तीन चिनी मिलले थाले उखु पेल्न
मधेश प्रदेशमा सञ्चालित तीन वटा चिनी मिल सञ्चालनमा आएका छन् । सञ्चालनमा आएका चिनी मिलमा सर्लाहीमा दुई र महोत्तरीमा एक रहेका छन् । सर्लाहीका इन्दुशङ्कर चिनी उद्योग हरिवन र महालक्ष्मी चिनी उद्योग बगदह सञ्चालनमा आएका हुन् । इन्दुशङ्कर चिनी उद्योगका प्रबन्धक योगनारायण रजकले सोमबार बिहान १० बजेदेखि मिल सञ्चालन गरी उखु पेल्न सुरु गरिएको जानकारी दिनुभयो । इन्दुशङ्कर चिनी उद्योगमा दैनिक ३५ हजार र १५ हजार गरी ५० हजार क्विन्टल उखु पेल्ने क्षमता भएको बेग्लाबेग्लै दुई वटा मिल छन् । अहिले सुरुमा ३५ हजार क्षमताको मिल चलाएर उखु पेल्न सुरु गरिएको उहाँले बताउनुभयो ।
सप्तरीमा हराएका चार बालबालिका फेला
सप्तरीको तिरहुत गाउँपालिका–३, गोइठी टोलबाट हराएका चार जना बालबालिका सकुशल फेला परेका छन्।
'पूर्ण समानुपातिक निर्वाचन प्रणाली आवश्यक छ'
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सचिव शैलेन्द्रप्रसाद साहले निर्वाचन लोकतन्त्रको आधारशिला भएको बताउँदै अब पूर्ण समानुपातिक निर्वाचन प्रणाली अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण
मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गर्नु भएको छ ।
चिसोले सप्तरीको जनजीवन प्रभावित
सप्तरीमा एक सातादेखि बढेको चिसोले यहाँको जनजीवन प्रभावित भएको छ । अत्यधिक जाडोसँगै चलेको चिसो हावाले सदरमुकाम राजविराजसहित ग्रामिण भेगका जनजीवन प्रभावित बनेको हो ।
साडीमा आगो लाग्दा सप्तरीमा महिला गम्भीर घाइते
सप्तरीको राजगढ गाउँपालिकामा घुरबाट आगो सल्किएर साडीमा लाग्दा जलेर एक वृद्ध महिला गम्भीर घाइते हुनुभएको छ ।
तिलाठी गाउँपालिकाको १ र २ वडा बालविवाह मुक्त घोषणा
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको वडा न १ र २ बालविवाह मुक्त वडा घोषणा गरिएको छ ।
तोकिएको मितिमै निर्वाचन हुनुपर्छ : केन्द्रीय सदस्य संग्रौला
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्वाचनको विकल्प नरहेको बताउनुभएको छ । मधेश भ्रमणको क्रममा आइतबार रौतहट आउनुभएको उहाँले देशलाई निकास दिन र जेनजी पुस्ताको माग सम्बोधनका लागि तोकिएको मितिमा प्रतिनिधि सभा निर्वाचन हुनुपर्ने बताउनुभएको छ ।
मुसहर बस्तीमा मदिरा बिक्रीमा रोक लगाउन स्थानीयको माग
दलित समुदायमा अति विपन्न र मुसहर समुदायका युवाहरु ४० नपुग्दै मृत्यु हुन थालेपछि मरिदा बिक्रीमा रोक लगाउन माग गरिएको छ । घरेलु मदिराको अत्यधिक सेवनले मृत्यु भइरहेकाले मदिराको बिक्री रोक लगाउन स्थानीयले माग गरेका छन् ।
बलानबिहुलका तत्कालीन अध्यक्षसहित पाँच जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बलानबिहुल गाउँपालिकामा नमुना विद्यालय भवन निर्माणको ठेक्कामा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।
उखु जलेपछि राहत खोज्दै किसान
बिक्री गर्ने बेला भएको उखु जलेपछि सर्लाहीको गोडैता नगरपालिका–४, रोहुवाका किसानले राहत माग गर्न थालेका छन् । गत सोमबार फैलिएको आगलागीका कारण करिब ५० बिघामा लगाएको उखु जलेको थियो । आगलागीबाट जलेको उखु खेतीको निरीक्षण गर्न अहिले मन्त्री, सांसद, जनप्रतिनिधि र विभिन्न राजनीतिक दलका नेतालाई भ्याइनभ्याइ छ ।
मधेश प्रदेशमा सभामुख चयन प्रक्रिया सुरु
मधेश प्रदेशमा सभामुख चयनको प्रक्रिया सुरु भएको छ ।
शिक्षण सिकाइमा ध्यान दिन अभिभावकलाई आग्रह
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरको पुरानो विद्यालय लक्ष्मी चण्डी मुरारका माध्यमिक विद्यालयका (लचमुमावि) शिक्षकहरुले शिक्षण सिकाइको वातावरण निर्माणमा ठुलो भूमिका अभिभावकहरुको भएकोले अभिभावकहरुलाई यसप्रति ध्यान दिन आग्रह गरेका छन् ।
चिसोले गरिब बस्तीको जनजीवन कष्टकर
मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन पुस लागेयता बढ्दै गएको जाडोले प्रभावित बनेको छ ।
दुई जनामाथि चुलेसी प्रहार, पाँच जना फरार
सप्तरीको कञ्चनरूप नगरपालिका-११, गोरपारमा आगलागी र त्यसपछि उत्पन्न विवादका क्रममा खुकुरी तथा चुलेसी प्रहार हुँदा दुई जना घाइते भएका छन् ।
राजपुर नगरपालिकामा आज शोक बिदा
रौतहटको राजपुर नगरपालिकामा आइतबार शोक बिदा दिइएको छ । नगरपालिकाका सवारी चालक रोज कमरुल होदाको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको हो ।
चिसोले मधेशको जनजीवन प्रभावित
तराई मधेशमा दुई दिनदेखि बाक्लो हुस्सु र चिसो हावाका कारण चिसो ह्वात्तै बढेपछि मधेश प्रदेशको जनजीवन प्रभावित भएको बनेको छ । बाक्लो हुस्सु लागेर तुसारो पर्दा मानिसलाई घरबाहिर निस्कनै
सवारी दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते
रौतहटको चन्द्रपुर नगरपालिका–१० स्थित चन्द्रनिगाहपुर–गौर सडक खण्डको बाल्चनपुरमा शनिबार साँझ ७ः३० मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
चिसो बढेपछि राहतको पर्खामा विपन्न समुदाय
दुई दिनदेखि एकासी बढेको चिासोका कारण विपन्न समुदायको जनजीवन कष्टकर हुँदै गएको छ । विपन्न समुदायमा पनि मुसहर समुदाय चिसोबाट निकै प्रभावित भइरहेको छ ।
मधेश प्रदेश सभामुखका लागि दुई जनाको उम्मेदवारी
मधेश प्रदेशसभामा रिक्त रहेको सभामुख पदका दुई जना प्रदेशसभा सदस्यको उम्मेदवारी परेको छ।
निर्वाचनका लागि कांग्रेस सप्तरीको उम्मेदवार सिफारिस
नेपाली कांग्रेस सप्तरीले जिल्लाको चार वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम सिफारिस गरेको छ ।
मधेशमा अचानक चिसो बढ्यो, शीतलहरको अनुभूति
अघिल्लो दिनसम्म झलमल्ल घाम लागेको महोत्तरीको मौसमले अचानक कोल्टे फेर्दै चिसो बढाएको हो । आज शनिबार यहाँको न्यूनतम तापक्रम ११ डिग्रीमा झरेको छ ।
जेनेरेटरमा कपाल फसेर घाइते भएकी बालिकाको मृत्यु
सप्तरीको बोदेबर्साइन नगरपालिकामा आयोजित एक विवाह समारोहमा नाच्ने क्रममा जेनेरेटरमा कपाल फस्दा गम्भीर घाइते भएकी एक बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।
चिसो बढेपछि जनजीवन कष्टकर
चिसो बढेपछि रौतहटको जनजीवन कष्टकर बनेको छ । रौतहट सदरमुकाम गौर, मध्य भाग गरुडा, दुर्गा भगवती, माधवनारायण, गढिमाइ लगायत क्षेत्रमा चिसोले जनजीवन प्रभावित भएको छ ।