‘असफाल्ट प्लान्ट’को प्रदूषणले बस्तीमा सास्ती
यहाँको धनगढीमाई नगरपालिका–३ बनौलीमा ‘बजरङ्गबली कन्स्ट्रक्सन’द्वारा सञ्चालित सडक निर्माणमा प्रयोग हुने कच्चा पदार्थ तातो मिश्रण तयार गर्ने ‘असफाल्ट प्लान्ट’बाट उत्सर्जित प्रदूषणले बस्तीका स्थानीय बासिन्दाको दैनिक जीवन र स्वास्थ्यमा गम्भीर असर पारेको स्थानीयले आरोप लाएका छन् । विगत तीन वर्षदेखि सञ्चालनमा रहेको यस प्लान्टबाट निस्किने धूलो, धुवाँ, कडा गन्ध र आवाजले बस्तीमा दैनिक जीवन कष्टकर बनाएको स्थानीयको गुनासो बढेर गएको छ ।
विपद् प्रतिकार्यका लागि अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेका छौँः गृहमन्त्री लेखक
गृहमन्त्री रमेश लेखकले सरकार विपद् प्रतिकार्य, खोज, उद्धार र राहतलगायत काममा अत्याधुनिक प्रविधि प्रयोग गर्ने अवस्थामा पुगेको बताउनुभएको छ ।
बीमितलाई समयमै नवीकरण गर्न स्वास्थ्य बिमा बोर्डको अनुरोध
स्वास्थ्य बिमा बोर्डले बीमितलाई समयमै नवीकरण गर्न अनुरोध गरेको छ। बोर्डले सूचना प्रकाशित गर्दै स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध बीमितलाई समयमै नवीकरण गर्न अनुरोध गरेको हो ।
सहरी विकास मन्त्रालयको वित्तीय प्रगति ५८.६ प्रतिशत
सहरी विकास मन्त्रालयले गत आर्थिक वर्ष २०८१र८२ मा बजेटमा उल्लेखित कार्यक्रम कार्यान्वयनमा वित्तीयतर्फ ५८ दशमलव छ प्रतिशत प्रगति हासिल गरेको छ ।
साउन लागेसँगै खाली हुँदै गाउँ बस्ती
बाजुराका अधिकांश गाउँ बस्ती खाली हुँदै गएका छन् । असार धान रोपाइँ सकिएसँगै साउनको पहिलो हप्ता देखि यहाँका युवा सबै रोजगारीका लागि धमाधम भारत जान थालेपछि ती गाउँ बस्ती यती बेला दिनप्रतिदिन खाली हुँदै गएका हुन् ।
‘सात दिनभित्र समितिका निर्देशनको प्रगति विवरण माग्ने निर्णय’
प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गत आर्थिक वर्ष २०८१-२०८२ मा विभिन्न निकायलाई दिएका निर्देशनको कार्यान्वयन प्रगति विवरण सात दिनभित्र माग्ने निर्णय गरेको छ ।
खानेपानीको आपूर्ति गर्न संघ संस्था सक्रिय
मधेश प्रदेशको विभिन्न भूभागमा उत्पन्न खानेपानीको समस्या समाधानका लागि मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दातृनिकायसँगको बैठकमा सहयोग गर्न आह्वान गरेपछि खानेपानीको आपूर्ति गर्न विभिन्न संघ संस्थाहरु सक्रिय भएका छन् ।
क्यालिफोर्नियामा मनाइयो बिपी स्मृति दिवस
अमेरिकाको क्यालिफोर्नियामा विविध कार्यक्रममा साथ विश्वेश्वर प्रसाद कोइरालाको ४३ औं स्मृति दिवस मनाइएको छ।
फेवातालको पहिचान र सुन्दरता जोगाउन जुटे पोखरेली
पोखराको फेवाताल केवल पर्यटकीय आकर्षणको मात्र होइन सामाजिक, सांस्कृतिक र वातावरणीय पहिचान पनि हो । फेवातालामा टलक्क टल्कने माछापुच्छ्रे हिम शृखङ्लाको मनमोहक दृश्य, तालबाराहीको मन्दिरको दर्शन, वरिपरिको हरियालीसहित शान्त वातावरण हेर्न बर्सेनि हजारौँ पर्यटक पोखरा आइपुग्छन् ।
फूलचोकीको जङ्गलमा हराएका आठ विद्यार्थीको १२ घण्टापछि उद्धार
ललितपुरको कोन्ज्योसोम गाउँपालिकाबाट फूलचोकी जङ्गलमा क्षेत्रमा हाइकिङ गएका आठ जना विद्यार्थीको १२ घण्टापछि सकुशल उद्धार गरिएको छ।
डेङ्गी र कोरोना देखिन थालेपछि गण्डकीमा सतर्कता
डेङ्गी र कोराना सङ्क्रमणको जोखिम बढेपछि गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आज मन्त्रालयमा आकस्मिक बैठक राखी मातहतका निकायलाई रोकथामको तयारीसहित उच्च सतर्कता अपनाउन निर्देशन दिनुभएको छ ।
हानिकारक पदार्थको प्रयोगबाट बच्न सचेतना आवश्यक छ : सभापति देउवा
नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले हानिकारक पदार्थको प्रयोगबाट बच्न सचेतना आवश्यक भएको बताउनुभएको छ ।
क्यान र कुवेत क्रिकेटबिच सम्झौता
नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेटबिच पुरुष र महिला क्रिकेटको हरेक वर्ष द्विपक्षीय क्रिकेट सिरिज आयोजना गर्ने सहमति भएको छ ।
सडक दुर्घटनामा एकको मृत्यु
मोरङको लेटाङमा मङ्गलबार दिउँसो सिटी सफारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
१७ लाख क्युविक गोलिया निकासी
ताप्लेजुङमा एक वर्षको अवधिमा करिव सत्र लाख क्युविक फिट गोलिया काठ निकासी भएको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका अनुसार पछिल्लो एक वर्षको अवधि अर्थात आर्थिक वर्ष २०८१/८२ मा उक्त परिमाणमा गोलिया काठ निकासी भएको छ।
विश्व चेस च्याम्पियनसिपमा विश्वविजयलाई सफलता
विश्व बुद्धिचाल महासङ्घको आधिकारिक वर्ल्ड आइपिसिए चेस च्याम्पियनसिपमा नेपालका विश्व विजय घिमिरेले पहिलो चरणको खेलमा सफलता हासिल गर्नुभएको छ ।
पहाडकी रानी बन्दीपुर
तनहुँको बन्दीपुर गाउँपालिकामा अवस्थित पर्यटकीयस्थल बन्दीपुर बजार । बाह्रै महिना शीतल, चिसो हावापानी भएको हुँदा बन्दीपुर आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ ।
रुकुमपूर्वमा च्याउ खाँदा एकको मृत्यु, तीन बिरामी
जङ्गली च्याउ खाएर रुकुमपूर्वमा एक बालकको मृत्यु भएको छ। तीन जना बिरामी हुनु भएको छ।
‘मिसन–२०२६ देश खुशी बनाउने योजना’
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले मिसन–२०२६ राष्ट्रलाई खुशी बनाउने योजना भएको बताउनुभएको छ ।
पाकिस्तानमा मनसुन प्रकोपः जनजीवन अस्तव्यस्त, सयौं प्रभावित
पाकिस्तानमा हालको मनसुन वर्षाले ठूलो जनधनको क्षति पुर्याएको छ ।
गाजा, सिरियामा आक्रमणलाई ‘सुधार’ गर्न नेतान्याहुलाई ट्रम्पको निमन्त्रणा : ह्वाइट हाउस
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा र सिरियामा भइरहेको इजरायली हवाई आक्रमण नियन्त्रण गरी स्थितिमा सुधार ल्याउन इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई बोलाउनुभएको ह्वाइट हाउसलाई उदृत गर्दै सिएनएनले जनाएको छ ।
२२ सय भन्दा बढीमा डेंगु पुष्टि, सबैभन्दा बढी गण्डकी प्रदेशमा
पुस यता दुई हजार भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले पुस यता ७३ जिल्लाबाट दुई हजार २१३ जनामा डेंगु पुष्टि भएको जानकारी दिनुभयो ।
फाइभ जी नेटवर्क छिटो सुचारु गर्न सञ्चार मन्त्रीको निर्देशन
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले जति सक्दो छिटो फाइभ जी नेटवर्क सुचारु गर्न नेपाल टेलिकम र नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिनु भएको छ ।
प्रहरीलाई उद्धार सामग्री प्रदान
ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिले प्रहरीलाई उद्धार सामग्री प्रदान गरेको छ। समितिले बाढी, पहिरो, आगलागीजस्ता विपतका घटनामा प्रयोग गरिने उद्धार सामग्री नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई उपलब्ध गराएको हो।