• २६ चैत २०८२, बिहिबार

कपडा पसलमा आगलागी हुँदा तीन लाखको क्षति

blog

फाइल तस्बिर

 विनय कर्ण 

कल्याणपुर (सप्तरी), चैत २६ गते । सप्तरीको छिन्नमस्ता गाउँपालिका स्थित एक कपडा पसलमा आगलागी हुँदा तीन लाख बराबरको क्षति भएको छ ।

गाउँपालिका-६, कोचाबखारीमा बुधबार राति आगलागी हुँदा स्थानिय २७ वर्षीया मीना साहले घर अगाडि काठको घुन्तीमा सञ्चालन गर्नुभएको कपडा पसलमा अचानक आगलागी हुँदा सो मूल्य बराबरको क्षति भएको हो । 

आगलागीबाट साहको कपडा पसल पूर्णरूपमा जलेर नष्ट भएको छ भने पसलभित्र रहेका लत्ता कपडा, ब्युटी पार्लरका सामान तथा एक थान सिलाइ मेसिनसहित करिब तीन लाख रुपियाँ बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो । 

आगो स्थानीयवासी र नेपाल प्रहरीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो ।