मधेशमा कृषि क्रान्ति जरुरी छ : प्रचण्ड
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले मधेशमा कृषि क्रान्ति गरेर कृषिमा आमुल परिवर्तन गर्नु जरुरी भएको बताउनुभएको छ।
पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै अगाडि बढाइएको बताउनुभएको छ ।
पेस्तोलसहित भारतीय नागरिक पक्राउ
सशस्त्र प्रहरीले महोत्तरीको एकडारा गाउँपालिका –४ हलखोरी चोकबाट कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
आँखाको उपचारमा मुलुकले राम्रो प्रगति गरेको छ : पूर्व राष्ट्रपति यादव
पूर्व राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको बताउनुभएको छ।
सभापतिमा उम्मेदवारी दिन्छु : कांग्रेस महामन्त्री थापा
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने बताउनुभएको छ ।
लालबन्दीबाट ५२ केजी गाँजासहित एक युवक पक्राउ
सर्लाहीको लालबन्दीबाट ५२ केजी लागुऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । लालबन्दी नगरपालिकाको चुरेवर्ती क्षेत्र वडा नं. १४, नारायणखोलाका २५ वर्षीय गंगाबहादुर वाइवा ठुलो परिमाणमा लागुऔषध लिएर आउँदै गर्दा पक्राउ परेका हुन् ।
एआई प्रयोगले फस्टाउँदै पत्रकारिता
एआईको प्रयोगले नेपाली पत्रकारिता फस्टाउँदै गएको धारणा पत्रकारबाटै व्यक्त भएको छ । एआईको प्रयोगले कम समयमा सिर्जनात्मक समाचार लेखनका लागि मद्दत पु-याएकाले यसको प्रयोगमा सचेत हुन आवश्यक रहेको प्रशिक्षण कार्यव्रmममा प्रशिक्षकले नै बताएका हुन् ।
ब्राउन सुगरसहित दुईजना पक्राउ
प्रहरीले लागुऔषध ब्राउन सुगर ओसारपसार आरोपमा बालिकासहित बर्दीबासबाट दुई जनालाई नियन्त्रणमा लिएको छ ।
बालविवाह न्यूनीकरणका लागि जनचेतनामूलक सडक नाटक तथा र्याली
सप्तरीको विष्णुपुर गाउँपालिका ६ रंजितपुरमा बालविवाह न्यूनीकरणका लागि प्रहरीसँग साझेदारी कार्यक्रमअन्तर्गत सडक नाटक, र्याली तथा हस्ताक्षर सङ्कलन कार्यक्रम शुक्रबार गरिएको छ ।
चलचित्रमा भाषिक शुद्धताका लागि दुई दिने प्रशिक्षण
मधेस प्रदेश सरकारको गृह सञ्चार तथा कानून मन्त्रालय अन्तर्गतका चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्डले मधेश प्रदेशको राजधानी जनकपुरधाममा मैथिली भाषामा निर्माण हुने चलचित्र तथा लघुचलचित्रमा भाषिक शुद्धता र साहित्यिक प्रस्तुति सुधार गर्ने उद्देश्यले दुई दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ ।
दुर्घटनामा एकको मृत्यु, तीन घाइते
रौतहटमा शुक्रवार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
नेपाली कांग्रेस मधेश प्रदेश सभापति तथा संसदीय दलका नेता कृष्णप्रसाद यादव मधेश प्रदेशका नयाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको छ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलको तर्फबाट कांग्रेस नेता यादवको दाबी पेस
मधेश प्रदेशको मुख्यमन्त्रीमा सात दलको तर्फबाट नेपाली कांग्रेसको संसदीय दलका नेता कृष्णप्रसाद यादवले दाबी पेस गर्नुभएको छ ।
दाइँ गर्न राखिएको धानमा आगलागी
सप्तरीको महादेवा गाउँपालिका-४, डाढाको मुसहरी टोलमा दाइँ (दौनी) गर्न राखिएको धानमा आगलागी हुँदा ठुलो क्षति भएको छ।
हनुमाननगर कङ्कालिनीमा निःशुल्क आँखा शिविर, ७५७ जनाले लिए सेवा
सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिकामा एक दिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।
सप्तरीमा बस–ट्रक ठोक्किँदा एकको मृत्यु, ११ जना घाइते
सप्तरीको कञ्चनरुप नगरपालिकामा बस र ट्रक एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना यात्रु घाइते भएका छन् ।
बालविवाह न्यूनीकरणका लागि स्थानीय स्तरमै नीति बनाउनुपर्ने
प्रविधिको प्रयोग गरौँ, लैंगिक हिंसा अन्त्य गरौ नारा सहित ३४ औं अन्तर्राष्ट्रिय लैङ्गिक हिंसा विरूद्ध १६ दिने अभियान कार्यक्रम अन्तर्गत राजविराज १ चनौरा पडरियामा धर्म गुरूहरूसँग बालविवाह न्यूनीकरणका लागि कानुन र पोलिसीको विषयमा बिहिवार आन्तर्क्रियाको आयोजना गरिएको छ ।
मधेश प्रदेश : ५१ दिनमा तीन मुख्यमन्त्रीको राजीनामा, पुनः नेतृत्व शून्य
मधेश प्रदेश फेरि एकपटक राजनीतिक अस्थिरताका केन्द्रमा छ । पछिल्ला ५१ दिनमै तीन–तीन मुख्यमन्त्रीले पदबाट राजीनामा दिएपछि प्रदेश अहिले नेतृत्वविहीन बनेको छ ।
तीन स्थानमा आकासे पुल बन्दै
धनुषाको जनकपुर–ढल्केबर छ लेन सडकखण्डको तीन स्थानमा धमाधम आकासे पुल निर्माण भइरहेको छ । पैदल यात्रुको बढ्दो चाप, सडक जाम र दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभिजन
आगजनी र तोडफोडमा संलग्न दुई जना पक्राउ
रौतहटमा जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडमा संलग्न दुइ जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वर कारागारबाट अझै २७१ कैदी फरार, खोजी कार्य तीव्र
महोत्तरीको जलेश्वर कारागारमा भदौ २४ गते जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि भागेका कैदीबन्दीमध्ये २७१ जना अझै पनि फरार छन् । फरार कैदी खोज्न कार्यदल गठन गरिएको छ ।
सप्तरीमा जङ्गली अर्ना काटेको आरोपमा दुईजना नियन्त्रणमा
सप्तरीमा जङ्गली अर्ना काटेको आरोपमा सुरक्षाकर्मीले दुईजनालाई नियन्त्रणमा लिएको छ ।
सप्तरीमा हात्तीको आक्रमणबाट खंगको मृत्यु
सप्तरीमा हात्तीको आक्रमणबाट बिहीबार बिहान एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कंचारूप नगरपालिका ५ का ५५ वर्षीय नारायण खंग रहनुभएको छ ।
बर्दिवासस्थित देउराली मावि ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै
महोत्तरीको बर्दिवासस्थित देउराली माध्यमिक विद्यालय मधेश प्रदेशमै पहिलोपटक ‘डिजिटल विद्यालय’को रूपमा परिचित हुँदै शैक्षिक आधुनिकीकरणको नमुना बनेको छ ।