सर्लाहीको क्षेत्र नं. १ र २ बाट कांग्रेसका उम्मेदवार सिफारिस
सर्लाहीमा नेपाली कांग्रेसले क्षेत्र नं. १ र २ बाट प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ ।
बालबालिकासम्बन्धि ऐन कार्यान्वयन प्रभावकारी नभएको गुनासो
बालबालिकाको संरक्षण तथा सशक्तिकरणका लागि विभिन्न खालका ऐन कानुनको निर्माण भए पनि कार्यान्वयनको अवस्था प्रभावकारी नभएको कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् ।
‘विधिको शासनका लागि मानव अधिकारको रक्षा जरुरी छ’
प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विधिको शासनलाई जीवन्त राख्न मानव अधिकारको रक्षा र संरक्षण जरुरी रहेको बताउनुभएको छ ।
पडरियामा कृषि हाटबजार लगाउन सुरु
लहान नगरपालिका-११, पडरिया बैठारमा समाजका अगुवाहरूको सक्रियतामा कृषकहरूलाई उत्पादनमा जोड दिन कृषि हाटबजार लगाउन सुरु गरिएको छ ।
काममा आलटाल गरेको भन्दै डिभिजन वन कार्यालयमा तोडफोड
रौतहटको चन्द्रनिगाहपुरमा रहेको डिभिजन वन कार्यालयमा मङ्गलबार साँझ तोडफोड भएको छ । रंगपुर साझेदारी वन उपभोक्ता समूहका पदाधिकारीहरुले कार्यालय समय पश्चात आएर तोडफोड गरेको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्तप्रसाद साहले जानकारी दिनुभयो ।
कृषि क्षेत्रको प्रवर्धनका लागि डाक्नेश्वरीमा एग्रो एक्सपो हुने
सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एग्रो एक्सपो २०८२ आयोजनाका लागि छलफल सुरु गरिएको छ ।
मधेशमा महिला हिंसा बढ्दै, १४१ घटना दर्ता
मधेश प्रदेशमा महिलामाथि हुने विभिन्न खालका हिंसाका घटना वृद्धि भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
उखुको मूल्य निर्धारणमा चित्त बुझाउँदै किसान
सरकारले सोमबार उखुको मूल्य र अनुदान रकम निर्धारण गरेको छ । तर महोत्तरीका उखु किसानले भने सरकारले आपूmहरुको मागअनुसार मूल्य नतोके पनि गत वर्षभन्दा केही बढाएको उल्लेख गर्दै चित्त बुझाएका छन् ।
औरही पालिकाद्वारा कमला पुल निर्माणका लागि एक करोड सहयोग
सिरहा–धनुषा जोड्ने कमला नदीमा जनस्तरबाट पुल निर्माणका लागि सिरहाको औरही नगरपालिकाले एक करोड सहयोग गरिने घोषणा गरेको छ ।
सप्तरीबाट हराएका १११ जना अझै बेपत्ता
सप्तरीबाट हराएका एक सयभन्दा बढी बालबालिका, महिला तथा ज्येष्ठ नागरिक फेला पर्न नसकेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।
अलपत्र सामूहिक आवास भवन दुर्व्यसनीकर्ताको थलो बन्यो
सर्लाहीको लालबन्दी नगरपालिका–२, पुनःवासस्थित पाँचकुमार प्राथमिक विद्यालय पछाडि निर्माण गरिएको सामूहिक आवास भवन वर्षौदेखि अलपत्र रहेको छ ।
मुख्यमन्त्री यादवद्वारा विभिन्न शक्तिपिठमा पूजाअर्चना
मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले रौतहटका विभिन्न शक्तिपिठमा पूजाअर्चना गर्नुभएको छ ।
गौर हत्याकाण्ड प्रकरण ‘अनुसन्धान नगर्ने छुट हुन्न’
सर्वोच्च अदालतले फौजदारी मुद्दा अनुसन्धानका लागि घटनाबारे जाहेरी परेपछि अनुसन्धान तहकिकात कार्य नगरी बस्ने छुट नहुने व्याख्या गरेको छ । दुई दशकअघिको गौर हत्याकाण्ड अनुसन्धानका विषयमा दायर रिटमा अनुसन्धानका लागि परमादेश जारी गर्दै सर्वोच्चले जाहेरीपछि यथाशीघ्र प्रमाण संरक्षणसमेत हुनुपर्ने व्याख्या गरेको छ । न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले भदौ २ गते जारी गरेको परमादेशको पूर्णपाठमा यस्तो उल्लेख छ । जाहेरी परेपछि अनुसन्धान गर्ने निकाय निन्द्रामग्न अवस्थामा रहने छुट नभएको टिप्पणी अदालतको छ ।
तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा
वीरगञ्ज महानगरपालिकाले व्यवस्थित तरकारी तथा फलफूल थोक बजार सञ्चालनमा ल्याएको छ । व्यवस्थित तरकारी तथा फलफूल थोक बजारको अभाव रहेकोमा वीरगञ्जमा आइतबार बजार शुभारम्भ गरिएसँगै अभाव पूरा भएको छ ।
बेथिति हटाउँदै सुशासन कायम गर्ने मुख्यमन्त्री यादवकाे प्रतिबद्धता
मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले मधेश प्रदेशमा बेथिति रहेकोले बेथिति हटाउँदै सिस्टममा ल्याउने र सुशासन कायम गर्ने पहिलो प्राथमिकता रहेको बताउनु भएको छ ।
युवा पुस्ताको नेतृत्वमा बन्ने सरकारले मात्रै परिर्वतन सम्भव : मन्त्री गुप्ता
सङ्घीय सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले चुनावपछि युवाहरूको नेतृत्वमा बन्ने सरकारबाट मात्रै परिर्वतन समभव हुने बताउनुभएको छ ।
करार कर्मचारीको म्याद थप गर्ने सहमतिसँगै २५ दिनदेखि जारी तालाबन्दी अन्त्य
रौतहटको फतुवा विजयपुर नगरपालिकामा २५ दिनदेखि जारी तालाबन्दी आइतबारदेखि अन्त्य भएको छ । नगरपालिका कार्यालयमा कार्यरत करार कर्मचारीको २०८३ असार महिनासम्मको म्याद थप गर्ने सहमति भएसँगै तालाबन्दी खुलेको नगरपालिकाका लेखा अधिकृत कामेश्वर सहनीले जानकारी दिनुभयो ।
माग सम्बोधन हुने आशमा उखु कृषक
तराईका किसानको प्रमुख आयस्रोत मानिने उखुखेती अहिले आन्दोलन, अनिश्चितता र सरकारी ढिलासुस्तीको तेहोरो मारमा परेको छ ।
बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका गर्न निर्देशिका सार्वजनिक
लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसरमा राजविराज नगरपालिकाले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा रोकथामका लागि स्थानीय नीतिसहितको निर्देशिका सार्वजनिक गरेको छ ।
वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
वीरगञ्ज महानगरले रेल्वेसडकस्थित छपकैयाँमा निर्माण गरेको तरकारी तथा फलफूल बजार सञ्चालनमा ल्याएको छ । वीरगञ्जमा थोकबजारको अभावलाई यसले परिपूर्ति गर्ने विश्वास लिइएको छ ।
प्रथम हरिपुर गोल्डकप सुरु
प्रथम हरिपुर गोल्डकप फुटबल प्रतियोगिता–२०८२ मा एभरेष्ट फुटबल एकेडेमी लालबन्दीले विजयी सुरुवात गरेको छ ।
फरार प्रतिवादी पक्राउ
सप्तरी प्रहरीले चार वर्ष १८ दिन कैद सजाय पाएका एक जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
मधेश प्रदेश सरकारको पाँच निर्णय
मधेश प्रदेश सरकारको नवगठित मन्त्रिपरिषदको आइतबार बसेको वैठकले नेकपा (एमाले) का सरोजकुमार यादव नेतृत्वका सरकारले गरेका केही निर्णयहरु बदर गर्दै पाँच निर्णय गरेको छ ।
मधेश प्रदेशमा चार सदस्यीय मन्त्रिपरिषद्
मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम आइतबार मन्त्रालयको जिम्मेवारी तोक्दै मन्त्रिपरिषद् गठन गर्नुभएको हो।