेको हो । राराको मिली, हुटु क्षेत्रका चौरहरुमा आन्तरिक पर्यटकले भरिभराउ हुन थालेको रारा राष्ट्रिय निकुञ्जका कर्मचारी ऋृषीकेस यादवले जानकारी दिनुभयो।
‘‘मिलीचौर, सल्लेरी, ताल्चलगायत गाउँमा पर्यटकको घुइँचो लाग्न थालेको छ । उहाँले भन्नुभयो, ‘‘छिमेकी जिल्ला जुम्ला, काठमाडौँ, चितोवन, पोखरा, विराटनगर,नेपालगन्जलगायत ठाउँबाट समूहमा रारा घुम्न आउने बढिरहेका छन्प । र्यटक बढेपछि यहाँ हटर र बासको समस्या हुन थालेको छ।’’