खोज्नै बाँकी नालापानी युद्ध
अङ्ग्रेजसँग भएका विभिन्न लडाइँमध्ये नालापानीको युद्ध नेपाली इतिहासमा निकै महìवपूर्ण र साहसिक मानिन्छ । देहरादुनदेखि दुई कोस (चार माइल) उत्तरपूर्वमा नालापानीको किल्ला रहेको छ । यो किल्ला बनाउन मद्दत गर्नका लागि राजा गीर्वाणयुद्धविक्रम शाहले नहानमा रहेका बडाकाजी अमरसिंह थापाका छोरा रणवीरसिंह थापालाई पत्र लेखेका थिए । यसबाट नालापानी किल्लाको मह
वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन
वरिष्ठ पत्रकार तथा लोकतन्त्र र प्रेस स्वतन्त्रताका लागि निरन्तर संघर्षरत व्यक्तित्व होमनाथ दाहालको निधन भएको छ ।
विधेयकको काम अन्तिम चरणमा : मन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्रसम्बन्धी विधेयक पारित भएपछि चलचित्र विकास बोर्ड स्वायत्त हुने बताउनुभएको छ । चलचित्र विकास बोर्डद्वारा शुक्रबार राजधा
भुवन चन्दलाई पतिशोक
रेडियो नेपालका प्रसिद्ध समाचारवाचक माइकल चन्द (हरिश चन्द) को निधन भएको छ । कलाकार सङ्घका अध्यक्ष मोहन निरौलाले शुक्रबार बिहान चन्दको निधन भएको जानकारी दिनुभयो । क्यान्सर रोगबाट पीडित चन्दको काठमाडौँको मेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको निरौलाले बताउनुभयो ।
कलामा विदेशी र नेपाली जनजीवन
आयरल्यान्डका स्थानीयको संस्कृति होस् कि नेपाली गुरुङ÷मगर समुदायको घाटु नाच, सारङ्गीको मर्मदेखि रुखका जराबाट आकर्षक मूर्तिकलासम्म पोखरामा एकै ठाउँमा हेर्न पाइन्छ । विदेशी र स्वदेशी जनजीवन, संस्कृति, सुन्दरता र सम्भावनालाई कलामार्फत उजागर गर्ने अवसर सिर्जनशील कलाकार समूह पोखराले मिलाएको हो ।
इस्माको राष्ट्रपति रनिङ्गशिल्ड रामराज्यले जित्यो
गुल्मीको इस्मा गाउँपालिकाको राष्ट्रपति रनिङ्ग शिल्ड रामराज्य माविले जितेको छ । १४ स्वर्ण, सात रजत र १६ कास्य गरेर ३७ पदक सहित रामराज्य मावि प्रथम बनेको हो ।
भालेश्वर ब्रान्डको मिक्स दालमोठ गुणस्तरहीन
खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले महालक्ष्मी उद्योगबाट उत्पादित दुई हजार ५९८ प्याकेट भालेश्वर ब्रान्डको मिक्स दालमोठ नष्ट गरेको छ । काठमाडौँको चन्द्रगिरिमा रहेको उक्त उद्योगमा उत्पादित दालमोठको नमुना परीक्षण गर्दा गुणस्तरहीन भएको प्रमाणित भएपछि पाँच लाख १९ हजार छ सय रुपियाँ बराबरको दुई हजार ५९८ प्याकेट दालमोठ विभागको टोलीले नष्ट गरेको हो ।
औद्योगिक विकासबाट आर्थिक समृद्धि
पूर्वी नवलपरासीको गैँडाकोट र देवचुलीमा एकै पटक महोत्सव सुरु भएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैँडाकोट महोत्सवको उद्घाटन गर्दै उद्योग वाणिज्य क्षेत्रको विकासबिना मुलुकको आर्थिक समृद्धि हासिल हुन नसक्ने बताउनुभयो ।
स्याङ्जाका अधिकांश प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा
स्याङ्जाका बहुमत प्रतिनिधि विशेष महाधिवेशनको पक्षमा खुलेका छन् । दुई निर्वाचन क्षेत्र रहको स्याङ्जामा ५२ जना प्रतिनिधिमध्ये ३२ जना खुलेका हुन् ।
पाइप पुरिएनन्, ट्याङ्की चुहिँदा टालटुल
दोलखाको भीमेश्वर नगरपालिकामा सञ्चालित चरीकोट सहरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणमा ठेकेदारका कारण ढिलासुस्ती भएको छ । ढिलासुस्तीसँंगै गुणस्तरहीन सामग्री प्रयोग
रेमिट्यान्सको ऐतिहासिक उचाइसँगै अर्थतन्त्र सुदृढ बन्दै
नेपालमा रेमिट्यान्स आप्रवाह अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामै आठ खर्ब ७० अर्ब रुपियाँ रेमिट्यान्स भित्रिएको छ । रेमिट्यान्स आप्रवाह ३५.६ प्रतिशतले वृद्धि भएको छ । मङ्सिर महिनामा मात्रै एक खर्ब ८३ अर्ब १८ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ ।
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपियाँ ९७ पैसा र बिक्रीदर १४४ रुपियाँ ५७ पैसा तोकिएको छ ।
चेकबाट पाँच लाख मात्र झिक्न पाइने
अबदेखि बैङ्कमार्फत चेकबाट कारोबार गर्दा पाँच लाख रुपियाँ मात्र झिक्न पाइने भएको छ । यसअघि उक्त सीमा १० लाख रुपियाँ रहेकामा नेपाल राष्ट्र बैङ्कले शुक्रबार निर्देशन जारी गर्दै पाँच लाख रुपियाँमा झारेको हो ।
जीवनचक्रीय घाटा बढ्दो
नेपालमा २७ देखि ४६ वर्ष उमेर समूहका व्यक्तिको औसत खर्चभन्दा आम्दानी बढी देखिएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको नेसलन ट्रान्सफर एकाउन्ट प्रतिवेदनले २७ वर्षभन्दा कम र ४६ वर्षभन्दा माथिको उमेर समूहको आम्दानीभन्दा उपभोग बढी रहेकाले जीवनचक्रीय अभाव (लाइफ साइकल डेफिसिट) रहेको
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित डडेल्धुरेली भाषा
आज तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने
देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।
निर्वाचनको तयारीमा प्रधानमन्त्री सन्तुष्ट
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचनको तयारी व्यवस्थित रूपमा गर्न आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार निर्वाचन आयोगका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री कार्कीले निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन गराउनुपर्नेमा जोड दिनुभयो ।
बाह्र मन्त्री फेरिए, फेरिएन प्रवृत्ति
सङ्घीयता कार्यान्वयन भएको आठ वर्षमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा १२ जना मन्त्री फेरिए पनि निजामती कर्मचारी सरुवाको प्रवृत्ति भने फेरिएको छैन । सङ्घीयता कार्यान्वयनमा सहजीकरण निम्ति निजामती कर्मचारी सरुवा व्यवस्थापन गर्ने मुख्य जिम्मेवारी रहेको मन्त्रालयमा पटक पटक मन्त्री फेरिए पनि सरुवा प्रवृत्ति नफेरिँदा निजामती कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा छिटो छिटो सरुवा हुन बाध्य छन् ।
कर्मचारीको सुविधा बढाउन माग
नेपाल निजामती कर्मचारी सङ्गठनले निजामती कर्मचारीको सञ्चित घर बिदाबापतको रकम वार्षिक रूपमा भुक्तान गर्र्ने व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ । निजामती कर्मचारीले सेवा अवधिभर १८० दिन घर बिदा पाउने र सोबापतको रकम सेवाबाट अवकाश हुँदा मात्र पाउने व्यवस्था छ ।
लोक सेवा तयारी सामग्री अब सामाजिक सञ्जालमा
गोरखापत्र दैनिकले प्रकाशन गर्दै आएको लोक सेवा तयारीसम्बन्धी सामग्री अब सामाजिक सञ्जालका निजी खातामा पनि उपलब्ध हुने भएको छ । लोक सेवा आयोगको परीक्षा दिने तयारी गरिरहेका पाठकलाई लक्षित गरी गोरखापत्रमा प्रत्येक बुधबार नियमित रूपमा प्रकाशन हुँदै आएको ‘ज्ञान सागर’ अब निःशुल्क रूपमा मोबाइलमार्फत पनि उपलब्ध गराइने छ ।
चिसोले बढे बिरामी
चिसो मौसम बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्न थालेको छ । उपत्यकाका वीर अस्पताल, कान्ति बाल अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, शुक्रराज ट्रपिकल सरुवा रोग अस्पतालमा चिसोका कारण हुने बिरामीको चाप बढेको हो ।
‘महाधिवेशन’ बहस दुई धारमा कांग्रेस
नेपाली कांग्रेसभित्र नियमित रूपमै १५ औँ महाधिवेशन कि विशेष महाधिवेशनमार्फत नीति र नेतृत्व परिवर्तन गर्ने भन्ने बहसमा पार्टीभित्र दुई धार देखिएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकले २०८३ वैशाख २८, २९, ३० र ३१ गते पार्टीको १५ औँ महाधिवेशन गर्ने र संस्थापन इतर पक्षको पुस २७ र २८ गते विशेष महाधिवेशन गर्ने निर्णयले पार्टीभित्र दुई पक्षीय बहस तीव्र भएको हो ।
अमेरिका जान कडा सर्त
अमेरिकाको ‘भिसा बन्ड’ अर्थात् भिसाका लागि धरौटी बुझाउनुपर्ने देशको सूचीमा नेपाल परेपछि अब के हुन्छ भन्ने चासो बढेको छ । अमेरिकी सरकारले आफ्नो भिसा बन्ड सूची अद्यावधिक गर्दै बिहीबार नेपालसहित थप ३८ मुलुकलाई त्यस सूचीमा राखेको हो । उक्त सूचीमा आर्थिक रूपले कमजोर तथा राहदानी सुरक्षा कमजोर भनिएका अति कम विकसित तथा विकासशील मुलुक बढी छन् ।
गुल्मीमा पहिलो दिन ४६ जना निर्वाचन प्रहरीको आवेदन
गुल्मीमा पहिलो दिन ४६ जनाले निर्वाचन प्रहरीमा आवेदन दिएका छन् । जिल्ला प्रहरी कार्यालयमा ४१ पुरुष र पाँच जना महिलाले आवेदन दिएका हुन् ।