कर्णालीमा महिला मृत फेला
बाजुरामा एक जना महिला मृत फेला पर्नुभएको छ । मृत हुनेमा जिल्लाको जगन्नाथ गाउँपालिका–५ का ३५ वर्षीया लालचुला बुढा शाही मृत फेला पर्नुभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
भिजिट भिसामा विदेश पठाउने थापाविरुद्ध ३० लाखको भ्रष्टाचार मुद्दा
डीएमसी ट्राभल्स प्रालि पोखराका तत्कालीन मार्केटिङ अफिसर दिपक थापाविरुद्ध ३० लाख २० हजार रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।
सामुदायिक कुकुरको बन्ध्याकरण
नेपालगन्जमा कुकुरहरूको सङ्ख्या वृद्धि हुँदै गएको र ती कुकुरका कारण रेबिजको जोखिम पनि उत्तिकै बढ्दै गएकाले नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक कुकुरको बन्ध्याकरण शिबिर सञ्चालन गरेर २८१ वटा कुकुरको बन्ध्याकरण गरिएको छ ।
सिंहदरबारमा मन्त्रीपरिषद् बैठक सुरु
प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रीपरिषद बैठक सुरु भएको छ। प्रधानमन्त्री शाहको निजी सचिवालयका अनुसार दिउँसो ४ बजेका लागि बोलाएको बैठक केही ढिलागरी सुरु भएको हो ।
अफ्रिका महादेशमा सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा
अफ्रिका रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सिडिसी) सङ्गो लोकतान्त्रिक गणतन्त्र (डिआरसी) र युगान्डामा बढ्दो पछिल्लो इबोला प्रकोपलाई लिएर महादेश स्तरको लागि सार्वजनिक स्वास्थ्य आपतकालको घोषणा गरेको छ ।
फ्लोटिलामा भएको इजरायली आक्रमणको चौतर्फी निन्दा
विश्वव्यापी समुद्र फ्लोटिलामा भएको पछिल्लो इजरायली आक्रमणको इन्डोनेसियासहित विभिन्न दश देशका विदेशमन्त्रीले निन्दा गरेका छन् । इन्डोनेसियाको विदेश मन्त्रालयको समाजिक सञ्जाल एक्समार्फत विज्ञप्ति जारी गरि निन्दा गरेको बताएको हो ।
दीर्घकालीन असर पर्ने निर्णय नगर्न मन्त्री पोखरेलको निर्देशन
विभिन्न विश्वविद्यालयमा सङ्क्रमणकालका लागि उपकुलपतिको कामकाज गर्नेगरी जिम्मेवारी दिइएका प्राध्यापकहरूसँग विश्वविद्यालयको कामकाज र योजनाबारे अन्तरक्रिया सम्पन्न भएको छ।
संसदीय समितिबाट प्रधानन्यायाधीशमा डा. मनोज शर्माको नाम सर्वसम्मत अनुमोदन
प्रधानन्यायाधीशका रूपमा डा. मनोज शर्माको नाम संसदीय समितिबाट सर्वसम्मत अनुमोदन भएको छ । मङ्गलबार संसदीय सुनुवाइपछि समितिबाट उहाँको नाम सर्वसम्मत अनुमोदन भएको हो ।
कङ्गोमा इबोला बढ्दो प्रकोपबारे डब्ल्यूएचओ चिन्तित
विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले कङ्गो लोकतान्त्रिक गणतन्त्रमा फैलिएको इबोला प्रकोप बारे चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले पछिल्लो समयमा युगान्डामासमेत फैलिरएको इबोला प्रकोपका कारणले १३१ जनाको मृत्यु भएको बताउनुभएको छ ।
ट्रम्पको अल्टिमेटमपछि दबाबमा इयू
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कडा भन्सार शुल्क लगाउने चेतावनी दिएपछि युरोपेली सङ्घ (इयू) अमेरिका-इयू व्यापार सम्झौतालाई अन्तिम रूप दिन तीव्र दबाबमा परेको छ ।
आफूविरुद्धको रिट रोक्न दबाब दिएको छैन, न्याय प्रशासन स्वतन्त्र छ: प्रस्तावित प्रधानन्यायाधीश शर्मा
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले आफ्नो सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट दर्ता नगर्न आफूले दबाब नदिएको स्पष्टीकरण दिनुभएको छ ।
पोषणमैत्री स्वास्थ्य संस्था निर्माण गर्न माग
प्रदेश जनस्वास्थ्य कार्यालय चामे, मनाङको स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत “पोषणमैत्री स्वास्थ्य संस्थासम्बन्धी स्थानीय तह अभिमुखीकरण” कार्यक्रम सम्पन्न भएको छ ।
एनसेलको कर दायित्वका विषयमा कानुनी र संवैधानिक व्याख्याका आधारमा निर्णयः प्रस्तावित प्रधानन्यायाधीश
प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले एनसेलको कर विवादमा सर्वोच्च अदालतबाट भएको फैसला र आगामी दिनमा चालिने न्यायिक सुधारका कदमबारे आफ्नो धारणा स्पष्ट पार्नुभएको छ ।
नयाँ आइटी पाठ्यक्रम तयार हुँदै
बजारको माग अनुसार सूचना प्रविधि क्षेत्रको जनशक्ति उत्पादन गर्न सघाउ पुर्याउने पाठ्यक्रम निर्माणसम्बन्धी बहस सुरु भएको छ ।
सेनाले कुम्मायकमा बृहत् स्वास्थ्य शिविर चलाउने
पाँचथर जिल्लाको कुम्मायक गाउँपालिकामा नेपाली सेनाले स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । जेठ १३ र १४ सञ्चालन हुने शिविर निःशुल्क हुनेछ ।
सहकारीका साना बचतकर्ताको निक्षेप फिर्ता प्राथमिकतामा
सरकारले समस्याग्रस्त सहकारीका साना बचतकर्ताको निक्षेप फिर्तालाई प्राथमिकतामा राखेको छ ।
टीकापुरमा सिकलसेल केन्द्र स्थापना
टीकापुर नगरपालिकाले सिकलसेलका बिरामीलाई लक्षित गरी सिकलसेल केन्द्र स्थापना गरेको छ । हरेक वडामा आधारभूत स्वास्थ्य पु¥याउने सरकारको लक्ष्यअनुसार नौवटै वडामा स्वास्थ्य केन्द्र स्थापना भए पनि ठुलो जनसङ्ख्या भएको वडा १ का नागरिकलाई उपचार र सिकलसेलका बिरामीलाई लक्षित गरी एघारौं स्वास्थ्य संस्था खोलेको हो ।
काभा महिला भलिबल : कजाकिस्तान टोली नेपाल आइपुग्यो
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको कभर्डहल कोर्टमा जेठ ८ देखि १५ गतेसम्म हुने काभा महिला भलिबल च्याम्पियनसिप खेल्न कजाकिस्तान टोली मङ्गलबार काठमाडौँ आइपुगेको छ ।
लागुऔषध र आत्महत्याको डरलाग्दो अवस्था
कैलालीमा लागुऔषध र आत्महत्या घटनाको आँकडा डरलाग्दो देखिएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले यस्तो घटना धेरै घटिरहेको देखाएको हो ।
मुक्त घोषित कृषि बँधुवा मजदुरलगायतका पुनःस्थापना निष्कर्षमा पुर्याउन आग्रह
विगतमा कृषि बँधुवा मजदुरका रूपमा रहेका मुक्तकमैया, हलिया, कम्लरी र हरवाचरवाको न्यायोचित पुनःस्थापना तत्काल निष्कर्षमा पुर्याउन सरकारसँग आग्रह गरिएको छ ।
स्वास्थ्य बिमामा देखिएको अनियमितता र दुरुपयोग रोक्दैछौँः स्वास्थ्यसचिव देवकोटा
स्वास्थ्यसचिव विकास देवकोटाले स्वास्थ्य बिमामा देखिएको अनियमितता र दुरुपयोग रोक्ने गरी गृहकार्य अघि बढाइएको बताउनुभएको छ ।
लागुऔषध प्रयोगले मानसिक समस्या
पछिल्लो समय बढ्दो लागुऔषध दुर्व्यसनका कारण मानसिक र पारिवारिक समस्या पनि बढिरहेको एक कार्यक्रमका सहभागीहरूले वताएका छन् । मंगलबार राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरको आयोजनामा भएको मानसिक स्वास्थ्य प्रवर्धनका लागि योग ध्यान कार्यक्रममा बोल्ने बक्ताहरूले सो कुरा बताएका हुन् ।
फिफा विश्वकप : नेयमारलाई समेट्दै ब्राजिल टोलीको घोषणा
प्रशिक्षक कार्लो एन्सोलोटीले अनुभवी स्ट्राइकर नेयमारलाई समेट्दै सोमबार राति खेलाडी टोलीको घोषणा गर्नुभएको हो । ३४ वर्षीय चोटका कारण पछिल्लो समय मैदान बाहिर रहँदै आउनुभएको थियो ।
गलकोटको रमुवामा भिर मौरीको मह सिकार
गल्कोट नगरपालिका-१०, पाण्डवखानीको रमुवामा भिर मौरीको मह सिकार गरिएको छ । स्थानीय कला, संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवर्धन गर्ने उद्देश्यले रमुवामा आयोजित मह महोत्सवमा भिर मौरीको मह सिकार गरिएको हो ।