• ११ मंसिर २०८२, बिहिबार

अदालतलाई कम्प्युटर प्रिन्टर सहयोग

blog

सप्तरी जिल्ला अदालतलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण गरिँदै । तस्बिरः सुधा देव

सुधा देव

भारदह (सप्तरी), मङ्सिर ११ गते । नेपाल सहकारी संस्था लिमिटेड राजविराजले सप्तरी जिल्ला अदालतलाई कम्प्युर प्रिन्टर सहयोग गरेको छ । संस्थाको सामाजिक उत्तरदायित्व अन्तर्गत अदालतलाई १ थान कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो  । 

जेनजी आन्दोलनको क्रममा भदौ २४ गते अदालतमा तोडफोड, लुटपाट र आगजनी भएपछि कम्प्युटर, ल्यापटप, प्रिन्टरलगायत सामग्री अभावमा अदालतको दैनिक कामकाज सञ्चालन गर्न समस्या भइरहेको थियो । 

उपलब्ध भएको कम्प्युटर र प्रिन्टरले काममा सहयोग पुग्ने उद्देश्यले सानै भए पनि सहयोग गरेको सहकारीसँग आबद्ध रहनु भएको रन्धीर कर्णले बताउनुभयो । सानै सहयोग भए पनि अदालतको डिजिटल सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन र सेवाग्राहीलाई छिटो र सहज ढङ्गले न्यायिक सेवा उपलब्धमा सहयोग मिल्ने विश्वास लिएको अदालतका स्रेस्तेदार श्यामहरि अधिकारीले बताउनुभयो ।

संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै सार्वजनिक हितमा गरेको सहयोगका लागि उहाँले संस्थालाई धन्यवाद दिनुभयो ।