• १२ मंसिर २०८२, शुक्रबार

गृहमन्त्रीसँग मधेस प्रदेशका गृहमन्त्रीको भेट : सुरक्षा समन्वयलाई थप बलियो बनाइने

blog

गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारी भेट गर्नुहुँदै । तस्बिर : गृहमन्त्रीको सचिवालय

काठमाडौं, मङ्सिर १२ गते । गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले भेटवार्ता गर्नुभएको छ। भेटमा मधेस प्रदेशको समग्र शान्ति–सुरक्षा, अपराध नियन्त्रण र प्रदेश–सङ्घीय सुरक्षा समन्वयलाई थप मजबुत बनाउने विषयमा गहन छलफल भयो। 

मन्त्री अर्यालले मधेस प्रदेशको सुरक्षा सुदृढ गर्न केन्द्र सरकार पूर्ण प्रतिबद्ध रहेको बताउँदै सङ्घ र प्रदेशबिचको सहकार्यलाई अझ बलियो बनाइने विश्वास दिलाउनुभयो। 

उहाँले तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने सरकारको अटल प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। 

साथै, उहाँले प्रदेशको सुरक्षा व्यवस्थापनमा सहजता ल्याउन प्रहरी समायोजन ऐन कार्यान्वयनको प्रक्रियालाई शीघ्रता दिइने आश्वासन पनि दिनुभएको जानकारी गृहमन्त्रीको सचिवालयले दिएको छ ।