पर्यटकका रोजाइमा सिन्धुपाल्चोकको भैरवकुण्ड
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा स्थित भैरवकुण्ड क्षेत्रमा पछिल्लो समय पर्यटकको चाप बढेको छ । कुण्डमा हिन्दू तथा बौद्ध धर्मावलम्बी पूजाआज समेत गर्दछन् । यसलाई शेर्पाहरुले आमा छ्यूमेनका रुपमा पूजा गर्दछन् ।
नारायणीमा तटबन्ध निर्माण तीव्र
पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले निम्त्याएको कटानको जोखिम न्यूनीकरण गर्न तटबन्ध निर्माण तीव्रगतिमा अघि बढेको छ । नदी किनारमा भइरहेको यो बृहत् तटबन्ध निर्माणले स्थानीय र उनीहरूको जग्गाजमिनलाई सुरक्षित बनाउने विश्वास लिइएको छ ।
बढी भाडा लिने इभीलाई तनहुँमा कारबाही
निर्धारितभन्दा बढी भाडा असुल गर्ने विद्युतीय सवारीसाधन (इभी) लाई तनहुँमा कारबाही गरिएको छ। दमौलीबाट डुम्रेका लागि तोकिएको भाडाभन्दा बढी असुल गर्ने सवारीलाई ट्राफिक प्रहरीले तत्कालै कारबाही गरेको हो।
दुई चिकित्सक प्रहरी नियन्त्रणमा
बुटवलको खत्री नर्सिङ होमका सञ्चालक डा. डिबी खत्री र इन्दुलेखा स्वास्थ्य क्लिनिकका चिकित्सक डा. सतीश रूपाखेतीलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । गर्भपतनका क्रममा पाल्पाको बगनास गाउँपालिका–२ की २९ वर्षीय गीता पाण्डेको मृत्यु भएपछि बुटवलका दुई चिकित्सकलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवले डा. खत्री र रूपाखेतीलाई अनुसन्धानका लागि प्रहरी कार्यालय बोलाएर मङ्गलबार साँझ नियन्त्रणमा लिइएको बताउनुभयो ।
टिटी ताल पर्यटक आकर्षणको केन्द्र बन्दै
मुस्ताङको थासाङ गाउँपालिका–५ मा अवस्थित लाम्चो आकारको टिटी ताल अवलोकनका लागि पर्यटकको आकर्षण बढ्दै गएको छ।
मनमाया विश्वकर्मा साहित्यदेखि संसद्सम्म
साहित्य र सङ्गीतको क्षेत्रबाट राजनीतिक यात्रामा स्थापित झापाकी मनमाया विश्वकर्मा ‘मनु’ बहुआयामिक व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ । २०३८ भदौ ८ गते भोजपुरको
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको प्रभाव दरवाङ–मुना–ढोरपाटन निर्माणमा
म्याग्दीको रणनीतिक महत्वको दरवाङ–मुना–ढोरपाटन सडक योजना निर्माण सुस्ताएको छ । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि धौलागिरिको केन्द्र मुना जोड्ने सडकलाई कालोपत्र र ढलान गरेर स्तरोन्नति गर्न गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा सञ्चालित योजनाले गति नलिदा स्थानीयवासी चिन्तित भएका छन् ।
सुनवलको शैक्षिक प्रशासनमा किचलो, शिक्षक अन्योलमा
पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा ‘शिक्षक काज फिर्ता’ विषयमा देखिएको विवादले शिक्षक र विद्यालयहरू अन्योलमा परेका छन्। नगरपालिकाले ४८ घण्टाको अन्तरमा जारी गरेका दुई परस्परविरोधी पत्रहरूले स्थानीय सरकारको प्रशासनिक कार्यशैलीमाथि नै गम्भीर प्रश्न उठाएको छ।
विद्युत् महसुल नतिर्ने ग्राहक कारबाहीमा
नेपाल विद्युत् प्राधिकरण दोलखा वितरण केन्द्रले विद्युत् महसुल नतिर्ने ग्राहकमाथि कारबाही सुरु गरेको छ । कार्यालयले लामो समयदेखि बक्यौता रकम भुक्तानी नगर्ने ३४२ जना ग्राहकलाई कालोसूचीमा राख्दै कारबाहीको दायरामा ल्याएको हो ।
मोदी सुक्दै जाँदा जलचर सङ्कटमा
अन्नपूर्ण हिमशृङ्खलाको काखबाट मूल फुटेर बग्ने मोदी खोला स्वच्छ पानी बग्ने नदीमा पर्छ । यहाँको कञ्चन पानीमा जलीय जैविक विविधता मात्र नभई नदीले सिञ्चित वरपरको भूमि निकै महत्वपूर्ण मानिन्छ तर पछिल्ला दिनमा यो नदीमा विकास गरिएका जलविद्युत् आयोजनाले यो नदीलाई जैविक विविधतायुक्त नदीभन्दा पनि ‘ऊर्जा नदी’ का रूपमा परिचय दिन थालेको छ । नदीको तलदेखि माथिसम्म ऊर्जा उत्पादन गर्ने मेसिन सञ्चालन भइरहँदा अहिले भने आफ्नै
ढुंगाले हिर्काएर छिमेकीको हत्या
पाँचथरको हिलिहाङ गाउँपालिकामा दुई जनाबिच भएको विवादमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा हिलिहाङ–७ निवासी ५२ वर्षीय धनप्रसाद यवा रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मारवाडी भाषा
कम्युनिस्ट पार्टीको रूपान्तरण जरुरी : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट पार्टीको रूपान्तरण र पुनर्गठन गर्नुपर्ने आवश्यकता देखिएको बताउनुभएको छ । नेकपा स्थापना दिवस तथा लेनिन जयन्तीका अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जनताले सिकाउन खोजेको शिक्षा ग्रहण गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।
श्रीनगरमा आधुनिक बसपार्क सञ्चालन, अव्यवस्थित पार्किङ अन्त्यतर्फ
सल्यानको शारदा नगरपालिका–१, श्रीनगरमा निर्माण गरिएको आधुनिक बसपार्क सञ्चालनमा आएको छ। बसपार्कको उद्घाटन शारदा नगरपालिकाका नगरप्रमुख प्रकाश भण्डारीले गर्नुभएको हो।
भ्रष्टाचार र कुशासनविरुद्ध निर्मम उत्रिने
नेपाली कांग्रेसका सभापति गगन थापाले भ्रष्टाचार र कुशासनको मुद्दामा पार्टीले कसैसँग सम्झौता नगर्ने बताउनुभएको छ । विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कायक्रममा उहाँले कांग्रेसमाथि नियोजित रूपमा लगाइएको ‘पुरानो, भ्रष्ट र अक्षम’ भन्ने भाष्य चिर्न अब सुशासनको मुद्दामा पार्टी निर्मम भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सभापति थापाले भन्नुभयो, “कहिलेकाहीँ सिंह पनि अगाडि जानका लागि दुई चाल पछाडि सर्छ, हामी पनि सङ्गठित हुन र बलियो भएर आउन पछाडि हटेका हौँ,” उहाँले भन्नुभयो, “कांग्रेसले अब कसैको बैसाखी टेकेर होइन, आफ्नै भुइँमा उभिएर देशको नेतृत्व गर्ने छ ।”
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित अछामि भाषा
प्रदेश सभा सदस्यलाई थप सक्रियता बढाउन मुख्यमन्त्रीको निर्देशन
नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभा सदस्यहरूलाई बैठकमा सक्रिय सहभागिता जनाउँदै जनजीविकाका सवालहरू प्रभावकारी रूपमा उठाउन निर्देशन दिनुभएको छ ।
स्थानीय तहबाटै राहत उपलब्ध होस्
मानव–वन्यजन्तु द्वन्द्वका कारण पीडित किसान एवं अन्य सर्वसाधारणलाई स्थानीय तहबाटै राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । ३१ औँ वन्यजन्तु सप्ताहका अवसरमा डिभिजन वन कार्यालय सल्यानको आयोजनामा हालै कपुरकोटमा आयोजित कार्यक्रममा सहभागीले वन्यजन्तुबाट हुने क्षतिमा तत्काल स्थानीय तहबाटै राहत उपलब्ध गराउनुपर्ने माग गरेका हुन् ।
स्याङ्जामा धमाधम पठनपाठन सुरु
संघीय सरकारले वैशाख १५ गतेदेखि भर्ना अभियान र २१ गतेदेखि पठनपाठन सुरु गर्न निर्देशन दिए पनि स्याङ्जामा धमाधम पठनपाठन सुरु गरिएको छ। पालिकाहरूले विद्यालय खोल्न निर्देशन दिएसँगै यहाँका विद्यालय सञ्चालनमा आएका हुन्।
पूर्वको पसिना पश्चिमको विकास
कोशी प्रदेशको पूर्वी धरानबाट सुदूरपश्चिम प्रदेशको विकट हिमाली जिल्ला दार्चुला पुगेर श्रममार्फत झोलुङ्गे पुल निर्माण भइरहेको छ । यहाँको व्यास गाउँपालिका–२, दुम्लिङको काठा दुम्लिङमा पूर्वका श्रमदाताको पसिनामार्फत पुल निर्माणसँगै पश्चिमको विकासमा समेत टेवा पुगेको छ ।
कर नीति सच्याउन माग
सरकारले भारतबाट एकसय रुपियाँभन्दा बढीको सामान ल्याउनुपर्ने नीतिलाई सच्याउन माग गर्दै सप्तरीको बेल्ही–कुनौली सिमामा एक घण्टा घर्ना दिइएको छ ।
आत्महत्याका घटना बढ्दो
सुदूरपश्चिम प्रदेशमा आत्महत्याका घटना विकराल बन्न थालेका छन् । गत चैतमा मात्रै ५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्ने उमेर समूहमा जेनजीको सङ्ख्या बढी देखिएको प्रहरीको तथ्याङ्क छ । आत्महत्या गर्ने उमेर समूह अनुसार १० देखि ३० वर्षसम्मका २८ जना रहेका छन् । १४ देखि २८ वर्षभित्रका युवा जेनजीभित्र पर्छन् ।
गोरखापत्रकर्मी लिम्बू पुरस्कृत
गोरखापत्रकर्मी साहारा लङ्वा लिम्बू पुरस्कृत हुनु भएको छ । स्वर्गीय टीकाराम गौतमको १६ औँ स्मृति दिवसको अवसरमा गोरखापत्रकर्मी लिम्बू नगदसहित पुरस्कृत हुनु भएको हो ।
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन ।