सप्तरीमा चार हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना हुने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चार हजार दुई सय २२ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
कांग्रेसले पुस २७ मा केन्द्रीय, प्रदेश र जिल्ला कार्यालय बन्द गर्ने
नेपाली कांग्रेसले वरिष्ठ पत्रकार एवम् पूर्वमन्त्री होमनाथ दाहालको निधनमा शोक प्रस्ताव पारित गरेको छ । शनिबार बिहान बसेको केन्द्रीय समितिको बैठकले दाहालको निधनमा शोक प्रश्ताव पारित गरेको हो ।
निर्वाचन प्रहरीमा लमजुङका युवायुवतीको आकर्षण
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि भर्ना गर्न लागिएका निर्वाचन प्रहरीमा लमजुङका युवा युवतीको आकर्षण देखिएको छ । लमजुङमा एक हजार ३०६ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
प्रथम माघे मेला गोल्ड कप सञ्चालन हुने
ताप्लेजुङको सिंवा बजारमा आमन्त्रित प्रथम माघे मेला गोल्ड कप सञ्चालन हुने भएको छ । कक्फेक्वा तङ्नाम (माघे सङ्क्रान्ती )को अवसरमा ऐतिहासिक माघेनी मेलासँगै गोल्ड कप सञ्चालन हुने भएको हो ।
काठमाडौँबाट भागेका कैदी ताप्लेजुङमा पक्राउ
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा काठमाडौँबाट भागेका एक कैदी ताप्लेजुङमा पक्राउ परेका छन् । प्रहरीका अनुसार काठमाडौँस्थित कारागार कार्यालय जगन्नाथदेवलबाट भागेका ३३ वर्षीय जीवनकुमार चर्मकार ताप्लेजुङबाट पक्राउ परेका हुन् ।
बसभित्र पुरुष मृत फेला
झापाको मेची नगरमा एक व्यक्ति मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
एसइईका लागि साझेदारीमा तयारी कक्षा सञ्चालन
यस वर्षको माध्यामिक शिक्षा परिक्षाका (एसइई) लागि लागत साझेदारीमा तयारी कक्षा सञ्चालन गरिएको छ । खार्पुनाथ गाउँपालिका–५ को ६० प्रतिशत लगानीमा उक्त तयारी कक्षा सञ्चालन गरिएको हो ।
माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख
आगामी माघ १ गतेदेखि नगद कारोबारको सीमा पाँच लाख बराबरको हुने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशनमा सो व्यवस्था गरिएको छ ।
ट्याक्टर दुर्घटनामा एकको मृत्यु, चार घाइते
झापाको गौरादहमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । ट्याक्टरको डालामा सवार ज्यान जाने र घाइते हुने स्थानीय मजदुरहरु रहेका छन् ।
कञ्चनरुपमा बेवारिसे अवस्थामा नवजात शिशु फेला
सप्तरीको कञ्चनरुप नगरपालिकामा बेवारिसे अवस्थामा एक नवजात शिशु फेला परेको छ । नगरपालिकाको वडा नम्बर १२ स्थित धरमपुरमा बेवारिसे अवस्थामा नवजात शिशु (बालिका) फेला परेको हो ।
महाकालीको बगरमा बालुवा छानेर जीविका चलाउने दम्पत्ति
कञ्चनपुरको लालझाडी गाउँपालिका–४ जाइँका ५६ वर्षीय भजौरा चौधरी महाकाली नदीको बगरमा श्रीमतीसहित बालुवा छानिरहेको अवस्थामा भेटिनुभयो ।
राष्ट्रपति रनिङ शील्डको उपाधी नेपाल आर्दश माविलाई
जिल्लाको शिवराज नगरपालिकामा सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरले जितेको छ ।
रौतहटमा शनिबार आठ घण्टा विद्युत अवरुद्ध हुने
रौतहटका विभिन्न स्थानमा शनिबार आठ घण्टा विद्युत् सेवा प्रभावित हुने भएको छ ।
तीन सन्तान जन्माए कालीगण्डकीमा मासिक चार हजार
कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई मासिक चार हजार रुपियाँ आर्थिक सहायता दिने भएको छ ।
कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेसको आकस्मिक बैठक बस्दै छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाइएको जानकारी दिनुभयो ।
यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
धनुषामा चार हजारभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरिने
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि धनुषामा जिल्लामा चार हजार पाँच सय २७ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ ।
प्रमुख नहुँदा सूर्यया गाउँपालिकाको कामकाज ठप्प
बैतडीको सूर्नया गाउँपालिका पछिल्लो दुई महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको छ । प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको गत कात्तिक २५ गते निर्वाचन आयोगमा सरुवा भएपछि गाउँपालिकाको प्रशासनिक नेतृत्व रिक्त रहँदै आएको हो ।
राप्रपा बागलुङको अध्यक्षमा सापकोटा
राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति बागलुङको जिल्ला अधिवेशनबाट विष्णुप्रसाद सापकोटा अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।
कोइलाबास लयमा फर्कने आस
रोल्पा, सल्यान, प्युठान, रुकुम, दाङलगायत वरपरका जिल्लाबाट किनमेल गर्ने बजार थियो– कोइलाबास । मोटरबाटोको त्यति सुविधा थिएन, त्यो समय । हिँडेरै पुग्थे– कोइलाबास । नुनतेल, लत्ताकपडा, मरमसला, सुनका गरगहना किनमेल गर्थे– उपभोक्ता । दाङ जिल्लाको पहाडी क्षेत्र कोइलाबास नेपाल–भारतको महत्वपूर्ण नाकासमेत थियो । यतिबेला भने सुनसान, उजाड र
लाइटर (कथा)
कतै जान पनि साथीहरूको साथ खोज्ने बानीले कहिलेकाहीँ निकै झ्याउ गर्छ । आफूले चाहेको बेला उनीहरू फुर्सदमा हुँदैनन्, उनीहरूलाई सहज पर्दा आफ्नो समय मिल्दैन । कति पटक त सँगै जाने साथी नमिलेर कामै स्थगित गरेकी छु । अहिले पनि त्यस्तै भएको छ । श्वेताकी छोरीको बिहे । हिजोसमेत
न्यायको पर्खाइमा दुल्लु दरबार
भग्नावशेषमा परिणत भएको दुल्लु दरबारको आँगनमा झारैझार र ढुङ्गा मात्र देखिँदैन; यहाँका बासिन्दाको स्मृति, पीडा र आशा पनि देखिन्छ । तत्कालीन माओवादी केन्द्रको सशस्त्र द्वन्द्वमा २०५९ सालको विस्फोटले भत्किएको यो दरबारसँगै दुल्लुका स्थानीयले इतिहास जोगिने आशा पनि गुमाएका थिए । बर्सौंसम्म कसैले फर्केर नहेरेको यो दरबार अहिले भने न्यायालयसम्म पुगेको छ ।
दुई हजारले पाए निःशुल्क न्यानो लुगा
‘हुनेले दिने, नहुँनेले लैजाने’ अभियान सुरु भएपछि बैतडीका दुई हजारभन्दा बढी गरिब विपन्नले निःशुल्क रुपमा न्यानो लुगा पाएका छन् । यी मध्ये ११ वटा विद्यालयका ५६० जना विद्यार्थीले न्यानो लुगा, कम्बल र शैक्षिक सामग्रीसमेत पाएका छन् ।
गुठी जग्गा व्यवस्थित गर्ने योजना
कर्णाली प्रदेश सरकारले गुठी जग्गा व्यवस्थापन गर्न लागेको छ । गुठी जग्गासम्बन्धी प्रदेशमा उत्पन्न समस्या समाधान गर्नका लागि मापदण्ड निर्माण गर्न लागिएको हो ।