• १० वैशाख २०८३, बिहिबार

नागरिकलाई घरदैलोमा सेवा दिँदै व्यास नगरपालिका

blog

शिविरमा राष्ट्रिय परिचय पत्र प्रदान गर्नुहुँदै व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, वैशाख १० गते ।
नगरपालिकाको केन्द्रसम्म पुग्न कठिन पर्ने विकट क्षेत्रका बासिन्दालाई लक्षित गरी तनहुँको एक पालिकाले घरदैलोमै प्रशासनिक सेवा पुर्‍याउन सुरु गरेको छ । व्यास नगरपालिकाले वडा नम्बर १४ को केशवटारमा एकीकृत घुम्ती शिविर सञ्चालन गरी स्थानीयलाई गाउँमै सरकारको अनुभूति गराएको हो । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले भौगोलिक विकटताले गर्दा सेवाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्न नागरिकको आँगनमा पुगेको बताउनुभयो ।

घरदैलो सेवा पाउँ  ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू विशेष खुसी भएका छन् । सामाजिक सुरक्षा भत्ताको कार्ड, राष्ट्रिय परिचयपत्र वितरण  र व्यक्तिगत घटना दर्ता लगायतका कामहरू मङ्गलबार सम्पन्न गरिएको छ  भने अन्य विकट क्षेत्रमा शिविर सञ्चालन गरिने नगरपालिको जनाएको छ ।  वडास्तरमा सञ्चालन हुने विकास योजनाहरूको सम्झौता र भुक्तानीका लागि आवश्यक सिफारिस समेत सोही स्थानबाटै प्रदान गरिएको छ ।

किसानहरूका लागि कृषि उपशाखाले बालीमा लाग्ने रोगको उपचारका लागि औषधी वितरण गर्नुका साथै विशेषज्ञ परामर्श समेत प्रदान गरेको थियो । एकै स्थानबाट सबै प्रकारका प्रशासनिक र प्राविधिक सेवा उपलब्ध गराएर नागरिकको समय र खर्च बचत गर्ने नगरपालिकाको उद्देश्य अनुरुप शिविर गरिएको नगरपालिकाले जनाएको छ ।