भेरी अस्पतालमा प्रसूति सेवामा चाप, उपचारमा समस्या
बाँके जिल्लाका दुई ठुला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेको छ । सोही कारणले त्यहाँ आउने सुत्केरीहरुको उपचारमा समेत समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।
स्याङ्जामा दुई हजार निर्वाचन प्रहरी भर्ना हुने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
भारत जाने खेलाडीको बिदाइ
भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । हेटौँडा फुलकन्ट्याक्ट क्योकुसिन करातेका ८ खेलाडीलाई बिहीबार एक कार्यक्रमबिच बिदाइ गरिएको हो ।
कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी दर्ता प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । बिहीबार जिल्लाको बेदकोट नगरपालिकाका ९३ भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जग्गा धनी प्रमाणपत्र रातो पुर्जा वितरण गरिएको हो ।
चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे
सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् ।
दमौली–केशवटार जोड्ने सडक कालोपत्र
जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्ग ढलान र कालोपत्र गरिएको छ । हाल सो खण्डको नौ किमि सडक पक्की गरिएको हो ।
दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणमा अवरोध
म्याग्दीमा निर्माणाधीन २५ मेगावाट क्षमताको दरवाङ म्याग्दीखोला जलविद्युत् आयोजना निर्माणमा स्थानीयले अवरोध गरेका छन् ।
सप्तरीमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते
सप्तरीको खडक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।
चार लेन सडकको ७१ प्रतिशत काम सम्पन्न
पूर्व–पश्चिम राष्ट्रिय राजमार्गअन्तर्गत कञ्चनपुर–कमला खण्डको पश्चिमी भाग कुशहा–कमलासम्म चार लेन सडक निर्माणको ७१ प्रतिशत काम सम्पन्न भएको छ ।
रहरले तरकारी खेतीमा रमाएका मोतीलाल
लामो समय वैदेशिक रोजगारीमा बिताएर ४० वर्षको उमेरमा देश फर्किनु भएका वाखेतका मोतीलाल रोकाले तरकारी खेती गर्न थालेको पनि २० वर्ष भयो ।
माघे सङ्क्रान्ति लक्षित देवघाटको झोलुङ्गे पुल मर्मत सुरु
प्रसिद्ध धार्मिकस्थल देवघाट जाने झोलुङ्गे पुल मर्मत सुरु गरिएको छ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने त्रिशूली नदीमाथिको पुल मर्मत सम्भार गर्ने कार्य धमाधम भइरहेको छ ।
बागमती किनारमा तरुल खन्ने चटारो
सर्लाहीको बागमती नदी तटीय क्षेत्रमा अहिले माघे सङ्क्रान्तिमा फलाहारको रुपमा खाइने तरुल खन्ने चटारो छ ।
सडक दुर्घटनामा दुईको मृत्यु
पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा –८ मा बिहीबार साँझ मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी –८ सुनसरी ५१ वर्षीय कमल कोइरालाको घटनास्थलमै मृत्यु भएको छ ।
घुम्ती–चिसापानी सडक कालोपत्रे
सडक कालोपत्रे गर्नुपर्ने समय नाघेको एक वर्र्षपश्चात् घुम्ती–चिसापानी सडक कालोपत्रे गर्ने कामले तीव्रता पाएको छ । सडकको काउले–सालडाँडाखण्ड अन्तर्गत झन्डै आठ किलोमिटर कालोपत्रे गर्ने कामले पछिल्लो समय तीव्रता पाएको हो ।
बाँकेमा पाँच लाखभन्दा बढी बिरुवा वितरण
पछिल्ला वर्षमा बाँकेका निजी जग्गामा बिरुवा रोप्ने क्रम बढ्दै गएको छ । निजि जग्गासँगै सामुदायिक वन, सडक किनार, धार्मिक स्थल तथा सार्वजनिक क्षेत्रमा समेत बिरुवा रोप्ने क्रम बढ्दै गएको डिभिजन वन कार्यालय बाँकेले जनाएको छ ।
सामुदायिक कुकुर व्यवस्थापनमा समस्या
गुल्मीको सदरमुकाम तम्घासमा सामुदायिक कुकुर व्यवस्थापन गर्न सकस भएको छ । सडकचोक नै ढाक्ने कुकुर व्यवस्थापन हुन नसक्दा सवारीचालक तथा विद्यालय जाने विद्यार्थीलाई त्रास पैदा भएको गुनासो गर्दै आएका छन् ।
सुरक्षित आवासले जगायो आशा
दाङको राजपुर गाउँपालिका–२, बेलाकी कैलाशपति चौधरीका पति गुरुप्रसाद चौधरी गाउँकै चिनिएका घर बनाउने मिस्त्रीका गुरु हुनुहुन्थ्यो । जीवनभर अरूका घर बनाउँदै बिताउनुभएका गुरुप्रसादले आफ्नै परिवारका लागि भने राम्रो घर बनाउन सक्नुभएको थिएन ।
मुस्ताङमा तीन सय १२ जना निर्वाचन प्रहरी भर्ना गरिने
आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सुरक्षाका लागि मुस्ताङ जिल्लामा तीन सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । निर्वाचन प्रहरी भर्ना छनोट तथा नियुक्ति समितिले जारी गरेको सूचनामा जिल्लामा तीन सय १२ निर्वाचन प्रहरी भर्ना गर्न लागिएको हो ।
माघीले नछोएका कमैया बस्ती
माघी थारू समुदायको महान् पर्व र नयाँ वर्ष पनि हो । माघी नजिकिँदै गर्दा पश्चिम तराईका थारू बस्तीमा गत सातादेखि माघी पर्वको रौनक छाएको छ । गाउँ गाउँमा माघीको तयारीदेखि विभिन्न थारू सङ्घ संस्थाद्वारा गाउँदेखि सहरसम्म माघी विशेष कार्यक्रम गरेर धुमधामसंग मनाइरहेका छन् ।
मनास्लु संरक्षण क्षेत्रबाट झण्डै चार करोड सङ्कलन
उत्तरी गोरखाको विश्वप्रसिद्ध हिमाली गन्तव्य मनास्लु संरक्षण क्षेत्रले सन् २०२५ को एक वर्षमा प्रवेश शुल्कबाट झण्डै चार करोड रुपियाँ आम्दानी गरेको छ। पर्यटक आगमन उल्लेख्य रूपमा बढेसँगै मनास्लु संरक्षण क्षेत्रको आर्थिक आम्दानी अभूतपूर्व रूपमा वृद्धि भएको हो ।
धमाधम उम्मेदवार सिफारिस
आगामी प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि रुकुमपश्चिमका व्रिmयाशील राजनीतिक दलले धमाधम उम्मेदवार सिफारिस गरेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दलले उम्मेदवार सिफारिस गरेका हुन् ।
तनहुँ जिल्लाको सर्वाधिक राशिको भलिबल प्रतियोगिता हुने
तनहुँको भिमादमा जिल्लाकै सबैभन्दा धेरै पुरस्कार राशिको भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । भिमाद नगरपालिका–६ को आयोजनामा आगामी माघ १ देखि ५ गतेसम्म ‘फस्ट बेस्ट ब्वाइज भलि फेस्ट–२०८२’ सञ्चालन हुन लागेको हो ।
बालविवाह अन्त्य गर्ने रणनीति तयार
कर्णालीका कुल ७९ वटा स्थानीय तहमध्ये ३२ पालिकामा बालविवाह अन्त्य गर्ने रणनीति तयार भइसकेको छ । कर्णाली प्रदेशमा देशमै धेरै बालविवाह हुने र त्यसको चौतर्फी असर बढ्न थालेपछि बालविवाहविरुद्धको साझा सञ्जाल (क्याक्मा) को सहयोगमा ३२ पालिकामा बालविवाह अन्त्यको रणनीति तयार भएको हो । तीन वर्षको अवधिमा ती रणनीति बनेका हुन् ।
टोप्ला–जाजरकोट सडक निर्माण हुँदै
कर्णाली प्रदेशको जुम्ला र जाजरकोट जोड्ने सडकको टोप्ला–इमिच्छा–जाजरकोट सडकखण्ड निर्माण हुने भएको छ । जुम्लाको त्रिवेणी–इमिच्छा–जाजरकोट जोड्ने सडक अन्तर्गत टोप्ला–इमिल्छा हुँदै जाजरकोट जोड्ने सडक निर्माण गरिने भएको हो ।