पतिको कामना गर्दै मनाइयो ‘बर्साइत’ पर्व
मिथिलाञ्चलमा शनिबार विवाहित मिथिलानी (महिला) ले ‘बर्साइत’ पर्व मनाएका छन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ । बटसावित्री पनि भनिने यो पर्वमा विवाहित मिथिलानी आआफ्ना बस्तीका बटवृक्ष (बरको रुख) नजिक जम्मा भएर सामूहिक रूपमा मनाउँछन् । नयाँ नयाँ लुगा लगाएका मिथिलानी सती सावित्रीको उच्च चरित्रको वर्णन गरिएका गीत सामूहिक रूपमा गाउँदै आफ्नो अटल सौभाग्यको कामना गर्छन् । यस अवसरमा सावित्रीको कथा भन्ने सुन्ने गरिन्छ ।
सडक मानव खोज्दै मानव सेवा आश्रम
सडक आश्रित तथा सहयोगापेक्षी मानवको उद्धार अभियान अन्तर्गत मानव सेवा आश्रमको टोली शनिबार धनुषाको ढल्केबर आइपुगेको छ ।
सप्तरीमा १४१ किलो गाँजासहित दुई जना पक्राउ
सप्तरी प्रहरीले ठुलो परिणाममा लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ।
सबैसँग समन्वय गरेर काम गर्छु :उपसचिव अर्याल
सर्लाहीको हरिपुर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरुवा भएर आउनुभएका उपसचिव जगदीश अर्यालले नगरको विकासका लागि सबै पक्षसँग समन्वय गरेर काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मिथिला बिहारीमा ४८३ परिवारलाई लालपुर्जा वितरण
धनुषाको मिथिला बिहारी नगरपालिकामा ४८३ परिवारलाई गाउँब्लक जग्गाको लालपुर्जा वितरण गरिएको छ ।
एक हप्तामै तीनको मृत्यु
बरहथवा–मधुवनी सडक अन्तर्गत सर्लाहीको रामनगर गाउँपालिका–५, बैजनाथ चोकमा मङ्गलबार साँझ ज. ७ प. २६१३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भयो । हेल्मेट नलगाएका कारण मोटरसाइकलचालक भारतको सितामढीका ३५ वर्षीय गौरव पटेलको टाउकोमा गहिरो चोट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार चालकले हेल्मेट नलगाएको मात्र होइन, घटनास्थलको प्रकृति हेर्दा मोटरसाइकल पनि तीव्र गतिमा रहेको जस्तो देखिन्छ ।
अध्यक्षको जिम्मेवारीमा फर्किनुभयो दीनानाथ चौधरी
सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका अध्यक्ष दीनानाथ चौधरी पुनः जिम्मेवारीमा फर्किनुभएको छ । उच्च अदालत जनकपुर राजविराज इजलासले बुधबार चौधरीका पक्षमा फैसला गरेपछि शुक्रबारदेखि चौधरी अध्यक्षको जिम्मेवारीमा फर्किनुभएको हो । अध्यक्ष चौधरीलाई प्रमुख प्रशासकीय अधिकृत धीरेन्द्र यादवसहितका कर्मचारीले कार्यालयमा स्वागत गर्नुभएको थियोे ।
मुख्यमन्त्रीको विश्वासको मत लिने कार्यक्रम सर्यो
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले जेठ ८ गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सभाबाट शुक्रबार विश्वासको मत लिने कार्यक्रम भए पनि तयारी नपुगेको भन्दै जेठ ८ का लागि सारिएको छ ।
सामुदायिक विद्यालयमा बढ्दै आकर्षण
धनुषाको मिथिला नगरपालिका क्षेत्रभित्रका सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पठनपाठन र निःशुल्क सवारी सुविधाले विद्यार्थीको आकर्षण बढ्न थालेको छ । सामुदायिक विद्यालयमै गुणस्तरीय शिक्षा दिने उद्देश्यले यहाँका अधिकांश विद्यालयले अङ्ग्रेजी माध्यमबाट पढाउन सुरु गरेपछि विद्यार्थीको चाप बढ्न थालेको हो ।
महेन्द्रनगरमा १५ शय्याको अस्पताल भवन निर्माण सुरु
छिरेश्वरनाथ नगरपालिका–५, महेन्द्रनगरमा १५ शय्याको सुविधा सम्पन्न अस्पताल भवन निर्माण कार्य सुरु गरिएको छ । नगरवासीलाई सहज, सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण अघि बढाइएको हो ।
बभनगामाका अग्निपीडितलाई पाँच लाख बराबरको राहत
सेभ द चिल्ड्रेनको सहयोगमा सेभद सप्तरीले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ बभनगामाका अग्निपीडित परिवारलाई करिब पाँच लाख रुपियाँ बराबरको राहत सामग्री शुक्रबार वितरण गरेको छ ।
आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै
मधेशका महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा शनिबार विवाहित मिथिलानी ‘बर्साइत’ पर्व मनाउँदैछन् । जेठको औँसीका दिन अटल सौभाग्यको कामना गर्दै यो पर्व मनाउने परम्परा छ ।
काज फिर्ता नहुँदा प्रादेशिक अस्पताल गौरको सेवा प्रभावित
प्रादेशिक अस्पताल गौरमा चिकित्सक अभाव भएपछि स्वास्थ्य सेवा प्रभावित हुन थालेको छ । दरबन्दीअनुसार चिकित्सक नहुँदा बिरामीको उपचारमा समेत समस्या देखिएको अस्पताल प्रशासनले जनाएको छ ।
सप्तरीमा १४१ किलो गाँजासहित ५ पक्राउ
जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न आपराधिक क्रियाकलाप र मुद्दामा संलग्न रहेको आरोपमा ५ जना प्रतिवादीहरूलाई पक्राउ गरेको छ। प्रहरीले लागुऔषध ओसारपसार, अभद्र व्यवहार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको हो ।
इँटा भट्टामा पुरिएर तीन मजदुरको मृत्यु
सर्लाहीको हरिपुर नगरपालिका –५ मजुर्बास्थित कृष्ण इँटा भट्टामा पुरिएर शुक्रबार साँझ तीन जना मजदुरको मृत्यु भएको छ ।
ठूलो स्वरमा डिजे नबजाउन अनुरोध
जिल्ला प्रशासन कार्यालय सप्तरीले ठूलो स्वरमा बाजा तथा डिजे बजाउने कार्य नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
रौतहटमा एचआइभी सङ्क्रमितको सङ्ख्या उच्च
रौतहटमा एचआइभी/एड्स सङ्क्रमितको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटको तथ्याङ्कअनुसार हाल जिल्लामा चार सय २५ जनामा एचआइभी सङ्क्रमण पुष्टि भएको छ ।
बिचौलियाले लगेको चिठी फिर्ता
सर्लाही जिल्लामा पूर्वाधार विकास कार्यालय मलङ्गवाले बिचौलियालाई प्रदान गरेको योजनाको चिठी फिर्ता लिएर वडा कार्यालयलाई दिएको छ । ‘पूर्वाधार विकास कार्यालयबाट योजना बिव्रmी भएको गुनासा’ शीर्षकमा वै
मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार बस्ने मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिनुहुने भएको छ ।
मधेशमा पोषण सुधार हुनुपर्नेमा सभामुख यादवको जोड
मधेश प्रदेशसभाका सभामुख रामआशिष यादवले कुपोषण न्यूनीकरण तथा मातृशिशु स्वास्थ्य सुधारका लागि प्रदेश सरकार, स्थानीय तह र सरोकार भएका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभएको छ ।
अव्यवस्थित बसोबासीभन्दा सुकुमवासीको सङ्ख्या बढी
धनुषामा अव्यवस्थित बसोबासीभन्दा भूमिहीन सुकुमवासीको सङ्ख्या धेरै रहेको पाइएको छ । भूमि समस्या समाधान आयोग जिल्ला समिति धनुषाले सङ्कलन गरेको तथ्याङ्क अनुसार जिल्लामा छ हजार ४९७ अव्यवस्थित बसोबासी छन् भने सात हजार ६९४ सुकुमवासी रहेका छन् ।
सप्तरीमा फरक–फरक मुद्दाका तीन जना पक्राउ
सप्तरी जिल्ला प्रहरीले विभिन्न तीन वटा मुद्दामा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामाथि अभद्र व्यवहार, आत्महत्या दुरुत्साहन तथा लागुऔषधसम्बन्धी मुद्दाका आरोप रहेको प्रहरीले जनाएको छ ।
बजार अनुगमन नहुँदा उपभोक्ता ठगिँदै
रौतहट जिल्लाका विभिन्न बजारमा अनियन्त्रित मूल्यवृद्धिका कारण उपभोक्ता ठगिँदै आएको गुनासो बढेको छ । गौर, गरुडा, कटहरिया, गङ्गापिपरा, समनपुरलगायत बजारमा सामानको मूल्य एकाएक बढेको स्थानीयले बताएका छन् ।
रात्रिबसको ठक्करबाट पैदलयात्रीको मृत्यु
महेन्द्र राजमार्गअन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–११, मा बुधबार मध्यराति बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।