• ४ मंसिर २०८२, बिहिबार

भैरहवामा सातौं लुम्बिनी महोत्सव सुरु

blog

भैैरहवामा शुरु भएको सातौं लुम्बिनी महोत्सव–२०८२ । तस्बिरः कपिल ज्ञवाली

कपिल ज्ञवाली

सिद्धार्थनगर, मंसिर ३ गते । रुपन्देहीको भैरहवामा सातौं लुम्बिनी महोत्सव–२०८२ (उद्योग, व्यापार, कृषि तथा पर्यटन प्रवर्धन) सुरु भएको छ । 

‘स्थानीय बजारमा खरिद गरौं, स्थानीय बजारको प्रवर्धन गरौं, स्वदेशी वस्तुको प्रयोग गरौं, स्वाभिमानी नेपालीको पहिचान बनाऔं’ भन्ने नारासाथ आयोजना गरिएको महोत्सव मंसिर २१ गतेसम्म सञ्चालन हुने चेम्बर अफ कमर्श, रुपन्देहीका अध्यक्ष तथा महोत्सव मूल आयोजक समितिका संयोजक सचिन रोक्काले बताउनुभयो ।

मेला चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा सिद्धार्थनगर नगरपालिका–८ स्थित अञ्चलपुरमा महोत्सव सुरु भएको हो । महोत्सवले उद्योगी–व्यवसायी र उपभोक्तालाई जोड्न पुलको काम गर्ने अध्यक्ष रोक्काले बताउनुभयो ।

उहाँले महोत्सवमा झण्डै ३ सयवटा स्टल रहेको जानकारी दिनुभयो । ‘महोत्सव सञ्चालनका लागि अस्थायी संरचना निर्माणमा करोडौं रुपियाँ खर्च हुने गरेको छ, ’उहाँले भन्नुभयो, ‘भैरहवामा स्थायी मण्डप आवश्यक छ । महोत्सवलाई अझै परिमार्जन र परिस्कृत गर्दै अघि लैजानुपर्ने आवश्यकता छ ।’

महोत्सवको बुधबार लुम्बिनी प्रदेश सरकारका युवा तथा खेलकुदमन्त्री सन्तोषकुमार पाण्डेय र सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा बोल्नुहुँदै मन्त्री पाण्डेयले सरकारले गर्नुपर्ने कामनिजी क्षेत्रले गरेको बताउनुभयो । उहाँले अहिलेसम्म सबैभन्दा पीडित उद्योगी–व्यवसायी रहेको बताउनुभयो । ‘नेपाललाई पर्यटन क्षेत्रको माध्यमबाट नै आर्थिक समृद्धितर्फ लैजान सकिन्छ, उहाँले भन्नुभयो, ‘नेपाललाई पर्यटनको देश प्रकृतिले नै बनाइदिएको छ । आर्थिक समृद्धिको आधार पर्यटन हो ।’पर्यटकलाई सहज रुपमा भित्र्याउनु पर्नेमा उहाँले जोड दिनुभयो । 

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँले सिद्धार्थनगर, रोहिणी, ओमसतिया, मायादेवी र सियारी मिलेर उपमहानगरपालिका, महानगरपालिका बनाउनु पर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेश सभा सदस्य हेमा बेल्बासे (के.सी.)ले स्थानीयबजार प्रवद्र्धनका सामान स्थानीयबजारमा नै खरिद गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले उद्योगी–व्यवसायीको मर्का बुझ्नेगरी सरकारले निर्णय गर्नुपर्ने बताउनुभयो । स्थायी मण्डपका लागि आफूले पहल गर्ने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सिद्धार्थनगर नगरपालिकाको उपप्रमुख उमा अधिकारीले निजी क्षेत्र समस्यामा रहँदारहदै पनि आँट र हिम्मतका साथमहोत्सव सञ्चालन गर्नु सराहनीय रहेको बताउनुभयो । नेपालउद्योग वाणिज्य महासंघ लुम्बिनीप्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले आन्दोलनको नाममा निजी संस्थामाथिप्रहार गरिएको बताउनुभयो । 

सो अवसरमा लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझी, चेम्बर अफकमर्श, रुपन्देहीका वरिष्ठ उपाध्यक्ष राममिलन यादव, चेम्बर अफ कमर्श, रुपन्देहीका निवर्तमान अध्यक्ष दर्पण श्रेष्ठ, महासचिव लक्ष्मी अधिकारी लगायतले बोल्नुभएको थियो ।