एक महिनामा करिब दुई हजार पाँच सय अफगान कैदी इरान, पाकिस्तानबाट स्वदेश फिर्ता
छिमेकी मुलुक इरान र पाकिस्तानबको हिरासतमा रहेका करिब दुई हजार ५०० अफगान नागरिक गत एक महिनामा रिहा भई अफगानिस्तान फर्केको स्थानीय मिडिया टोलो न्यूजले शुक्रबार रिपोर्ट गरेको छ ।
एनकेएल प्लेयर ट्रायल्स आइतबारदेखि
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) को दोस्रो सिजनको लागि खेलाडी छनोटको रुपमा ‘प्लेयर ट्रायल्स’ आइतबारदेखि दशरथ रङ्गशालास्थित कभर्डहलमा हुने भएको छ ।
कृषि बिकास बैक कर्मचारी संघको रक्तदान कार्यक्रम
कृषि बिकास बैंक लिमिटेडको ५९ औ बार्षिक ऊत्सवको अवसरमा कृषि बिकास बैक कर्मचारी संघ नेपाल मुख्य कार्यालय समितिले आज मुख्य कार्यालयमा रक्तदान कार्याक्रम सम्पन्न गरेको छ ।
कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक
नेपाली कांग्रेसका विशेष महाधिवेशन पक्षधरहरुले आह्वान गरेको विशेष महाधिवेशनको तयारी तीव्र पारिएको छ।
अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न
मातृभाषा संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिकाबारे आयोजित अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सम्पन्न भएको छ । भारतको नालन्दा खुल्ला विश्वविद्यालयमा आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट मातृभाषको संरक्षण र प्रवर्धन गर्ने विषयमा छलफल गरिएको थियो ।
सन् २०२५ मा समुद्रबाट रेकर्ड ताप अवशोषित
विश्वका महासागरले सन् २०२५ मा अहिलेसम्मकै उच्च मात्रामा ताप अवशोषित गरेको तथ्य वैज्ञानिकको एक अन्तर्राष्ट्रिय टोलीले सार्वजनिक गरेको छ ।
क्रमिकले १६ थान सिमकार्ड चलाएपछि...
आन्तरिक राजस्व विभागबाट जारी भएको स्थायी लेखा नम्बर (प्यान) लगायतका कागजातको दुरुपयोग गरी आर्थिक कारोबार गर्ने १९ वर्षीया क्रमिक उप्रेती पक्राउ परेका छन् ।
शीतलहरबाट वच्न कम्बल बितरण
सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा ५ मा सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्मले विपन्न परिवारलाई शुक्रबार न्यानो कम्बल वितरण गरेको छ ।
भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी विपक्षी नेता मारिया कोरिना मचाडोसँग अर्को हप्ता वासिङ्टनमा भेटवार्ता हुने घोषणा गर्नु भएको छ । मचाडो भेटवार्ताका लागि अर्को हप्ता वासिङ्टन आउने राष्ट्रपति ट्रम्पले फक्स न्यूजसँगको अन्तर्वार्तामा बताइएको जनाइएको छ ।
रुखबाट लडेर महिलाको मृत्यु
दाउरा काट्ने क्रममा रुखबाट लडेर उदयपुरको चौडण्ढीगढी नगरपालिका –७ हाङबजार निवासी एक महिलाकोे शुक्रबार मृत्यु भएको छ ।
सबै मन्त्रालयमा ‘जिआइओएमएस’ अनिर्वाय गराइनुपर्छ : सञ्चारमन्त्री खरेल
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सबै मन्त्रालयमा एकीकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) अनिवार्य गराउने गरी काम गर्न सूचना प्रविधि विभागलाई निर्देशन दिनुभएको छ ।
घरमा आगलागी हुँदा आठ भैंसी जले
बाँकेको जानकी गाउँपालिका –२ नेवाजी गाउँमा एक स्थानीयको घरमा आगलागी हुँदा दुध दिने भैँसी लगायत आठवटा जनावर जलेर मरेका छन् ।
हत्या गरेको आशंकामा तीन जना पक्राउ
नवलपुरको मध्यविन्दु नगरपालिका –११ अरुणखोलामा एक जना महिलाको शव शङ्कास्पद अवस्थामा फेला परेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
राजविराज विमानस्थलबाट सुरु भएन रात्रिकालीन उडान
बुद्ध एयरले राजविराज विमानस्थलबाट दैनिक दुई उडान सञ्चालन गर्ने घोषणा गरेको एक वर्ष बितिसक्दा पनि रात्रिकालीन उडान अझै सुरु हुन सकेको छैन।
पाइलट मिलन चौधरी सम्मानित
थारू समुदायको विभिन्न विषयमा बहस चलाउँदै आएको बातचित घरले पाइलट मिलन चौधरीलाई सम्मान गरेको छ । थारू समुदायको इज्जत बढाउने काम गरेको भन्दै बातचित घरले उहाँलाई सम्मान गरेको हो ।
निर्वाचन प्रहरीमा भर्ना हुन फारम बुझाउनेको भिड
फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि निर्वाचन प्रहरीको भर्ना खुलेपछि आवेदन दिनेको भिड लागेको छ ।
आइसिसी महिला टी–२० विश्वकप ग्लोबल छनोट : नेपाल अभ्यास खेलमा स्कटल्यान्डसँग पराजित
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको खेलमा नेपाल स्कटल्यान्डसँग २७ रनले पराजित भयो ।
रूसी ट्याङ्कर कब्जापछि पुटिनसँग सम्पर्कबारे ट्रम्प मौन
एटलान्टिक महासागरमा रूसी झण्डा बोकेको एक तेल ट्याङ्कर अमेरिकी सेनाले कब्जा गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग यस विषयमा सम्पर्क भएको छ कि छैन भन्नेबारे स्पष्ट गर्न अस्वीकार गर्नुभएको छ ।
साफ फुटसल च्याम्पियनसिप खेल्ने टोलीको बिदाइ
थाइल्यान्डमा जनवरी १३ देखि २६ तारिखसमम आयोजना हुने साफ फुटसल च्याम्पियनसिपका लागि नेपालको पुरुष र महिला टोलीको बिदाइ गरिएको छ ।
राष्ट्रसङ्घका निकायबाट बाहिरिने अमेरिकी निर्णयप्रति राष्ट्रसङ्घ चिन्तित
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले संयुक्त राष्ट्रसङ्घका विभिन्न निकाय र कार्यालयबाट अमेरिका बाहिरिने ह्वाइट हाउसको घोषणामाथि खेद जनाउँदै चिन्ता व्यक्त गर्नु भएको छ ।
सङ्ग्रहालयको वार्षिक आम्दानी करोडभन्दा बढी
बागलुङ नगरपालिका –४ कुँडुले फेदीस्थित रङ्गवैंकटेश मुक्तिनारायण मन्दिर तथा शालग्राम सङ्ग्रहालयले एक करोडभन्दा बढी आम्दानी गरेको छ ।
युक्रेनमा नयाँ ‘ओरेसनिक’ ब्यालेस्टिक मिसाइल प्रयोग गरेको रुसको दाबी
रुसले युक्रेन विरुद्धको पछिल्लो आक्रमणमा नयाँ ‘ओरेसनिक’मध्यम दूरीको ब्यालेस्टिक क्षेप्यास्त्र प्रयोग गरेको दाबी गरेको छ ।
सशस्त्र प्रहरीद्वारा डाक्नेश्वरीमा कम्बल वितरण
सप्तरीको डाक्नेश्वरी नगरपालिका ५ स्थित सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म पातोद्वारा विपन्न, असहाय समुदायलाई न्यानो कम्बल वितरण गरिएको छ ।
चीन भ्रमणपछि कोरियाली राष्ट्रपति जापान जाँदै
चीन भ्रमण सकेर फर्किनुभएका दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले जापानका प्रधानमन्त्री साने ताकाइचीसँग वार्ता गर्न आगामी हप्ता जापान भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।