काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ ।
‘भाइरल’ बन्नुभन्दा टिकिरहन गाह्रो : अभिनेता सौगात मल्ल
अभिनेता सौगात मल्लले आगामी माघ १ गतेदेखि नेपालभर प्रदर्शन हुने चलचित्र ‘भाइरल गोर्खे’ को विषय सामाजिक सञ्जालसँग जोडेर तयार गरिएको बताउनुभएको छ।
राष्ट्रपतिसँग अमेरिकी राजदूतको बिदाइ भेट
राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डीन आर. थम्सनले आज राष्ट्रपति भवनमा बिदाइ भेट गर्नुभएको छ ।
बहुउद्देश्यीय खेल मैदान निर्माण हुने
हेटौँडामा बहुउद्देश्यीय खेल मैदान निर्माणको तयारी थालिएको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यलयको पूर्वी क्षेत्र रहेको उपयोगविहीन अवस्थामा रहेको जग्गालाई बहुउद्देश्यीय खेल मैदानको रुपमा विकास गर्न लागिएको हो ।
राप्तीको आठौँ अधिवेशन सुरु, तीन विधेयक पेश
दाङको राप्ती गाउँपालिकाको दोस्रो गाउँसभाको आठौँ अधिवेशन सुरु भएको छ । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १९ तथा लुम्बिनी प्रदेशको गाउँ सभा–नगर सभाको (कार्य सञ्चालन) कार्यविधि ऐन, २०७६ को दफा ३ (१) बमोजिम विहीबारदेखि गाउँपालिका अधिवेशन सुरु भएको हो ।
जीवन शर्मा एकल साँझमा गुञ्जने
जिल्लामा हुने जनवादी गायक जीवन शर्माको एकल साँस्कृतिक साँझका लागि आवश्यक तयारी सुरु गरिएको छ ।
नमूना मतपत्र छपाइ सुरु
समानुपातिक निर्वाचन प्रणालीका लागि जनक शिक्षा सामग्री लिमिटेड भक्तपुरमा नमूना मतपत्र छाप्न थालिएको हो ।
पोखरेलसहित ओखलढुङ्गाबाट पाँच जना सिफारिस
आगामी प्रतिनिधिसभा निर्वाचनका लागि ओखलढुङ्गाबाट नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित पाँच जनाको नाम उम्मेदवारका रूपमा केन्द्रमा सिफारिस गरेको छ ।
हिटर, गिजर र न्यानो लुगाको बिक्री बढ्यो
यस वर्ष पुसको सुरुवातबाटै अत्यधिक बढेको जाडोले गर्दा नेपालगन्जमा हिटर, गिजरसहित कम्बल लगायतका न्यानो कपडाको बिक्री बढेको स्थानीय ब्यवसायीहरुले जनाएका छन् ।
बङ्गलादेश-पाकिस्तान प्रत्यक्ष उडान पुनः सुरु
बङ्गलादेश र पाकिस्तानबिच १४ वर्षपछि प्रत्यक्ष हवाई सेवा पुनः सुरु हुने भएको छ ।
“साल्ट लेक सिटी”मा गोली चल्दा दुई जनाको मृत्यु, अन्य घाइते
उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ ।
रेसुङ्गाको १८ औं नगरसभा सुरु
रेसुङ्गा नगरपालिकाको १८ औं नगरसभा सुरु भएको छ । सभामा विधायन समिति संयोजक कृष्ण पाण्डेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक २०८२ पेश गर्नुभयो ।
बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या
बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान मसूद गोली हानाहानमा घाइते भएको स्थानीय मिडियाले जनाएका छन् ।
चिउरी बोट जङ्गलमा ५ थान भरुवा बन्दुक फेला
म्याग्दीको मालिका गाउँपालिका–४, चिउरीबोट जङ्गलमा लुकाइछिपाइ राखिएको अवस्थामा प्रहरीको टोलीले ५ थान भरुवा बन्दुक फेला पारेको छ ।
भेनेजुएलाद्वारा चीनको समर्थनप्रति कृतज्ञता व्यक्त
भेनेजुएलाका विदेशमन्त्री यवन गिलले आफ्नो भूभाग र प्राकृतिक स्रोतमा भेनेजुएलाका जनताको पूर्ण सार्वभौमसत्ताका लागि चीनको समर्थन प्रति आफ्नो देशको तर्फबाट कृतज्ञता व्यक्त गर्नु भएको छ ।
पेट्रो-ट्रम्प टकरावले कोलम्बिया कूटनीतिक दोधारमा
भेनेजुएलामा ट्रम्प प्रशासनले गरेको सैन्य हस्तक्षेपलाई लिएर कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेट्रोले गरेको कडा आलोचनाले वासिङ्टन र बोगोटाबिचको सम्बन्धलाई अभूतपूर्व तनावमा पुर्याएको छ ।
बाबुको पहिचान नखुलेकालाई आमाको नामबाट नागरिकता दिइने
सरकारले नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ मन्त्रिपरिषद्बाट स्वीकृत गरी राजपत्रमा प्रकाशन गरेसँगै बाबुको पहिचान नखुलेकाको हकमा आमाको नामबाट नागरिकता प्रदान गर्ने नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन हुने भएको छ ।
कैलालीको नदीहरुमा ५४ डल्फिन भएको अभिलेख
कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाले यसवर्ष गरेको अध्ययनको क्रममा सो सङ्ख्यामा डल्फिन अभिलेख भएका हुन् ।
काठमाडौं महानगरद्वारा ७५ घरको मौलिक स्वरुप रुपान्तरण गरिने
काठमाडौं महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक स्वरुपमा रुपान्तरण गर्ने प्रक्रिया थालेको छ ।
मोरङ्गीखोलामा डाइभर्सन निर्माण, गाडी सुचारु हुने
पूर्वपश्चिम राजमार्ग विस्तारको क्रममा गत शनिबार साँझ मोरङको मोरङ्गी खोलाको पश्चिम–दक्षिणको माटो बगेर पुल भासिएपछि अबरुद्ध भएको पूर्वपश्चिम राजमार्ग आज बेलुकाबाट सुचारू हुने भएको छ।
एनएमबी बैँकमा तालाबन्दी
एनएमबी बैँक कञ्चनपुरको झलारी बजारमा रहेको शाखामा जेनजी युवा सङ्घर्ष समितिले तालाबन्दी गरेको छ ।
निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भव : मन्त्री सिन्हा
अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको मुख्य आधार भएको बताउनुभएको छ ।
जलवायु परिवर्तन न्यूनीकरणमा प्रदेशले वैज्ञानिक कार्ययोजना बनाउछ : मुख्यमन्त्री आचार्य
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जलवायु परिवर्तनको असर कम गर्न प्रदेश सरकारले वैज्ञानिक आधारमा कार्ययोजना तयार गर्ने बनाउनुभएको छ ।
रैथाने खाना महोत्सवको तयारी
पाँचथरको सदरमुकाम फिदिममा पहिलो पटक ‘रैथाने खाना महोत्सव’ आयोजना गरिने भएको छ । नेपाल मगर सङ्घ जिल्ला समिति पाँचथरले माघे संक्रान्तीको अवसरमा खाना महोत्सव आयोजना गर्न लागेको हो ।