‘पक्षपात नगरी काम गर्छु’
लामो समयदेखि समाजसेवामा क्रियाशील नरेन्द्र साह कलवारको प्रतिनिधि सभा सदस्य बन्ने सपना तेस्रो पटकको प्रयासमा पूरा भएको छ । २०७९ सालको निर्वाचनमा झिनो मतान्तरले पराजित र २०७४ सालमा पनि प्रतिस्पर्धात्मक मत प्राप्त गरेका साह फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा भने निर्वाचित हुनुभएको हो ।
महोत्तरीमा एसइई दिने छात्राको संख्या बढ्यो
माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि महोत्तरी जिल्लामा यस वर्ष परीक्षार्थीको संख्या उल्लेख्य रूपमा बढेको छ। आगामी चैत १९ गतेदेखि सञ्चालन हुने परीक्षामा गत वर्षको तुलनामा करिब ३ प्रतिशत बढी परीक्षार्थी सहभागी हुँदैछन्।
लहानका मुसहर बस्तीमा घर र शौचालयको अभाव
हावा, हुरी, घाम–पानी र वर्षातको समयमा बस्नका लागि घर बनाउने ठाँउ नभएका कारण लहानका मुसहर बस्तीका धेरै परिवारहरू समस्या झेलिरहेका छन्।
हरिवन नगर अस्पतालमा इर्मेजेन्सी सेवा शुभारम्भ
सर्लाहीको हरिवन नगरपालिका–४, मा रहेको हरिवन नगर अस्पताल सासापुरमा इर्मेजेन्सी र बेड भर्ना सेवा सुरु भएको छ । हरिवन नगरपालिकाले आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीको व्यवस्थापन गरी सोमबारबाट इर्मेजेन्सी सेवा शुभारम्भ गराएको हो ।
फरार कैदी सीमा क्षेत्रबाट पक्राउ
जलेश्वर कारागारबाट फरार भएका एक भारतीय कैदीलाई प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको छ । गत भदौ २४ गते कारागार तोडफोड गरी फरार भएका भारतीय नागरिक सब्दुल नदाफ पक्राउ परेका हुन् ।
चैती छठको तेस्रो दिनः आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण
मिथिलाञ्चलको महान् सांस्कृतिक तथा धार्मिक पर्व छठको तेस्रो दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिँदै छ । चार दिनसम्म मनाइने कठोर व्रतका रूपमा मानिने यस पर्वको तेस्रो दिन ‘सन्ध्या अर्घ’का रूपमा अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरी मनाइन्छ ।
मिथिलामा अस्ताउँदो सूर्यलाई अर्घ दिँदै आज चैती छठ मनाइँदै
महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व मनाइँदैछ ।
कोलेनिका रौतहटले गर्यो इ पेन्सन सेवाको सुरुवात
राष्ट्रिय किताबखाना (निजामती) ले चैत ६ गते देखि इ पेन्सन सेवा सुरुवात गरेसँगै कोष तथा लेखा नियन्त्रक कार्यालय रौतहटले सोमबारदेखि सेवा सुरुवात गरेको छ ।
मटिहानीका सबै वडामा प्रशासकीय भवन निर्माण
मटिहानी नगरपालिकाको वडा ८ मा नवनिर्मित वडाभवनको सोमबार एक समारोहबिच उद्घाटन गरिएको छ । यो भवन निर्माणसँगै नगरपालिकाले नगरभित्र रहेको नौ वटै वडाको प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ ।
अधुरा सडक शीघ्र सम्पन्न गर्न निर्देशन
सप्तरीका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको नेतृत्वमा जिल्लाका विभिन्न स्थानमा अनुगमन तथा निरीक्षण गरिएको छ।
सप्तरीमा बेपत्ता बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय आन्दोलित
बेपत्ता पारिएको बालिकाको अवस्था सार्वजनिक गर्न स्थानीय बासिन्दा आन्दोलित भएका छन्। बालिकाको खोजी गरेर तत्काल जानकारी सार्वजनिक गर्न माग गर्दै, बेपत्ता बालिकाका परिवार र स्थानीयहरूले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुरुङ्गा नगरपालिका–८ करडबोनामा आइतबार करिब तीन घण्टा चक्काजाम गरेका छन्।
चोरी पैठारीको सामान भन्सार बुझाइयो
सप्तरी प्रहरीले चोरी पैठारीका सामान नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको छ । भारतबाट भन्सार छलेर अवैध रुपमा ल्याउँदै गरेको एक लाख ८२ हजार नौ सय बराबरको किराना सामान र मोटरसाइकल प्रहरीले भन्सारमा बुझाएको हो ।
भ्रष्टाचार मुद्दाका फरार अभियुक्तसहित दुई जना पक्राउ
सप्तरी प्रहरीले भ्रष्टाचार मुद्दामा सजाय पाएका फरार अभियुक्तसहित दुई जना अभियुक्तलाई पक्राउ गरेको छ ।
राजविराज जेसीजलाई “संकल्प टु सक्सेस” अवार्ड
राजविराज जेसीजले उत्कृष्ट कार्यसम्पादनको निरन्तरतासँगै राष्ट्रिय स्तरमा पुनः सफलता हासिल गरेको छ ।
प्राथमिकतामा विकास सुशासन र सामाजिक न्याय
प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित भएपछि रामाकान्त चौरसिया चर्चामा आउनुभएको छ । उहाँले नेपाली कांग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट उम्मेदवारी दिनुभएको थियो ।
बस र पिकअपसँग ठोक्किँदा कारमा आगलागी
पूर्वपश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दी नगरपालिका–६, कालिन्जोर पुलमा आइतबार राति दुईवटा गाडीसँग ठोक्किँदा एउटा भारतीय कारमा आगलागी भएको छ ।
सर्लाहीका तीनवटै चिनी मिल चैतभर सञ्चालनमा रहने
सर्लाहीका तीनवटै चिनी मिलले यो वर्ष चैतभर नै उखु क्रसिङ गर्ने भएका छन् । मिलमा किसानले उखु ल्याइरहेकाले १५/२० दिन अझै क्रसिङको काम हुने भएको हो ।
चैती छठपर्वको दोस्रो दिन ‘खरना’ गरी मनाइदै
चारदिनसम्म मनाइने छठपर्वको दोस्रो दिन सोमबार ‘खरना’ गरी मनाइदै छ । पर्वको दोश्रोदिन अर्थात पञ्चमी तिथिमा व्रतालुहरुले दिनभरी उपवास वसी संध्याकालमा ‘खरना’ गरी यो पर्व मनाउँदै छन् ।
करेन्ट लागेर एकको मृत्यु
रौतहटमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका वडा १ मनहर्वा घर भएकी ८४ वर्षीय कान्छी देवी चौधरी रहनु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पेट्रो-केमिकल कच्चा पदार्थको अभावले बाँकेका उद्योग सङ्कटमा
मध्यपूर्व एसियामा उत्पन्न तनाव चर्किँदै गएपछि बाँकेमा कच्चापदार्थ अभाव भएको छ । जसकारण उत्पादन घट्दै गएको छ भने केही उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन् । कच्चा सामाग्रीको आयात घटेपछि व्यवसायीहरु मर्कामा परेका छन् ।
बेमौसमी वर्षाले मधुवा किरा नष्ट : आँपमा फाइदा
बेमौसमी वर्षाले आँपको मञ्जर (मजुरा) लाई फाइदा गरेको छ । शुक्रबार र शनिबार परेको पानीले आँपको मञ्जरमा लागेको मधुवा किरा नष्ट भएपछि आँपको मञ्जरलाई फाइदा गरेको हो ।
क्यान्सरपीडित दत्तको सहयोगका लागि च्यारिटी साे गरिने
लामो समयदेखि मुखको क्यान्सरबाट पीडित गीतकार तथा सञ्चारकर्मी अशोक दत्तको उपचारका लागि आर्थिक सहयोग जुटाउन जनकपुरका विभिन्न सङ्घसंस्था सक्रिय भएका छन् ।
नगरपालिकाले चासो नलिदा सुरु हुन् सकेन चन्द्रपुर बसपार्क
रौतहटको चन्द्रपुर नगरपालिकाले यहाँ निर्मित बसपार्क सञ्चालन गर्न अग्रसरता नदेखाए पछि बसपार्क सञ्चालनमा आउन सकेको छैन ।
मिथिलाञ्चलमा चैती छठ पर्व सुरु
मिथिलाञ्चलमा आइतबारदेखि चैते छठ पर्व सुरु भएको छ । विभिन्न विधि गरी चार दिनसम्म मनाइने यस पर्वको चैते छठ आइतबारदेखि सुरुवात भएको हो ।