लहान आयुर्वेदिक औषधालयमा औषधी र खानेपानीको अभाव
लहान नगरपालिका वडा नम्बर १ मा रहेको लहान आयुर्वेदिक औषधालयमा औषधीको अभाव र खानेपानीको समस्या देखिएको छ।
यादव सेवा समितिका पूर्वअध्यक्ष प्रयागको निधन
यादव सेवा समितिका पूर्वअध्यक्ष तथा समाजसेवी, अवकाशप्राप्त इन्जिनियर प्रयागलाल यादवको निधन भएको छ।
बर्दीबास उद्योग वाणिज्य संघमा कार्की प्यानल विजयी
बर्दीबास उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा दीपकबहादुर कार्कीको प्यानल विजयी भएको छ।
महोत्तरीमा एक युवकको शव फेला
महोत्तरीमा एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीको अनुसार गौशाला नगरपालिका–११ स्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत मरहा खोलाको पुलभन्दा करिब ४०–५० मिटर दक्षिणतर्फ सडकछेउको झाडीमा बुधबार दिउँसो एक अपरिचित युवकको शव फेला परेको हो ।
डाइभर्सन बगाउँदा हरिवनमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध
सर्लाहीको हरिवनस्थित चापिनी खोलामा डाइभर्सन बगाएपछि बिहीबार बिहान ४ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको छ ।
सामाजिक विकृति हटाउने योजना
प्रतिनिधि सभा सदस्य निनुकुमारी कर्णले समाजमा देखिने विकृतिलाई हटाउन प्रयास गर्ने बताउनुभएको छ । मधेशमा अहिले युवामा लागुऔषधको प्रयोग विकृतिको रूप लिइसकेकाले यस समस्यालाई रोक्न हरसम्भव प्रयास गर्ने उहाँले बताउनुभयो ।
अभद्र व्यवहार मुद्दामा दुई जना पक्राउ
सप्तरी प्रहरीले अभद्र व्यवहार मुद्दामा संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरिएको छ। अभद्र व्यवहार मुद्दामा सप्तरीको महादेवा गाउँपालिका–६ निवासी २८ वर्षीय ललटु यादव र राजविराज नगरपालिका–१० निवासी २५ वर्षीय ओमकुमार मण्डललाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो।
सय बुँदे कार्यक्रममा मुक्त हरवाचरवाको पुनःस्थापना समेट्न माग
राष्ट्रिय हरवाचरवा अधिकार मञ्चले संघीय सरकारले सार्वजनिक गरेको १०० बुँदे कार्यक्रममा मुक्त हरवाचरवाको पुनःस्थापनासम्बन्धी विषय समावेश नगरिएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
सप्तरीमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग
निर्माण व्यवसायी संघ सप्तरीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि नियन्त्रणको माग राखी नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।
मधुवा रोगले मधेस प्रदेशमा आँप उत्पादन घट्ने अनुमान
मधेस प्रदेश कृषि विकास निर्देशनालय जनकपुरधामले आँपको रुखमा मधुवारोग लागेका कारण आँप उत्पादनमा ह्रास आउने अनुमान गरेको छ।
थोरै तर इमान्दार कार्यकर्तासहित कांग्रेस अघि बढ्छ : सभापति थापा
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको भीडभन्दा गुणस्तरीय र प्रतिबद्ध कार्यकर्तामा जोड दिने बताउनुभएको छ ।
करेन्ट लागेर बालकको मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका–१२, घारिबथानमा बुधबार करेन्ट लागेर एक बालकको मृत्यु भएको छ ।
हरिपूर्वा नगरपालिका कार्यालयमा तालाबन्दी
सर्लाहीको दक्षिण–पूर्वी भेगस्थित हरिपूर्वा नगरपालिकामा बुधबार युवाले तालाबन्दी गरेका छन् । सडक र नाला निर्माणको माग गर्दै हरिपूर्वा नगरपालिका –३, धनकौल पूर्वारी गाउँका युवाले नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।
कोशी प्रदेशमा पर्यटन प्रवर्धनका लागि पर्यटन पत्रकारिता तालिम धनकुटामा सुरु
कोशी प्रदेशमा पर्यटन प्रवर्धन गर्ने उद्देश्यले पर्यटन पत्रकारिता तालिम धनकुटाको साँगुरीगढी गाउँपालिका-स्थित नाम्जे थुम्कीमा बुधबार उद्घाटन गरिएको छ।
मोटरसाइकल चोरीको आरोपमा दुई जना पक्राउ
सप्तरी प्रहरीले मोटरसाइकल चोरी मुद्दामा सहित संलग्न दुई जना प्रतिवादीलाई पक्राउ गरिएको छ।
सप्तरीमा दुईजना फरार प्रतिवादी पक्राउ
फैसला कार्यान्वयनको क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीले विभिन्न मुद्दामा सजाय सुनाइएपछि फरार रहेका दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ।
गण्डक नहर सरसफाइ अभियान तीव्र गतिमा
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयले गण्डक नहरमा थुप्रिएको बालुवा, माटो तथा झारपात हटाउँदै सरसफाइ अभियानलाई तीव्र गतिमा अघि बढाएको छ ।
कमसल निर्माण : उप्कियो गौर–गंगापिपरा–फुलबरिया सडक
रौतहटको गौर–गंगापिपरा–फुलबरिया सडक कालोपत्रे निर्माण कार्य सम्पन्न नहुँदै भत्किन थालेको छ। जिल्लाको महत्त्वपूर्ण योजनाका रूपमा रहेको गौर नगरपालिका–८ स्थित हनुमान मन्दिरदेखि माधवनारायण नगरपालिका–७ कुशवाहा चोकसम्मको १२ किलोमिटर सडकखण्डमध्ये कालोपत्रे गरिएको अधिकांश भागमा भत्किने, भासिने, उप्किने तथा ठाउँ–ठाउँमा चिरा पर्ने समस्या देखिएको छ।
मधेशका विभिन्न सरकारी कार्यालयबाट ३३ जना बिचौलिया पक्राउ
मधेश प्रदेशका विभिन्न सरकारी कार्यालयहरूमा सक्रिय ३३ जना बिचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विद्युत प्राधिकरण वितरण केन्द्रका प्रमुख घुस रकमसहित पक्राउ
सप्तरीस्थित नेपाल विद्युत प्राधिकरण कञ्चनपुर, बितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्र कुमार दास एक लाख ४० हजार रुपियाँ घुस रकमसहित पक्राउ परेका छन् ।
मोटरसाइकल दुर्घटनाको थप विवरण: मृतक र घाइतेको विवरणसहित
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार दुई मोटरसाइकल जुधेर भएको आगलागीमा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
मोटरसाइकल ठोक्किँदा तीनको मृत्यु, तीन घाइते
महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका र एकडारा गाउँपालिकाको सीमामा मङ्गलबार भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु हुनुका साथै तीन जना घाइते भएका छन् ।
एसईई परीक्षामा चिट चोराउने शिक्षकसहित चार जना पक्राउ
मङ्लबार भइरहेको एसईई परीक्षामा मर्यादा उलङ्घन गर्ने र गराउँदै गरेका एक शिक्षकसहित चार जना युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ढल्केबर मालापोतमा करार नियुक्तिको विरोध
धनुषाको ढल्केबरमा रहेको मालापोत कार्यालयमा करारका कर्मचारी नियुक्ति गरिएको विषयलाई लिएर विवाद उत्पन्न भएको छ ।