• ८ चैत २०८२, आइतबार

करेन्ट लागेर एकको मृत्यु

blog

प्रवीण कुमार शर्मा 

रौतहट, चैत ८ गते । रौतहटमा करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गुजरा नगरपालिका वडा १ मनहर्वा घर भएकी ८४ वर्षीय कान्छी देवी चौधरी रहनु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

चन्द्रपुर नगरपालिका-८ बसन्तपुर बस्ने छोरी ज्वाई लाल बिहारी चौधरीको घरमा बस्दै आउनुभएकी कान्छीदेवी चौधरी मोटर जोडेको धारामा पानी भर्न जादा करेन्ट लागेर  घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक बिष्णु प्रदिप बस्यालले जानकारी दिनुभयो । 

घाइते चौधरीलाइ उपचारको लागी चन्द्रनिगाहपुरमा रहेको चपुर प्रा.लि.अस्पतालमा ल्याई उपचार हुँदै गर्दा उपचारकै क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र चन्द्रनिगाहपुरमा मृतक चौधरीको शव पोस्टमार्टम भएपछि उहाँको छोरा जोखन चौधरीलाइ शव बुझाइएको प्रवक्ता बस्यालले जानकारी दिनुभयो ।