ठाकुरप्रसाद आचार्य
म्याग्दी, कात्तिक २ गते । धौलागिरी चक्रीय पदमार्गमा पदयात्राका क्रममा हराएका पर्यटक र पथप्रर्दशक २४ घण्टापछि भेटिएका छन् ।
म्याग्दीको धवलागिरी गाउँपालिका ४ मुदीमा रहेको चार हजार सात सय पचास मिटर अग्लो धवलागिरी हिमालको आधार शिविरदेखि मुस्ताङको थासाङ गाउँपालिका, १ मा पर्ने थम्पुस पिक जाने क्रममा उनीहरु हराएका थिए ।
शुक्रबार रातिदेखि हराएका एक जना नेपाली पथप्रर्दशक र एक जना जर्मनका पर्यटक शनिबार राति सम्पर्कमा आएको मुस्ताङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जर्मनी नागरिक ३२ वर्षीय दामिनो डेल्फाप्लो र पथप्रर्दशक नेपालका मिमा शेर्पा शनिबार राति ९ बजे घरपझोङ गाउँपालिका–३ स्याङमा आइपुगेका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताउनुभयो ।
सेभेन समिट ट्रेकिङमार्फत पदयात्रामा आएका उनीहरू रातिको समयमा बाटो बिराएर हराएका उनीहरुको खोजी गरिएको थियो । पदयात्रा गर्दै मार्फा निस्कनुपर्नेमा जङ्गलको बाटो भएर स्याङमा उनीहरु निस्किएका हुन । खोजीका लागि ट्रेकिङ कम्पनीले हेलिकोप्टर समेत परिचालन गरेको थियो । भेटिएका पर्यटक र पथप्रर्दशकहरुको स्वास्थ्य अवस्था सामान्य रहेको कम्पनीले जनाएको छ ।