• ११ मंसिर २०८२, बिहिबार

फरार रहेका दुई प्रतिवादी पक्राउ

blog

धीरेन्द्रप्रसाद साह

राजविराज, मङ्सिर ११ गते । सप्तरी प्रहरीले कैद तथा जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीलाई पक्राउ गरी बिहीबार अदालतमा पेस गरेको छ। फैसला कार्यान्वयन प्रक्रियालाई तीव्रता दिने क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरी र इलाका प्रहरी कार्यालय बोदेबर्साइनबाट खटिएको संयुक्त प्रहरी टोलीले बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।

सप्तरी जिल्ला अदालत, राजविराजबाट नकबजनी चोरी मुद्दामा सजाय तोकेर फरार रहेका प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा जिल्लाको बोदेबर्साइन नगरपालिका–५ बस्ने शीतल मण्डल र राजनकुमार साह रहेको  प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।

उहाँका अनुसार मण्डल  ‘नकबजनी चोरी’ मुद्दामा दुई महिना आठ दिन कैद र पाँच हजार जरिवाना तोकिएको अवस्थामा फरार थिए । यसैगरी, साह पनि ‘नकबजनी चोरी’ मुद्दामा दुई महिना आठ दिन कैद सजायको फैसलापछि फरार रहेका थिए । दुवै जना गरी जम्मा चार महिना १६ दिन कैद तथा पाँच हजार जरिवाना भुक्तानीको लागि अदालतमा पेस गरेको उहाँले बताउनुभयो।

प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रनाउ पुरीका अनुसार अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन प्रहरी सक्रिय रूपमा लागिरहेको छ।