• २४ फागुन २०८२, आइतबार

सप्तरीका तीनै क्षेत्रमा रास्वपाको अग्रता कायम

blog

सुधा देव
भारदह (सप्तरी), फागुन २४ गते।
प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा सप्तरीका निर्वाचन क्षेत्र १, २ र ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले अग्रता कायम राख्नुभएको छ।

सप्तरी क्षेत्र नं १ मा रास्वपाकी पुष्पा चौधरीले करिब २८ हजार मतको अग्रता लिएकी छिन्। यस क्षेत्रमा दोस्रो स्थानमा स्वाभिमान पार्टीका सुमित साह रहनु भएको छ।

क्षेत्र नं २ मा रास्वपाका रामजी यादवले करिब १२ हजार मतको अग्रता लिएका छन्। दोस्रो स्थानमा जनता समाजवादी पार्टीका उम्मेदवार उमेश कुमार यादव र तेस्रो स्थानमा जनमत पार्टीका उम्मेदवार डा. सि.के. राउत रहनुभएको छ।

त्यसैगरी क्षेत्र नं ३ मा रास्वपा उम्मेदवार अमरकान्त चौधरीले १५ हजार मतको अग्रता लिएका छन्। दोस्रो स्थानमा जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव र तेस्रो स्थानमा नेपाली कांग्रेसका दिनेश कुमार यादव रहनुभएको छ।

सप्तरी क्षेत्र नं ४ मा रास्वपा उम्मेदवार सिताराम साह निर्वाचित भइसकेका छन्। उहाँले नेपाली कांग्रेसका उम्मेदवार तेजुलाल चौधरीलाई करिब २३ हजार मतको फराकिलो अन्तरले पराजित गर्नुभएको हो।