सिराहा–१ मा रास्वपाका बब्लु गुप्ता फराकिलो मतले विजयी
सिराहा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बब्लु गुप्ता फराकिलो मतान्तरले विजयी हुनुभएको छ।
राजेन्द्र महतोको जमानत जफत
प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोलगायतको जमानत जफत भएको छ ।
सप्तरी ३ मा रास्वपाका अमरकान्त चौधरी विजयी
सप्तरीको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरकान्त चौधरी विजयी हुनुभएको छ ।
विकास र समृद्धि उच्च प्राथमिकतामा रहने : आलम
रौतहट क्षेत्र नं. २ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मो. फिरदोश आलमले रौतहट २ मा विकास, बेथितिको अन्त्य गर्दै सुशासन कायम र जनभावना अनुसारको कार्य आफ्नो पहिलो प्राथमिकतामा रहने बताउनुभएको छ ।
अमरेश सिंहलाई प्रतिस्पर्धी कांग्रेस सभापति थापाको बधाई
सर्लाही क्षेत्र नं. ४ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य डा. अमरेशकुमार सिंहलाई प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले बधाई ज्ञापन गर्नुभएको छ ।
महोत्तरी–३ मा रास्वपाका झा निर्वाचित
जिल्ला सदरमुकाम समेत रहेको महोत्तरी क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उज्ज्वलकुमार झा भारी मतान्तरले निर्वाचित हुनुभएको छ।
सप्तरीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायम
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा सप्तरीका निर्वाचन क्षेत्र १, २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्नुभएको छ।
नारायणकाजी श्रेष्ठलाई हराउँदै सर्लाही–३ मा रास्वपाको विजय
सर्लाही क्षेत्र नं. ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नरेन्द्र साह कलवार सानदार मतसहित निर्वाचित हुनुभएको छ । साह ४६ हजार ८९० मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
बारा क्षेत्र–२ बाट चन्दन सिंह निर्वाचित
बारा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विजयी भएको छ। प्रतिनिधिसभा सदस्यका लागि सम्पन्न निर्वाचनमा रास्वपाले जिल्लाका सबै क्षेत्रमा उल्लेखनीय राजनीतिक सफलता प्राप्त गरेको हो।
जनकपुरधामको थप उन्नयमा मेरो उच्च प्राथमिकता रहने छ : सांसद झा
धनुषा ३ बाट नव निर्वाचित प्रतिनिधिसभा सदस्य मनिष झाले जनकपुरधामको विकास, सरसफाइ तथा अन्तरराष्ट्रिय पहिचानलाई नयाँ उचाइमा पुर्याउने बताउनुभएको छ ।
पर्सा ४ मा रास्वपाका शाक्य विजयी
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य प्रत्यक्षतर्फको मत गणना शनिबार राति सम्पन्न भएको छ ।
शिक्षा स्वास्थ्य,कृषिमा आमूल परिवर्तन पहिलो प्राथमिकता
रौतहट निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको रुपमा निर्वाचित हुनु भएका रास्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजेश कुमार चौधरीले क्षेत्रमा आमूल परिवर्तनको लागि आफु अहोरात्र खटिने बताउनुभएको छ ।
सिरहा–४ बाट रास्वपाका तपेश्वर यादव निर्वाचित
सिरहा निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार तपेश्वर यादव निर्वाचित हुनुभएको छ। उहाँले निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार अजयशंकर नायकलाई २८ हजार २३८ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको हो।
रौतहट २ मा कांग्रेसका मो. फिरदोश आलम विजयी
रौतहट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार मो. फिरदोश आलम २९ हजार ५२८ मत ल्याई विजयी हुनु भएको छ ।
सर्लाही ४ मा अमरेश चौँथो पटक निर्वाचित
सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ ।
धनुषा–४ मा रास्वपाका महतो विजयी
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत धनुषा क्षेत्र नं ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजकिशोर महतो विजयी हुनुभएको छ । निर्वाचन अधिकृत पुरूषोत्तम खतिवडाका अनुसार रास्वपा उम्मेदवार महतो ४८ हजार २७० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १५ हजार ८०९ मत प्राप्त गर्नुभयो ।
बारा १ बाट रास्वपाका गणेश धिमाल निर्वाचित
बारा निर्वाचन क्षेत्र नम्बर १ बाट रास्वपाका उम्मेदवार गणेश धिमाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
सिरहा २ बाट रास्वपाका शिव शङकर यादव विजयी
सिरहा निर्वाचन क्षेत्र नम्बर २ को अन्तिम मत परिणाम सार्वजानिक भएको छ । सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिव शङकर यादव निर्वाचित हुनु भएको छ ।
विजय नजिक रास्वपाका सिंह, कांग्रेस सभापति थापा आठ हजार मतले पछाडि
सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंह विजयोन्मुख हुनुभएको छ ।
रौतहट-४ बाट रास्वपाका गणेश पौडेल विजयी
प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहटको क्षेत्र नम्बर-४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार गणेश पौडेल विजयी हुनु भएको छ ।
सर्लाही–२ मा रास्वपाका रबिन विजयी
सर्लाही क्षेत्र नं.–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रबिन महतो निर्वाचित हुनुभएको छ ।
सर्लाही–१ मा रास्वपाकी नीतिमा विजयी
सर्लाही क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नीतिमा भण्डारी कार्की निर्वाचित हुनुभएको छ ।
महोत्तर–१ मा रास्वपाका महतो निर्वाचित
महोत्तरी क्षेत्र नम्बर–१ बाट चौतीस हजार ६३६ मत ल्याएर राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमोदकुमार महतो निर्वाचित हुनुभएको छ ।
सप्तरी ४ बाट रास्वपाका सीताराम साह विजयी
सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सीताराम साह विजयी हुनुभएको छ ।