निर्वाचनका लागि प्रहरी भर्ना सुरु
आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनका लागि आजदेखि इलाममा निर्वाचन प्रहरी भर्ना सुुरु गरिएको छ ।
सशस्त्र प्रहरीको श्रमदानबाट विपन्न परिवारको घर निर्माण
सशस्त्र प्रहरीको श्रमदानबाट फिदिम नगरपालिका वडा १० का विपन्न परिवारको घर निर्माण भएको छ ।
अलेप्पोमा झडपपछि सिरियाद्वारा युद्धविराम घोषणा
उत्तरी सिरियाली सहर अलेप्पोमा सरकारी सेना र कुर्दिश लडाकूबिच तीन दिनसम्म चलेको भीषण झडपपछि सिरियाको रक्षा मन्त्रालयले शुक्रबार युद्धविरामको घोषणा गरेको छ ।
कांग्रेस विशेष महाधिवेशनमा म्याग्दीबाट बहुमत प्रतिनिधि सहभागी हुने
नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले समर्थन गरेको विशेष महाधिवेशनमा म्याग्दीबाट बहुमत महाधिवेशन प्रतिनिधि सहभागी हुने भएका छन् ।
अर्धन्यायिक प्रणाली सुधारको माग गर्दै ध्यानाकर्षण
सार्वजनिक सरोकार कानुन व्यवसायी समूह नेपालगन्जले शीतलहर तथा अत्यधिक जाडोबाट प्रभावित नागरिकको संरक्षणका लागि आवश्यक पहल गर्न स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालय बाँकेको ध्यानाकर्षण गराएको छ ।
चुमनुब्री गाउँपालिका बन्यो प्यानकार्ड जारी गर्ने पहिलो पालिका
उत्तरी गोरखाको हिमाल पारीको गाउँपालिका चुमनुब्री गाउँपालिका गण्डकी प्रदेशमै स्थानिय तहबाटै स्थायी लेखा नम्बर (प्यान) कार्ड जारी गर्ने पहिलो पालिका बनेको छ ।
दार्चुलामा ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ
जिल्ला अस्पतालको निर्माणाधीन ५० शय्याको अस्पताल भवन निर्माणमा ढिलाइ भएको छ । तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको भवन साढे चार वर्ष पुग्नै लाग्दासमेत जम्मा ५५ प्रतिशतमात्रै भौतिक प्रगति भएको छ ।
एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक भोलि बस्ने
नेपाल कम्यनिष्ट पार्टी (एमाले)को दोस्रो केन्द्रीय कमिटी बैठक भोलि अर्थात् पुस २६ गते बस्ने भएकाे छ ।
कोहलपुर नगरपालिकाद्वारा हिउँदे अधिवेशन अन्त्यको घोषणा
कोहलपुर नगरपालिकाले आफ्नो हिउँदे अधिवेशन अन्त्य गरेको छ ।
महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने
आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीमा तीन हजार ९१२ निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
खाद्य स्वच्छता र गुणस्तरमा सम्झौता नगर्न आग्रह
कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको समन्वयमा उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय रुपन्देहीको आयोजनामा गरिएको हो ।
जाजरकोटमा जिप दुर्घटना हुँदा दुईको मृत्यु
जाजरकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
निर्वाचन सुरक्षाका लागि सुनसरीमा ३५ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने
निर्वाचन प्रहरी भर्ना छनौट तथा नियुक्ती समितिले जिल्लामा आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि तीन हजार ५७८ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
कुटपिटबाट श्रीमतीको मृत्यु
गोरखाको पालुङटार नगरपालिका –३ बोगटी गाउँका शङ्कर सुनारको कुटपिटबाट उनको श्रीमतीको मृत्यु भएको छ । श्रीमानको निर्घात कुटपिटबाट २१ ब्र्षिया श्रीमती अनुस्का परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिनुभयो ।
कनकाई माई पुलमा बम राखेर आतङ्क फैलाउने एक पक्राउ
झापाको कनकाई नगरपालिका ४ कोटीहवन माईपुलमा प्रेसर कुकर बम राखेर आतङ्क फैलाउने एक जना पक्राउ परेका छन् ।
लोकसेवा परीक्षामा भनसुन चल्दैन : पूर्व अध्यक्ष मैनाली
लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश मैनालीले लोकसेवा परीक्षामा कुनै किसिमको पक्षपात, विभेद र कसैमाथि अन्याय नहुने हुनाले जेहेन्दारले अवसर पाउनेगरेको बताउनुभएको छ । ‘लोकसेवामा पनि भनसुन हुन्छ कि ! भन्ने आशंका छ भने त्यो आशंका आजैबाट हटाइदिनुस्’ उहाँले आग्रह गर्नुभयो ।
न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव
ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारका व्यवसायीलाई न्यूनतम व्यावसायिक मापदण्ड पूरा गर्न सुझाव दिइएको छ । बिहीबार फुङ्लिङ बजारको अनुगमन गर्दै अनुगमन टोलीले व्यापार व्यवसाय गर्दा व्यावसायिक मापदण्ड पूरा गर्नुपर्ने सुझाव दिएको हो ।
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैनः गृहमन्त्री
गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकारमा बस्ने मन्त्रीहरुलाई कुनै दलप्रति ढल्कने छुट नभएको बताउनुभएको छ ।
गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने
आगामी फागुन २१ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि गुल्मीमा १६ सयभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
विशेष महाधिवेशनलाई लिएर लमजुङ कांग्रेसमा ध्रुवीकरण
नेपाली कांग्रेसका बहुसङ्ख्यक नेता तथा कार्यकर्ताहरु विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । विशेष महाधिवेशनलाई लिएर जिल्लामा ध्रुवीकरण देखिएको छ ।
भेरी अस्पतालमा प्रसूति सेवामा चाप, उपचारमा समस्या
बाँके जिल्लाका दुई ठुला निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूति सेवाको चाप अत्यधिक बढेको छ । सोही कारणले त्यहाँ आउने सुत्केरीहरुको उपचारमा समेत समस्या उत्पन्न भएको अस्पतालले जनाएको छ ।
स्याङ्जामा दुई हजार निर्वाचन प्रहरी भर्ना हुने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै स्याङ्जामा निर्वाचन सुरक्षाका लागि दुई हजार १२६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
भारत जाने खेलाडीको बिदाइ
भारत आसामको गुवाहाटीमा हुने चौथो अन्तर्राष्ट्रिय खुल्ला फुलकन्ट्याक्ट कराते प्रतियोगितामा सहभागी हुने खेलाडीलाई बिदाइ गरिएको छ । हेटौँडा फुलकन्ट्याक्ट क्योकुसिन करातेका ८ खेलाडीलाई बिहीबार एक कार्यक्रमबिच बिदाइ गरिएको हो ।
कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी पुर्जा वितरण
कञ्चनपुरमा ९३ भूमिहीनलाई जग्गा धनी दर्ता प्रमाणपत्र पुर्जा वितरण गरिएको छ । बिहीबार जिल्लाको बेदकोट नगरपालिकाका ९३ भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासी र भूमिहीन दलितलाई जग्गा धनी प्रमाणपत्र रातो पुर्जा वितरण गरिएको हो ।