मस्को, वैशाख १० गते । किएभले सोमबार दक्षिणी सहर तुआप्सेको तेल प्रशोधन केन्द्रमा आक्रमण गरेपछि भएको ठुलो आगलागीका कारण रूसको तटीय सहरको आकाशमा कालो धुवाँको बाक्लो मुस्लो जम्मा भएको रूसी अधिकारीले बताएका छन् ।
रुसले यसै हप्ताको सुरुमा युक्रेनले ‘ब्ल्याक सी’ क्षेत्रको पेट्रोलियम पदार्थ प्रशोधन केन्द्रमा गरेको आक्रमणपछि दन्किएको आगो निभाउन सङ्घर्ष गरिरहेको स्थानीय अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् । “तुआप्से तेल प्रशोधन केन्द्रमा चार वटा भण्डारण ट्याङ्कीमा आगलागी भएको छ र आगलागी अझै जारी छ,” क्षेत्रीय आपतकालिन मुख्यालयले बिहीबार एएफपीलाई जानकारी गराएको छ ।
आगोले बुधबार विषाक्त वर्षा निम्त्याएको थियो । “हावामा विषाक्त कणको एकाग्रताका कारण वायु प्रदुषणको मात्रा ‘दुईदेखि तीन गुणा’ वृद्धि भएको थियो,” अधिकारीहरूले बताए अनुसार विषाक्त ध्वाँसोको वर्षाले तटीय क्षेत्रका बस्तीमा सतहमा कालोपन देखिएको छ । स्थानीयले सामाजिक सञ्जालमा सार्वजनिक गरेका अपुष्ट तस्बिरमा सहरमा ठुलो कालो बादल, समुद्र र समुद्री तटमा तेल पोखिएको र किनारमा मरेका माछा र चराचुरुङ्गीहरू रहेका देख्न सकिन्छ ।
छाडा कुकुर र बिरालाको शरिरको रौँ कालो अवशेषले ढाकिएको चित्रित गरिएको थियो, र साना कालो दागले भरिएका कार पार्क गरिएका थिए । सहरका अधिकारीले बुधबार बासिन्दालाई झ्याल बन्द गर्न, बाहिरी गतिविधि सीमित गर्न र बाहिर जान आवश्यक छ भने अनुहार मास्क लगाउन चेतावनी दिएका छन् ।
छुट्टी मनाउनेको बिचमा लोकप्रिय दक्षिणी रूसी सहर तुप्से युक्रेनको निशानामा धेरै पटक परेको छ । किएभले हालैका हप्तामा सी ऊर्जा निर्यातबाट रूसको राजस्वलाई पूभावित पार्न खोज्दै सेनाको लागि कोषको एक प्रमुख स्रोत मानिने रूसी तेल भर्ने बन्दरगाहमा आक्रमण बढाएको छ । रासस/एएफपी