• २३ फागुन २०८२, शनिबार

विजय नजिक रास्वपाका सिंह, कांग्रेस सभापति थापा आठ हजार मतले पछाडि

blog

डा. अमरेशकुमार सिंह र गगन थापा ।

जनार्जन खत्री

सर्लाही, फागुन २३ गते । सर्लाही क्षेत्र नं. ४ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. अमरेशकुमार सिंह विजयोन्मुख हुनुभएको छ ।

यस क्षेत्रका निवर्तमान प्रतिनिधि सभा सदस्यसमेत रहनुभएका सिंहले नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई ८ हजार ३८४ मतले पछि पार्नुभएको छ । पछिल्लो मत परिणामअनुसार सिंहले २१ हजार ३७७ मत प्राप्त गर्दा थापाले १२ हजार ९९३ मत प्राप्त गर्नुभएको छ ।

सर्लाही–४ मा मतगणना सुरु भएदेखि नै सिंहले निरन्तर अग्रता लिइरहनुभएको छ । सिंह यस क्षेत्रबाट दुई पटक नेपाली कांग्रेसबाट र अघिल्लो पटक २०७९ को निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित हुनुभएको थियो ।

यस पटक कांग्रेस सभापति थापा प्रतिस्पर्धामा आएपछि चुनावी नतिजाबारे विभिन्न आँकलन गरिए पनि सिंह शानदार मतका साथ विजयी हुने अवस्थामा पुग्नुभएको छ ।