परासी समाचारदाता
परासी, वैशाख १० गते । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले निम्त्याएको कटानको जोखिम न्यूनीकरण गर्न तटबन्ध निर्माण तीव्रगतिमा अघि बढेको छ । नदी किनारमा भइरहेको यो बृहत् तटबन्ध निर्माणले स्थानीय र उनीहरूको जग्गाजमिनलाई सुरक्षित बनाउने विश्वास लिइएको छ ।
सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय चितवनका कार्यालय प्रमुख डा. नारायणप्रसाद सुवेदीका अनुसार सुस्ता क्षेत्रमा करिब नौ सय मिटर लम्बाइको तटबन्ध निर्माणका लागि १४ करोड रुपियाँको लागतमा काम भइरहेको छ ।
तोकिएको समयमै र मापदण्ड अनुसार गुणस्तरीय काम सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिइएको कार्यालयले जनाएको छ । बर्खायामअगावै तटबन्ध निर्माण कार्य सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको आयोजनाले जनाएको छ ।
आयोजना प्रमुख डा. सुवेदीले नारायणी नदीको बहाब र कटानको उच्च जोखिम रहेको सुस्ता क्षेत्रमा नौ सय मिटर लम्बाइको तटबन्ध निर्माण भइरहेको र यसले दीर्घकालीन रूपमा कटान नियन्त्रणमा सहयोग पु¥याउने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले सुस्ता क्षेत्रको भौगोलिक संवेदनशीलतालाई ध्यानमा राख्दै यो तटबन्ध निर्माण निकै महìवपूर्ण रहेको उल्लेख गर्नुभयो । उहाँहरूले निर्माणमा आइपर्ने प्रशासनिक वा अन्य बाधाअड्चन हटाउन र समन्वयात्मक भूमिका निर्वाह गर्न प्रशासन सदैव तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नारायणी नदीको कटानका कारण बर्सेनि जोखिममा पर्दै आएको सुस्ता क्षेत्रमा निर्माणाधीन यस तटबन्धले स्थानीयमा ठुलो राहतको महसुस गराएको छ ।