• २ मंसिर २०८२, मङ्गलबार

बुद्धिचाल टोली थाइल्यान्ड जाने

blog

नेपाली बुद्धिचाल टोली ।

काठमाडौँ, मङ्सिर २ गते । एसियाली युथ चेस च्याम्पियनसिपमा सहभागी हुन १२ खेलाडीसहित १४ सदस्यीय नेपाली बुद्धिचाल टोली बुधबार थाइल्यान्ड जाने भएको छ ।

नोभेम्बर २० देखि ३० तारिखसम्म हुने प्रतियोगिताा अग्रिम सैजु, अग्रता आचार्य, उजिवनी कँडेल, सुभाङ्ग प्रधान, प्रतिक प्रधान, आशीर्वाद थापा, श्रेशा दुवाल, कशिव कार्की, पुरुषोत्तम सिलवाल, सुभानी पण्डित र साहस श्रेष्ठले नेपालको प्रतिनिधित्व गर्नुहुनेछ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यस चिव टंकलाल घिसिङले एक कार्यक्रमबीच बिदाइ गर्नुभयो । प्रतियोगितामा ३३ राष्ट्रको सहभागिता रहने नेपाल बुद्धिचाल महासंघका अध्यक्ष हेराकाजी महर्जनले जानकारी दिनुभयो । 

गएको भदौ दोस्रो साता सम्मन भएको दोस्रो राष्ट्रिय नेशनल युथ, क्याडेट र महिला च्याम्पियनसिपको विजेता खेलाडीलाई हभागीताको लागि छनोट गरिएको हो ।